Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, July 30, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

डिजिटल उपभोक्ताको अधिकार संरक्षण गर्न नीतिगत तहमै सुधार गर्नुपर्नेमा
सरोकारवालाहरूको जोड

Sambridinews by Sambridinews
सोमवार, फाल्गुन २९, २०७९
in FEATURED, शिक्षा, समाचार
0
डिजिटल उपभोक्ताको अधिकार संरक्षण गर्न नीतिगत तहमै सुधार गर्नुपर्नेमासरोकारवालाहरूको जोड
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

सिजी ब्रान्डले आफ्नो ‘मेरिडिया सिरिज’ अन्तर्गत बजारमा ल्यायो अत्याधुनिक प्रविधिसहितका ४ नयाँ ‘सिंगलडोर’ फ्रिजहरू

साउन १५ गते राष्ट्रिय खिर दिवस: १ अर्बभन्दा बढीको कारोबार हुने अनुमान

महिला कबड्डी टोलीले पनि भारतमै तयारी गर्ने

फागुन २९, काठमाडौं । डिजिटल उपभोक्ताको अधिकार संरक्षण गर्न नीतिगत तहमै सुधार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
सोमबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले कानुनमै डिजिटल उपभोक्ताको अधिकारलाई प्रष्ट पार्नुपर्ने बताएका हुन् । यसैगरी पुर्वाधार विकास र विस्तारलाई पनि बातावरण तथा उपभोत्तामैत्री बनाउनुपर्नेमा जोड दिएका छन ।
काठमाडौंको यल्लो प्यागोडा होटलमा आयोजना भएको कार्यक्रममा विभिन्न मन्त्रालय, निमायक निकायहरु, सेवा प्रदायक, उपभोत्ता अधिकारकर्मी, विज्ञ, सरोकारवाला र उपभोत्ताहरुको उपस्थिती रहेको कार्यक्रममा डिजिटल सेवाविस्तारसँगै कन्टेन्टसम्मलाई कसरी सफा र व्यवस्थित गर्ने सन्दर्भमा कार्यक्रम केन्दि«त थियो । प्रमुख अतिथिको रूपमा राष्ट्रिय योजना आयोगका सदस्य डा. राम कुमार फुँयालले उपभोत्ता, सेवा प्रदायक, उत्पादक, नियन्त्रक लगायत सबै क्षेत्रबाट प्रविधिको प्रयोगलाई व्यवस्थित र उपभोत्तामैत्री बनाउन जोड दिनुपर्ने बताए । अहिले ग्रिन डिजिटल रुपान्तरणको अभ्यासहरु भइरहेको हुदा अब नेपालले पनि यसतर्फ ध्यानदिएर कार्यक्रमहरु बनाउनपर्ने र सबैतर्फबाट यसलाई कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उनले आगामी बजेट र पञ्चवर्षिय कार्यक्रममा पनि यस कुरालाई सम्बोधन हुनेगरी समावेश गर्न सुझाव माग गरेका छन ।
कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह–सचिव नेत्र सुवेदीले उपभोक्ताको अधिकार संरक्षणका लागि जनचेतना जरूरी भएको बताए । सुवेदीले पछिल्लो प्रविधिको विकासक्रमलाई ध्यानमा राख्दै मन्त्रालयले नयाँ कानुन निर्माण तथा विद्यमान कानुनको पुनरावलोकन गरिरहेको समेत जानकारी दिएका थिए ।
