काठमाडौं । नेपाली क्यालेण्डर विक्रम संवत् २०८० साल आजबाट शुरु भएको छ । नयाँ वर्षको अवसरमा नेपालमा र विदेशमा रहेका नेपालीहरूले आपसमा शुभकामना दिई विभिन्न मिष्ठान्न भोजनका साथ मनाउने गरेकाे पाइन्छ ।
नयाँ बर्षको अवसरमा आज बैशाख १ गते सरकारले सार्वजनिक बिदा दिएको छ । राष्ट्रपति , उपराष्ट्रपति, प्रधानमन्त्री,सभामुख लगायतले यस अवसरमा शुभकामना दिएका छन ।
नयाँ वर्षमा सफलता मिल्ने शुभकामना व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ ।