Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, August 30, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

टुकुचा खोला सदर , खोलामाथि बनेका संरचना व्यक्तिगत

Sambridinews by Sambridinews
सोमवार, बैशाख २५, २०८०
in FEATURED
0
टुकुचा खोला सदर , खोलामाथि बनेका संरचना व्यक्तिगत
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंको कमलादी र हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा खोला नै भएको फैसला गरेको छ । तर खोलामाथि रहेको घर जग्गा भने व्यक्तिगत सम्पत्ति भएकाले राज्यले हस्तक्षेप गर्न नपाउने बताएको छ ।

काठमाडौं महानगरपालिकाले ३० भदौ २०७९ मा टुकुचा खोला उत्खनन गर्न थालेपछि काठमाडौं महानगरपालिका–१ का विश्वप्रकाश साखले निजी सम्पत्तिमा हस्तक्षेप भइरहेको भन्दै रोक्न निषेधाज्ञाको आदेश माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।

You might also like

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

उक्त निवेदनमाथि न्यायाधीश महेश शर्मा पौड्याल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले २०७९ माघ १८ गते सुनाएको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको छ । फैसलामा टुकुचा (इच्छुमती) खोल्सा वा ढल नभई बागमतीको सहायक नदी भएको उल्लेख गर्दै यसको प्राकृतिक क्षेत्र रहने उल्लेख गरिएको छ ।

‘टुकुचा (इच्छुमती) खोला र वागमतीको सहायक नदी रहेको र यति लामो बहाव रहेको अवस्थामा यस खोलालाई खोल्सा वा ढल हो भनी विद्वान कानुन व्यवसायीहरुले लिएको जिकिर मनासिब देखिदैन’, फैसलामा भनिएको छ ।

यो विवादमा खोलाको अधिकारको विषय पनि समावेश भएको अदालतले ठहर गरेको छ । खोलाको अधिकारसम्बन्धी विश्वब्यापी घोषणापत्र नै रहेको भन्दै अदालतले भनेको छ, ‘यस घोषणापत्रमा नदीका बहावका अधिकारलगायतका मौलिक अधिकारको निर्धारण गर्नुका साथै व्यक्तित्वको रुपमा लिँदै नदीले अदालतमा कानुनी रुपमा प्रस्तुत हुन सक्षमता राख्ने कुराको घोषणा गरिएको छ ।’

नेपालको मुलुकी दे्वानी संहिता २०७४ को दफा २९९ को खण्ड घ ले खोलालाई सरकारी सम्पत्ति मानेको, मालपोत ऐन २०३४ को दफा २ को खण्ड (ख२) र जग्गा नापजाँच ऐन २०१९ को दफा २ को खण्ड (ङ) मा नदी तथ खोलालाई सरकारी जग्गाको रुपमा परिभाषित गरिएको पनि फैसलामा उल्लेख गरिएको छ । ‘त्यसैले नदी सरकारी सम्पत्ति र सरकारी जग्गा हो भन्ने कुरामा विवाद हुन सक्दैन’ फैसलामा भनिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ बमोजिम सरकारी सम्पत्तिको रेखदेख, मर्मत सम्भार र अन्य प्रबन्ध गर्नु महमानगरपालिकाको दायित्व भएको भन्दै तर महानगरपालिकाले खोला संरक्षण गर्दा नागरिकको अधिकार कुण्ठित गर्न नहुने र कानुनी प्रक्रिया पूरा गर्नुपर्ने उच्च अदालतको ठहर छ ।

जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म टुकुचा खोला १३० वर्ष अगाडि नै भूमिगत गरिएको पुरातत्व विभागले गरेको अध्ययनले देखाएको छ । ‘त्यतिबेला सो खोलाको दुबैतर्फ पर्ने हात्तीसार दरबार, सेतो दरबार र रातो दरबारसँग सम्बन्धित कला तथा वास्तुकलामा टुकुचाको बाढी नपसोस् र दुर्गन्ध नहोस् भन्नका लागि निर्माण गरिएको थियो’ पुरातत्वको प्रतिवेदन उधृत गर्दै अदालतले भनेको छ ।

‘खोलामाथिको संरचनामा असर पार्न पाइन्न’

अदालतले जग्गाधनीको सहमति नलिई वा क्षतिपूर्ति नदिई टुकुचामाथिको जग्गा र त्यहाँ बनेको संरचनामा असर पार्न नपाउने भन्दै टुकुचा खोतल्ने कामलाई निषेधाज्ञाको आदेशले रोक लगाएको छ ।

‘जग्गाधनी दर्ता प्रमाण पुर्जाबाट निवेदनमा उल्लिखित जग्गा निवेदकको हकको भन्ने देखिएको र सो श्रेस्ता बदर नभई यथावत कायम रहेको अवस्थामा निवेदकको सहमति वा क्षतिपूर्ति नदिई सो जग्गामा रहेको संरचनामा असर पर्ने गरी कुनै कार्य नगर्न नगराउन भनी विपक्षीको नाममा निषेधाज्ञाको आदेश जारी गरिदिएको छ’, फैसलामा भनिएको छ ।

Related

Previous Post

अमेरिकाको टेक्सासस्थित मलमा बन्दुकधारीको आक्रमणबाट ९ जनाको मृत्यु

Next Post

संसदमा बाेल्न समय नपाएपछि सांसद अमरेश कुमार सिंह बैठकमा अर्धनग्न

Sambridinews

Sambridinews

Related Posts

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

by Sambridinews
शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग
FEATURED

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
Next Post
संसदमा बाेल्न समय नपाएपछि  सांसद अमरेश कुमार सिंह बैठकमा अर्धनग्न

संसदमा बाेल्न समय नपाएपछि सांसद अमरेश कुमार सिंह बैठकमा अर्धनग्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता आज

राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता आज

शनिबार, फाल्गुन १३, २०७९
सिन्धुली बहुमुखी क्याम्पसमा वामपन्थी प्यानल विजयी

सिन्धुली बहुमुखी क्याम्पसमा वामपन्थी प्यानल विजयी

आइतवार, चैत्र ९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

शनिबार, भदौ १३, २०८३
बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह
TOP STORIES

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

शनिबार, भदौ १३, २०८३
विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग
FEATURED

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

शुक्रबार, भदौ १२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In