Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सरकारले मूल्य नतोक्दा सस्तोमा उखु बेच्दै किसान

Sambridinews by Sambridinews
आइतवार, मंसिर १७, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
सरकारले मूल्य नतोक्दा सस्तोमा उखु बेच्दै किसान
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

परासी । मंसिर १७, सरकारले समर्थन मूल्य नतोकेपछि कृषकहरूले सस्तोमै उखु बेच्न थालेका छन् । उखु काट्ने सिजन अगाडि नै मूल्य नतोक्दा पश्चिम नवलपरासीका किसानले सस्तोमै भेली उद्योगलाई बिक्री गर्नुपरेको हो ।

सरकारले मूल्य नतोक्दा सस्तोमा उखु बेच्दै किसान ‘केही दिनमा उखु नकाट्ने हो भने फुल्न थाल्छ, तर मूल्य कतिमा बेच्ने हो, अहिलेसम्म पत्तो छैन,’ प्रतापपुरका किसान रवीन्द्र चौधरीले भने, ‘चिनी उद्योगलाई मूल्य नतोक्दै उखु दिनुभन्दा भाउ केही कम भए पनि नगदमा भेली उद्योगलाई बिक्री गर्नुपर्ने बाध्यता छ ।’ सुस्ताका लक्ष्मणसिंह थापाले पनि उखु काट्नका लागि ढिलो भइसकेको बताए । ‘मूल्य अहिलेसम्म तोकेको छैन । उखु फुलेर बारीमै खेर जानुभन्दा हचुवामा चिनी उद्योगलाई पनि दिइरहेका छौं,’ थापाले भने, ‘अब सरकारले तोकेको मूल्य उद्योगीले मानेनन् भने के गर्ने रु’

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सरकारले गत वर्ष पनि ढिलो गरी उखुको मूल्य प्रतिक्विन्टल ५ सय ४४ रुपैयाँ तोकेको थियो । क्रसर उद्योगहरूले साढे तीन सयदेखि ४ सय रुपैयाँका दरले मात्रै किनेका छन् । किसानले क्रसरमा उखु विक्रि गर्न सुरु गरिसकेकाले सरकारले तत्कालै मूल्य निर्धारण गर्नुपर्ने प्रतापपुर गाउँपालिका अध्यक्ष तथा उखु उत्पादक कृषक समिति लुम्बिनी प्रदेशका अध्यक्ष उमेशचन्द्र यादवले बताए । ‘यो वर्ष कम्तीमा पनि प्रतिक्विन्टल ६ सय ५१ रुपैयाँ तोक्नुपर्ने माग हो,’ उनले भने ।

जिल्लामा लुम्बिनी सुगर मिल, इन्दिरा सुगर मिल र वाग्मती खाँडसारी चिनी उद्योग छन् । बेलामा मूल्य नतोक्ने र भुक्तानी पनि समयमा नहुने भएपछि किसानले बर्सेनि उखु खेती छाड्दै गएका छन् । समयमै भुक्तानी नहुने भएपछि अधिकांश किसानले अहिले क्रसर उद्योगलाई बिक्री गर्न थालेका हुन् । भेली उद्योगले सस्तोमा किने पनि नगद भुक्तानी गर्ने गर्छन् ।

बिक्रिका लागि ढुवानी झन्झट र भुक्तानी ढिलाइ हुन थालेपछि पश्चिम नवलपरासीको सुस्ताका धेरैजसो किसानले आफैं भेली उत्पादन गर्न थालेका छन् । चिनी उद्योगसम्म उखु पुर्‍याउन असहज र उद्योगले उधारोमा खरिद गरेर भुक्तानी दिन आनाकानी गर्न थालेपछि धेरैजसो आफैले क्रसिङ गर्न लागेका हुन् । सुस्ता गाउँपालिका–५ का किसानले लगाएको उखु उद्योगसम्म ढुवानी गर्न नारायणी नदीमा पुल छैन, जसका कारण यहाँका किसानले आफूले उत्पादन गरेको गाउँकै क्रसिङमा बेच्नु परेको छ । यसअघि डुंगामार्फत नारायणी नदी पार गरेर बिक्री गरेको उखुको भुक्तानी चिनी उद्योगले समयमै नदिएको किसानको गुनासो छ ।

