– शर्मिला रिजाल
म स्वयम पनि एक युवा भएको हुँदा विपद्को समयमा बिभिन्न युवाहरुको सघँ सस्थासँग आबद्ध भएर आफ्नो ठाउँबाट सक्दो सहयोग गर्दै आएकी छु । सामाजिक काम गर्नका लागि पैसा हैन मन चाहिन्छ भन्ने कुरा विगत केहि बर्षको सक्रियताले मलाइ सिकाएको छ ।
भनिन्छ नि ‘जहाँ इच्छा त्यहाँ उपाय हुन्छ’ हो म सँग पैसा छैन होला तर मन छ त्यसैले समाज र राष्ट्रको सेवक बने । म जहाँ छु त्यहीबाट आफ्नो भूमिका निर्वाह गर्दै आएको छु ।
कुुनै देशको सम्पन्नता र शक्तिका पछाडि त्यस देशमा रहेका युवा सहभागिताले निर्धारण गर्छ । यदी विकासको गति सुस्त छ भने त्यो देशले सम्पन्नताको शिखर चुम्न युवा परिचालन गरेर गरिवी, अभाव, अशान्ति, युद्ध, भोकमरी, अशिक्षा, रोगब्याधि जस्ता अनेक कष्टहरुको समाधान गर्न आफ्नो ठुलो भूमिका निर्वाह गर्छन् ।
जुन देशमा युवा जागेका छन, विकृति, विसंगति, अन्याय, अत्याचारका विरुद्ध आवाज वुलन्द गर्दै सडकमा उत्रिएका छन । आफ्नो कर्तब्य पुरा गरेका छन । जुन देशका युवाहरु काँधमा काँध मिलाएर, हातमा हात मिलाएर विकासमा जुटेका छन्, त्यो देशमा बिकासको गती पनि धरै अगाडी पुगेको देखिन्छ ।
त्यसैले जुनसुकै अवस्थामा पनि युवाको ठुलो महतो हुन्छ । हाम्रो जस्तो गरिव देशमा युवाहरुले धेरै काम आएका पनि छन् । देशको निर्णायक क्षेत्रमा युवालाई कामगर्ने अवसरको कमी छ ।
कोरोना भाइरस (कोभिड १९) संक्रमणले विश्वलाई प्रभाव पारेको छ । कोभिडको त्रास र संक्रमित नेपालमा पनि फेला परेपछि सरकारले उच्च सतर्कता अपनाउँदै मुलुकभर लकडाउन गर्यो ।
अहिले विश्वभर कोरोनाको त्रास केही मथ्थर भएपनि धेरै मानिसहरु यसबाट सिर्जित परिस्थितिसँग जुधिरहेका छन् । परिवारभित्रै खुसि खोजिरहेका छन् । रमाइरहेका छन् ।
कोरोना महामारिका समयमा राज्यले आफ्नो तर्फबाट नागरिकको लागि सक्दो प्रयास गरेकै हो ।
सुरुवातका दिनमा कोरोना सम्बन्धी परिक्षण गर्ने प्राविधिक अभाव थियो । कोभिड टेस्टिङ ,स्वास्थ्य उपचार र स्वास्थ्य सतर्कताको सबै क्षेत्रमा समान ढंगबाट भने हुनसकेन । कोरोना महामारीमा फ्रन्टलाईनमा बसेर कामगर्ने सेवाकर्मीहरुलाई अत्यावश्यक सामाग्री तथा अतिरित्त सुेवा सुविधा सरकारले समान ढंगले उपलब्ध गराउन सकेन । टेस्टिंग किट, पिपिई र मास्क पर्याप्त मात्रामा उप्लब्ध भएन ।
सरकारले ल्याएको योजना कार्यान्वयन गर्न सहयोग गर्नेदेखी लिएर सरकारको कमिकमजोरिमा समेत युवाहरुले आवाज उठाउदै आएका छन् ।
कोरोना महामारिको समयमा राज्यको मुख हेर्नु मात्र भन्दा पनि, सरकारलाई सल्लाह सुझाब दिन र कुनै पाटिको झोले कार्यकर्ता बन्नु भन्दा दुखिको आसु पुछ्ने रुमालको रुपमा हामी युवाले ठुलो भूमिका निर्वाह गरेका छौ । हामीले भौतिक रुपमा तथा आफ्नो सञ्जालको माध्यमबाट समाज र देशलाई सहयोग गरेका छौ ।
