काठमाडाैं । डेंगू संक्रमणका कारण हालसम्म २९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २२ हजार नाघेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार संक्रमितको संख्या २ हजार ९ सय ८८ पुगेको हो । संक्रमित मध्ये सबैभन्दा बढी काठमाडौंमा छन् । काठमाडौंले संक्रमितको संख्यामा ललितपुरलाई उछिनेको छ ।
काठमाडौंमा ७ हजार ३८०, ललितपुरमा ५ हजार ५८५, मकवानपुरमा २ हजार १३५, दाङमा २ हजार २७८ र भक्तपुरमा १ हजार ५० मा संक्रमण पुष्टि भएको छ। महाशाखाका अनुसार १० जिल्लामा मात्रै १९ हजार ७ सय २७ डेंगीबाट संक्रमित भएका छन्।
यस्तै, प्रदेश १ मा ५ सय ९१, मधेसमा ३ सय २३, वाग्मतीमा १७ हजार ७ सय ३१, गण्डकीमा ५ सय १५, लुम्बिनीमा २ हजार ८ सय २१, कर्णालीमा ३ सय ३० र सुदूरपश्चिममा ७ सय ७७ जनामा डेंगी भेटिएको हो । डेंगीबाट मृत्यु हुनेको संख्यामा वृद्धि भइरहेको छ। यसबाट २९ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।
देशभर डेंगू संक्रमण बढ्दोक्रममा रहेपछि महाशाखाले राष्ट्रव्यापी प्रकोप घोषणका गर्न सरकारलाई पत्राचार गरिसकेको छ ।