त्यसैगरी कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका अध्यक्ष तथा दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले प्रदुषण गर्नेले त्यसको न्युनिकरणमा पनि काम गर्नुपर्ने बताए । एकीकृत रूपमा काम गर्ने फ्रेमवर्कको आवश्यकता औंल्याउँदै अध्यक्ष खनालले डिजिटल उपभोक्ताको अधिकारमा जनचेतनाको खाँचो रहेको बताए । उपभोत्ताहरु पनि आफै सचेत हुनुपर्ने र यससम्वन्धी कानुनलाई सुदृण गरेर उपभोत्ता अधिकारलाई अझ सुनिश्चित गर्न सकिने खनालले बताए ।
कार्यक्रममा उपभोक्ता हित अधिकार मञ्चका अध्यक्ष ज्योती बाँनियाले वर्षैभरी उपभोक्ता अधिकारको कुरा गर्नुपर्ने बताउँदै उजुरी प्रक्रियालाई सहज बनाउनु पर्ने बताए । उनले उजुरी गर्न काठमाडौंको एउटा कार्यालयमा धाएर आउनुपर्ने वाध्यतालाई हटाउनुपर्नेमा जोड दिए ।
त्यसैगरी कार्यक्रममा आफ्नो भनाइ राख्दै पूर्व मन्त्री गणेश शाहले विश्व उपभोक्ता अधिकार दिवसलाई सप्ताहाव्यापी रूपमा मनाउनु पर्ने विचार व्यक्त गरेका थिए । प्रविधिको प्रयोगले महिला हिंसा बढेको उदाहरण दिदै शाहले उपभोक्ता सचेतना हरेक स्थानिय निकायहरुमा केन्दि«त गरेर सञ्चालन गर्नुपर्नेमा जोड दिए । अहिले प्रविधि एआई, फाइभजीसँगै ग्रिन तथा इकोफ्रेड्ली हुनुपर्ने अवस्था आइसकेको हुदा यसतर्फ एककदम अगाडी बढेर योजना बनाउने र यसतर्फ काम गर्नुपर्नेमा शाहले जोड दिए ।
कार्यक्रममा २ वटा कार्यपत्र प्रस्तुती समेत भएको थियो । डिजिटल सेवा प्रदायकको नजरबाट क्लिन डिजिटल ट्रान्जिसन बारे कार्यपत्र प्रस्तुत दिदै डिशहोमका प्रबन्ध निर्देशक सुदिप आचार्यले नीतिगत सुधारमा जोड दिए ।प्रविधिका डिभाइसहरु पुन प्रयोग, रिसाइकल र वातावरणमैत्री बनाउनुपर्नेमा सेवाप्रदायकको जोड रहेको र यसतर्फ नीतिगत सुधार पनि आवश्यक रहेको आचार्यले आफ्नो प्रस्तुतीमा उल्लेख गरे ।
डिजिटल उपभोक्ताको नजरबाट क्लिन डिजिटल ट्रान्जिसनमा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता प्रविण सुवेदीले डिजिटल प्रदुषण बढेको भन्दै व्यक्तिगत डेटा सुरक्षित गर्ने कडा कानुनको आवश्यकता औल्याए । कन्टेन्ट फिल्टरिङ र डेटा प्राइवेसी कुरामा हामिले तत्काल सम्वोधन गर्नुपर्ने सुवेदीले प्रस्तुतीमार्फत जानकारी दिए ।
कार्यक्रममा ‘इम्पावरिङ दि कन्जुमर थ्रु क्लिन डिजिटल ट्रान्जिसन’ विषयमा प्यानल डिस्कसन समेत भएको थियो ।
प्यानल डिस्कसनमा वक्ताको रूपमा दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरे, नेपाल विद्युत प्राधिकरणका डेपुटी प्रबन्ध निर्देशक तारा प्रधान, नेपाल टेलिकमकी निर्देशक मिनु प्रधान, इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान) काअध्यक्ष सुधिर पराजुली र काठमाडौं विश्वविद्यालयका एसिस्टेन्ट प्राध्यापक डा. सुधाम्शु दाहाल रहेका थिए ।
