Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, February 1, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नबिल बैङ्कको सिइओमा पुनः ढुङ्गाना नियुक्त

Sambridinews by Sambridinews
बिहिबार, जेष्ठ ३, २०८१
in TOP STORIES, अर्थ, समाचार
0
नबिल बैङ्कको सिइओमा पुनः ढुङ्गाना नियुक्त
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ / नबिल बैङ्क लिमिटेडले बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरेको छ । बैङ्कको बुधबार बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई थप दुई बर्षका लागि प्रमुख सिइओमा पुनः नियुक्त गरेको हो । सिइओ ढुङ्गानाले असार १७ गतेदेखि दोस्रो कार्यकालको जिम्मेवारी सम्हाल्नेछन् । 

नेपाल राष्ट्र बैङ्कलगायत विभिन्न वाणिज्य बैङ्कको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही ३० बर्षभन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव बटुलीसकेका ढुङ्गानालाई कुशल नेतृत्व र कार्यशैलीकै कारण सञ्चालक समितिले थप दुई वर्षका लागि पुनःबहाली गरेको बैङ्कले जनाएको छ । 

You might also like

आजबाट स्वस्थानी व्रत कथा समापन

यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन

NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर

राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्र तथा बैंकिङ्ग क्षेत्रको विज्ञता तथा अनुभव समेत हासिल गरेका ढुङ्गाना देशको अर्थतन्त्रको आवश्यकता बमोजिम विषम परिस्थितिमा समेत कुशल नेतृत्वको क्षमता राख्ने प्रमुख कार्यकारी अधिकृतको रूपमा परिचित छन् । पेशाले चार्टड एकाउन्टेन्ट रहेका ढुङ्गानाको पूर्वाधार विकास तथा निर्माण परियोजना सम्बन्धी बैंकिङ्ग लगानीको क्षेत्रमा विशेष दख्खल रहेको मानिन्छ । 

नबिल बैङ्कमा प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्नु पूर्व नेपाल बङ्गलादेश बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेको अनुभव ढुङ्गानासँग रहेको छ ।

नेपाल बङ्गलादेश बैङ्क लिमिटेड नबिल बैङ्क लिमिटेडमा गाभिए पश्चात् ढुङ्गानाको सबल नेतृत्व र पहलमा सम्पन्न भएको दुबै बैङ्कको व्यवसाय तथा कर्मचारी समायोजन र व्यवस्थापन बैङ्किङ्ग क्षेत्रमै उदाहरणीय रहेको छ । 

यसबाहेक ढुङ्गानासँग नेपाल क्रेडिट एन्ड कमर्स बैङ्कको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैङ्कको निर्देशक पदमा रही कार्य गरेको लामो अनुभव समेत रहेको छ । नबिल बैङ्कको शाख र विश्वसनीयतालाई थप उचाइमा पु-याउने सन्दर्भमा ढुङ्गानाको पछिल्लो कार्यकाललाई उपलब्धिमूलक मानिएको छ । 

भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सिए) र अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट (सिपिए) तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका ढुङ्गानालाई नेपालको बैङ्किङ्ग क्षेत्रमा पु-याएको उत्कृष्ट योगदानका लागि सन् २०२२ मा राष्ट्रपतिबाट प्रबल जनसेवा श्री पदकद्वारा विभुषित गरिएको थियो । 

साथै ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा म्यानेजर टु वाच अवार्ड र सन् २०१५ मा म्यानेजर अफ द इयर अवार्ड विधामा पुरस्कृत व्यक्तित्व हुन् । प्रमुख कार्यकारी अधिकृत ढुङ्गानासँग सन् २०१८ मा नेपालका वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स संघको अध्यक्षका रूपमा नेपालको बैङ्किङ्ग क्षेत्रको नेतृत्व गरेको अनुभव समेत रहेको छ ।  

नबिल बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त ढुङ्गानाको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैङ्कले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ ।

Related

Previous Post

राज्यले अटो क्षेत्रलाई जनताको अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछ : उपाध्यक्ष श्रेष्ठ

Next Post

मरिणको ३५ बिघा बगरमा सामूहिक तरकारी खेती

Sambridinews

Sambridinews

Related Posts

आजबाट स्वस्थानी व्रत कथा समापन
FEATURED

आजबाट स्वस्थानी व्रत कथा समापन

by Sambridinews
आइतवार, माघ १९, २०८२
यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन
TOP STORIES

यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन

by Sambridinews
शनिबार, माघ १८, २०८२
NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर
FEATURED

NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर

by Sambridinews
शनिबार, माघ १८, २०८२
निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल
FEATURED

निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल

by Sambridinews
शनिबार, माघ १८, २०८२
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
TOP STORIES

गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि

by Sambridinews
शनिबार, माघ १८, २०८२
Next Post
मरिणको ३५ बिघा बगरमा सामूहिक तरकारी खेती

मरिणको ३५ बिघा बगरमा सामूहिक तरकारी खेती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नबिल बैंकको शाखा कार्यालय र सभागृह शिलन्यास

पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नबिल बैंकको शाखा कार्यालय र सभागृह शिलन्यास

बुधबार, बैशाख २७, २०८०
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा उद्योगपति विनोद चौधरीमाथि छानबिन गर्न गृहमन्त्रीकाे निर्देशन

सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन

आइतवार, चैत्र ४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आजबाट स्वस्थानी व्रत कथा समापन
FEATURED

आजबाट स्वस्थानी व्रत कथा समापन

आइतवार, माघ १९, २०८२
यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन
TOP STORIES

यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन

शनिबार, माघ १८, २०८२
NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर
FEATURED

NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर

शनिबार, माघ १८, २०८२
निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल
FEATURED

निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल

शनिबार, माघ १८, २०८२
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
TOP STORIES

गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि

शनिबार, माघ १८, २०८२
फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने
FEATURED

फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने

शनिबार, माघ १८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In