सुस्ता–५ का गुड्डु खटिकको दुई बिघामा उखु खेती छ । परिवारको जीविकोपार्जनको मुख्य स्रोत नै यही हो । उनले नारायणी तारेर उद्योगसम्म उखु ढुवानी गर्न सकेनन्, ढुवानी भाडा महँगो हुँदा लगानी उठाउन पनि मुस्किल भयो । लुकिछिपी सीमावर्ती भारतको भेली उद्योगलाई उखु बिक्री गरे । सस्तो अनि समयमा नै भुक्तानी नपाउने समस्या दोहोरिएपछि दुई वर्षदेखि भेली उत्पादन गर्दै आएका उनले वाार्षिक साढे दुई लाख रुपैयाँसम्म नाफा भइरहेको बताए । उनले केही छिमेकीको उखु पनि खरिद गरेर भेली उत्पादन गर्दै आएका छन् ।

‘नारायणीमा जोखिम मोलेर धेरै वर्षसम्म डुंगामार्फत चिनी मिलसम्म उखु पुर्‍यायौं,’ खटिकले भने, ‘दुःख गरेर उत्पादन गरेको वस्तुको भुक्तानी पाउन वर्षौं कुर्नुपर्ने अवस्था आयो । त्यसैले आफैंले भेली बनाएर बिक्री गर्न थालेको छु । भेलीको बजार पनि राम्रो छ ।’ सुस्ताकै हरेन्द्र कोइरीले पनि गाउँमा क्रसर सञ्चालन गरेका छन् । चिनी उद्योगमा बिक्री गर्दा समयमा भुक्तानी नपाउने समस्या बढेपछि उनले गाउँमै भेली बनाउन थालेका हुन् । अहिले नेपाल र भारतको बजारमा सुस्तामा उत्पादन भएको भेलीको राम्रो मूल्यमा बिक्री भइरहेको छ ।

यहाँबाट प्रतिकिलो १ सय रुपैयाँमा भेली व्यवसायीले खरिद गर्दै आएका छन् । गाउँमा धमाधम भेली उद्योग खुलेपछि स्थानीय कृषकले उखु बेच्न चिन्ता गर्नुपरेको छैन । कृषकहरू सरकारले तोकेको मूल्यभन्दा सस्तोमै भए पनि नगद कारोबार गरेर भेली मिललाई नै उखु बिक्री गरिरहेका छन् । ‘चिनी उद्योगले भन्दा क्रसरले भाउ कम दिए पनि नगद कारोबार गर्छन् । भुक्तानीका लागि ६ महिना वर्ष दिन कुर्नुभन्दा पचासरसय रुपैयाँ कममा क्रसरलाई नै बिक्री गर्ने गरेको छु,’ स्थानीय दीपक हरिजनले भने ।

सुस्ताको एउटा गाउँमा मात्र १५ वटा भेली उत्पादन गर्ने क्रसर छन् । यहाँ उत्पादन भएको भेली काठमाडौं, पोखरा, बुटवलका व्यवसायीले खरिद गर्दै आएको स्थानीय गुड्डु खटिकले बताए । पश्चिम नवलपरासीको प्रतापपुर, पाल्हीनन्दन क्षेत्रका किसानले पनि आफैं भेली उत्पादन गर्न थालेका छन् । जिल्लाभर ५० भन्दा बढी भेली उत्पादन गर्ने क्रसर सञ्चालनमा आएपछि चिनी उद्योगलाई अहिले उखुको अभाव हुन थालेको छ ।- कान्तिपुरबाट

Related

Previous Post

ह्वावेद्धारा जाजरकोट र रुकुमका भूकम्प पिडितलाई सहायता

Next Post

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको एक लाख २० हजार ८ सय

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको एक लाख २० हजार ८ सय

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको एक लाख २० हजार ८ सय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पाल्पामा भएकाे सवारी दुर्घटनामा ६ जनाको मृत्यु

शुक्रबार, पुस २२, २०७९
यस्तो रहने छ आज रातीको मौसम

देशका पहाडी भू-भागमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना

आइतवार, बैशाख १७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In