भौतिक रुपमा स्थानिय सरकारले राहत बितरण गरेको ठाउँमा गएर वास्तबिक पीडित पहिचान गरेर सहयोग गर्याै । रक्तदान–जिबनदान गरेर सहयोग गर्याै । हामीले सामजिक सञ्जालको मध्यमबाट सुचना आदान प्रधान गर्ने, झुटो समाचारलाई काउन्टर गरेर आफ्नो पालिका तथा नगरको समस्याहरु पहिचान गरी सुचना र समस्याहरु स्थानिय तथा प्रदेश सरकारसम्म पुर्यायर समाधानको उपाय खोज्न साथै समंन्वय गरेर सहयोग गरेका छौं ।
लामो समयसम्मको लकडाउनको कारणले मानिसहरुमा खाद्ध्यान्न संकट, यातायात समस्या, घरेलु हिंसाका घटना बृद्धि , दैनिक प्रयोग हुने औषधीको समस्या देखिए । मनोबैज्ञानीक तथा एक्लोपन जस्ता समस्याहरु देखियो । यस्ता समस्याहरुको समाधान भेनेकै सरकार तथा युवाहरुको सक्रिय सहभागितामा हुने हो ।
महामारिको समयमा आफ्नो ज्यानको बाजी राखेर देश र जनताको लागि खट्ने सम्पुर्ण स्वस्थ्यकर्मी, सुरक्षाकर्मी साथै संचारकर्मीलाई हाम्रो सम्मान छ । पेशागत रुपमा मात्र नभएर मानवताको आधारले तपाईं हामी सबैले आफ्नो स्थानबाट सहयोग गरेकै कारण आजको अवस्थामा आइपुगेका हौं ।
बिभिन्न ठाउहरुमा बिभिन्न सस्था, क्लब तथा समुहले निशुल्क रासन, खाना, खाजा, यातायातको बेबस्था गरेर दिनदुखीलाई सहयोग गरेको हामीले बिर्र्सिएका छैनौं । सबैले आफ्नो पेशा अनुसार आफ्नो ठाउँबाट सहयोग गरेको हो ।
डाक्टर, मनोपरामर्शदाता, कलाकार, समाजसेवी, पत्रकारहरुले आफ्नो तरिकाले आफुले सक्दो आर्थिक, सामजिक योगदान गरेका थिए । युवाहरुले लकडाउनको पालना गर्ने र गराउने साथै समाजलाई कोरोनाको बारेमा सुचना र सन्देश मार्फत सचेत बनाउने काम गरे । उनिहरुले राहत बितरणमा देखिएको समस्याको समाधान गर्न खटे ।
म पनि एक युवा भएको हुँदा, लकडाउनको पालना गर्न, परिवारलाई सान्तोना दिन र युवाहरुको सस्था जस्तैEmergency Response Center, 100’s Group, APA Nepal सँग आबद भएर आफ्नो ठाउँबाट सक्दो सहयोग गरेको थिएँ ।
पैसा नै सबैथोक होईन, संकटको घडिमा राष्ट्रका लागि आफ्नो सम्पूर्ण समय दिनसकिन्छ भन्ने हो । म सँग पैसा थिएन तर मन थियो । समाज र राष्ट्रको सेवक बने । जसले गर्दा आफ्नो क्षेत्रबाट समाजका लागि आफुले सक्ने योगदान गर्न सक्छु भन्ने आँट र विश्वास आफुुभित्र विकास भएको छ । महामारिका समयमा बाहिर जानु भन्दा घरमै बसेर केहि नयाँ सिपहरु सिकेर आफ्नो समयको उचित सदुपयोग गर्न सकिन्छ ।
सामन्य अवस्था होस या महामारिको, युवाले आफ्नो देश र समाजको लागि केहि गर्न चाहेको हुन्छन् । अवसरको खोजेको हुन्छन् ।
देशले नदिएको हो या युवाहरुले चिन्न्न नसकेको भन्ने कुरा म दोमनमा छु ।
हाम्रो जस्तो बिकासउन्मूख देशमा धरै समस्या छन् । तमाम समस्यालाई हामी युवाहरुले अवसर देख्नुपर्छ ।
भनिन्छ नि जहाँ इच्छा त्यहाँ उपाय त्यसैले हामी युवाले सरकारले अवसर दिन्छ अनि काम गर्छु भनेर कुर्नुभन्दा पनि आफुले आफ्ना लागि साथै अरुको लागि अवसर बनाउन सक्नुपर्छ ।