Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, June 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नबिल बैङ्कको सिइओमा पुनः ढुङ्गाना नियुक्त

Sambridinews by Sambridinews
बिहिबार, जेष्ठ ३, २०८१
in TOP STORIES, अर्थ, समाचार
0
नबिल बैङ्कको सिइओमा पुनः ढुङ्गाना नियुक्त
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ / नबिल बैङ्क लिमिटेडले बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरेको छ । बैङ्कको बुधबार बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई थप दुई बर्षका लागि प्रमुख सिइओमा पुनः नियुक्त गरेको हो । सिइओ ढुङ्गानाले असार १७ गतेदेखि दोस्रो कार्यकालको जिम्मेवारी सम्हाल्नेछन् । 

नेपाल राष्ट्र बैङ्कलगायत विभिन्न वाणिज्य बैङ्कको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही ३० बर्षभन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव बटुलीसकेका ढुङ्गानालाई कुशल नेतृत्व र कार्यशैलीकै कारण सञ्चालक समितिले थप दुई वर्षका लागि पुनःबहाली गरेको बैङ्कले जनाएको छ । 

You might also like

चौतफी विरोध पछि इरानमा जारी युद्ध रोक्न अमेरिका तयार

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल

विश्वकप हेर्न नेपाल टेलिकमको ‘टिभी प्याकेज’, समस्या परे २४सै घण्टा गुनासो सुनिने (सम्पर्क नम्बरसहित)

राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्र तथा बैंकिङ्ग क्षेत्रको विज्ञता तथा अनुभव समेत हासिल गरेका ढुङ्गाना देशको अर्थतन्त्रको आवश्यकता बमोजिम विषम परिस्थितिमा समेत कुशल नेतृत्वको क्षमता राख्ने प्रमुख कार्यकारी अधिकृतको रूपमा परिचित छन् । पेशाले चार्टड एकाउन्टेन्ट रहेका ढुङ्गानाको पूर्वाधार विकास तथा निर्माण परियोजना सम्बन्धी बैंकिङ्ग लगानीको क्षेत्रमा विशेष दख्खल रहेको मानिन्छ । 

नबिल बैङ्कमा प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्नु पूर्व नेपाल बङ्गलादेश बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेको अनुभव ढुङ्गानासँग रहेको छ ।

नेपाल बङ्गलादेश बैङ्क लिमिटेड नबिल बैङ्क लिमिटेडमा गाभिए पश्चात् ढुङ्गानाको सबल नेतृत्व र पहलमा सम्पन्न भएको दुबै बैङ्कको व्यवसाय तथा कर्मचारी समायोजन र व्यवस्थापन बैङ्किङ्ग क्षेत्रमै उदाहरणीय रहेको छ । 

यसबाहेक ढुङ्गानासँग नेपाल क्रेडिट एन्ड कमर्स बैङ्कको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैङ्कको निर्देशक पदमा रही कार्य गरेको लामो अनुभव समेत रहेको छ । नबिल बैङ्कको शाख र विश्वसनीयतालाई थप उचाइमा पु-याउने सन्दर्भमा ढुङ्गानाको पछिल्लो कार्यकाललाई उपलब्धिमूलक मानिएको छ । 

भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सिए) र अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट (सिपिए) तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका ढुङ्गानालाई नेपालको बैङ्किङ्ग क्षेत्रमा पु-याएको उत्कृष्ट योगदानका लागि सन् २०२२ मा राष्ट्रपतिबाट प्रबल जनसेवा श्री पदकद्वारा विभुषित गरिएको थियो । 

साथै ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा म्यानेजर टु वाच अवार्ड र सन् २०१५ मा म्यानेजर अफ द इयर अवार्ड विधामा पुरस्कृत व्यक्तित्व हुन् । प्रमुख कार्यकारी अधिकृत ढुङ्गानासँग सन् २०१८ मा नेपालका वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स संघको अध्यक्षका रूपमा नेपालको बैङ्किङ्ग क्षेत्रको नेतृत्व गरेको अनुभव समेत रहेको छ ।  

नबिल बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त ढुङ्गानाको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैङ्कले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ ।

Related

Previous Post

राज्यले अटो क्षेत्रलाई जनताको अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछ : उपाध्यक्ष श्रेष्ठ

Next Post

मरिणको ३५ बिघा बगरमा सामूहिक तरकारी खेती

Sambridinews

Sambridinews

Related Posts

इरानद्वारा जलमार्ग पुन: बन्द, जहाजमाथि आक्रमणको चेतावनी
FEATURED

चौतफी विरोध पछि इरानमा जारी युद्ध रोक्न अमेरिका तयार

by Sambridinews
सोमवार, असार १, २०८३
आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
आइतवार, जेष्ठ ३१, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

विश्वकप हेर्न नेपाल टेलिकमको ‘टिभी प्याकेज’, समस्या परे २४सै घण्टा गुनासो सुनिने (सम्पर्क नम्बरसहित)

by Sambridinews
आइतवार, जेष्ठ ३१, २०८३
एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार
TOP STORIES

एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार

by Sambridinews
शुक्रबार, जेष्ठ २९, २०८३
इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा
FEATURED

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा

by Sambridinews
बिहिबार, जेष्ठ २८, २०८३
Next Post
मरिणको ३५ बिघा बगरमा सामूहिक तरकारी खेती

मरिणको ३५ बिघा बगरमा सामूहिक तरकारी खेती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बैशाख पहिलो सातादेखि ई–ड्राइभ नेपालले लुम्बिनी प्रदेशमा सेवा विस्तार गर्दै 

बैशाख पहिलो सातादेखि ई–ड्राइभ नेपालले लुम्बिनी प्रदेशमा सेवा विस्तार गर्दै 

बिहिबार, चैत्र २२, २०८०
सिन्धुपाल्चोक र चीन सीमाना नजिकै ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प

बुधबार बिहान लमजुङलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प

बुधबार, माघ २५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इरानद्वारा जलमार्ग पुन: बन्द, जहाजमाथि आक्रमणको चेतावनी
FEATURED

चौतफी विरोध पछि इरानमा जारी युद्ध रोक्न अमेरिका तयार

सोमवार, असार १, २०८३
आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आइतवार, जेष्ठ ३१, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

विश्वकप हेर्न नेपाल टेलिकमको ‘टिभी प्याकेज’, समस्या परे २४सै घण्टा गुनासो सुनिने (सम्पर्क नम्बरसहित)

आइतवार, जेष्ठ ३१, २०८३
एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार
TOP STORIES

एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार

शुक्रबार, जेष्ठ २९, २०८३
इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा
FEATURED

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा

बिहिबार, जेष्ठ २८, २०८३
उपाध्यक्षको पदबहाली
TOP STORIES

उपाध्यक्षको पदबहाली

बिहिबार, जेष्ठ २८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In