काठमाडाैं । टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
सरकारले कात्तिक २७ गते टिकटक प्रतिबन्ध गर्ने मन्त्रिपरिषदबाट निर्णय गरेको थियो। सरकारको उक्त कदमविरूद्ध अधिवक्ता दिनेश त्रिपाठी सर्वोच्च पुगेका हुन्।
त्रिपाठीले शुक्रबार सर्वोच्चमा रिट दिएका छन्।
सामाजिक सद्भाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय गरिएको सरकारको भनाइ थियो।