प्यानल सेसनमा बोल्दै काठमाडौं विश्वविद्यालयका एसिस्टेन्ट प्राध्यापक डा. सुधाम्शु दाहालले भएका कानुन पनि प्रभावकारी रूपमा कार्यान्वयन नभएको बताउँदै डिजिटल शिक्षा र जनचेताना जोड दिए । यस्तै प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले पछिल्लो समय हरेक क्षेत्रमा दूरसञ्चारको प्रयोग भएको बताउँदै डिजिटल प्रदुषणको नियन्त्रण एनटीएले मात्रै गरेर नहुने बताए । ‘कानुनले प्राधिकरणलाई अधिकार दिएसम्म काम गरेका छौं । डिजिटल क्लिन ट्रान्जिसनका लागि दूरसञ्चार पूर्वाधारको सह–प्रयोगमा जोड दिएका छौं,’ उनले भने ।प्यानल डिस्कसनमा बोल्दै टेलिकमकी निर्देशक प्रधानले नेपाल टेलिकमले आफ्ना पूर्वाधार सह–प्रयोगका लागि अगाडि बढेको र भौतिक रूपमै डिजिटल क्लिननेस हुनुपर्ने धारणा राखेकी थिइन् ।
पूर्वाधारहरू अन्डर ग्राउण्ड गर्न सुरू गरेको बताउँदै विद्युत प्राधिकरणका डेपुटी प्रबन्ध निर्देशक तारा प्रधानले पूर्वाधारको सह–प्रयोगका लागि विद्युत प्राधिकरण अन्तर्गत सहायक कम्पनी खडा गर्न लागेको जानकारी दिएका थिए ।यसतर्फ काम भइरहेको भएपनि सम्पूुर्ण तारहरु व्यवस्थित गर्न सहज नभएको बताए ।
यस्तै आईस्पानका अध्यक्ष पराजुलीले दूरसञ्चार क्षेत्रका लागि छुट्टै पूर्वाधार कम्पनीको आवश्यकता भएको बताए । उनले सरोकारवाला निकायहरूको समन्वय नहुँदा इन्टरनेट अवरूद्ध भएको समेत जानकारी गराएका थिए । एउटा तथ्यांकले ७० प्रतिशत इन्टरनेटको समस्या उपभोत्ताको कारणले नै सृजना भएको बताउदै पराजुलीले सेवाप्रदायकहरु क्लिन डिजिटलको प्रयोगमा जोड दिइरहेको बताए ।
यस्तै कार्यक्रममा त्रिविको सूचना प्रविधि नवप्रवर्तन केन्द्रका निर्देशक प्रा. डा. सुवर्ण शाक्य, स्थानीओय विकास प्रशिक्षण प्रतिष्ठानका पूर्व प्रमुख शैलेन्द्र गिरी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदिप शर्मा पौडेल, क्यान महासंघका महासचिव चिरञ्जिवी अधिकारी, नेपाल टेलिकमका पूर्ब प्रबन्ध निर्देशक सुगत रत्न कंसाकार लगायतका उपस्थिति रहेको थियो । दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले कार्यक्रममा उपस्थितिलाई स्वागत गर्दै विश्व उपभोक्ता अधिकार दिवसको दिन मात्र नभएर अन्य दिन पनि उपभोक्ता अधिकारको कुरा गर्नुपर्ने बताएका थिए ।
सन् १९८३ देशि मार्च १५ को दिन विश्वस्तरमा मनाउन सुरु गरिएको विश्व उपभोत्ता अधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाउने गरिएको छ । यसवर्षको थिम क्लिन इनर्जी ट्रान्जिसन रहेको थियो । गतवर्ष फेयर डिजिटल फाइनान्समा कार्यक्रमहरु सञ्चालन भएकाृ थिए । गतवर्षदेखि नेपाल दुरसञ्चार प्राधिकरणले सातै प्रदेशमा डिजिटल उपभोत्ताको विषयमा कार्यक्रमहरु सञ्चालन गर्ने तथा सचेतना जगाउने अभियानहरु सञ्चालन गरिरहेको छ । आज आयोजित कार्यक्रमको संयोजन ग्लोबल स्पार्क सस्थाले गरेको थियो ।

Related

Previous Post

नवनिर्वाचित राष्ट्रपतिले लिए पद तथा गोपनीयताको शपथ

Next Post

श्रमजीवी पत्रकारका समस्या समाधान गर्न महासंघले कानुनी प्रक्रियाबाट अगाडि बढाउने

Sambridinews

Sambridinews

Related Posts

सिजी ब्रान्डले आफ्नो ‘मेरिडिया सिरिज’ अन्तर्गत बजारमा ल्यायो अत्याधुनिक प्रविधिसहितका ४ नयाँ ‘सिंगलडोर’ फ्रिजहरू
FEATURED

सिजी ब्रान्डले आफ्नो ‘मेरिडिया सिरिज’ अन्तर्गत बजारमा ल्यायो अत्याधुनिक प्रविधिसहितका ४ नयाँ ‘सिंगलडोर’ फ्रिजहरू

by Sambridinews
बिहिबार, साउन १४, २०८३
साउन १५ गते राष्ट्रिय खिर दिवस: १ अर्बभन्दा बढीको कारोबार हुने अनुमान
TOP STORIES

साउन १५ गते राष्ट्रिय खिर दिवस: १ अर्बभन्दा बढीको कारोबार हुने अनुमान

by Sambridinews
बुधबार, साउन १३, २०८३
महिला कबड्डी टोलीले पनि भारतमै तयारी गर्ने
TOP STORIES

महिला कबड्डी टोलीले पनि भारतमै तयारी गर्ने

by Sambridinews
बुधबार, साउन १३, २०८३
‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न, एआइ तथा इन्नोभेसनको केन्द्र बन्दै सन्वे कलेज
FEATURED

‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न, एआइ तथा इन्नोभेसनको केन्द्र बन्दै सन्वे कलेज

by Sambridinews
बुधबार, साउन १३, २०८३
एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर
TOP STORIES

एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर

by Sambridinews
मङ्लबार, साउन १२, २०८३
Next Post
श्रमजीवी पत्रकारका समस्या समाधान गर्न महासंघले कानुनी प्रक्रियाबाट अगाडि बढाउने

श्रमजीवी पत्रकारका समस्या समाधान गर्न महासंघले कानुनी प्रक्रियाबाट अगाडि बढाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

घर निर्माण फेस्ट २०८२,आगामी पुस १२ देखि १५ गतेसम्म भुकुटीमण्डपमा हुने

घर निर्माण फेस्ट २०८२,आगामी पुस १२ देखि १५ गतेसम्म भुकुटीमण्डपमा हुने

शनिबार, मंसिर १४, २०८२
गरिमा विकास बैंकद्धारा Garima 5 in 1बचत खाता’ सार्वजानिक

गरिमा विकास बैंकद्धारा Garima 5 in 1बचत खाता’ सार्वजानिक

बुधबार, माघ ३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिजी ब्रान्डले आफ्नो ‘मेरिडिया सिरिज’ अन्तर्गत बजारमा ल्यायो अत्याधुनिक प्रविधिसहितका ४ नयाँ ‘सिंगलडोर’ फ्रिजहरू
FEATURED

सिजी ब्रान्डले आफ्नो ‘मेरिडिया सिरिज’ अन्तर्गत बजारमा ल्यायो अत्याधुनिक प्रविधिसहितका ४ नयाँ ‘सिंगलडोर’ फ्रिजहरू

बिहिबार, साउन १४, २०८३
साउन १५ गते राष्ट्रिय खिर दिवस: १ अर्बभन्दा बढीको कारोबार हुने अनुमान
TOP STORIES

साउन १५ गते राष्ट्रिय खिर दिवस: १ अर्बभन्दा बढीको कारोबार हुने अनुमान

बुधबार, साउन १३, २०८३
महिला कबड्डी टोलीले पनि भारतमै तयारी गर्ने
TOP STORIES

महिला कबड्डी टोलीले पनि भारतमै तयारी गर्ने

बुधबार, साउन १३, २०८३
‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न, एआइ तथा इन्नोभेसनको केन्द्र बन्दै सन्वे कलेज
FEATURED

‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ भव्य रूपमा सम्पन्न, एआइ तथा इन्नोभेसनको केन्द्र बन्दै सन्वे कलेज

बुधबार, साउन १३, २०८३
एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर
TOP STORIES

एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर

मङ्लबार, साउन १२, २०८३
इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान
TOP STORIES

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

मङ्लबार, साउन १२, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In