Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, August 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख खगेन्द्रप्रसाद रिजाल भ्रष्टाचारका पाँचवटा मुद्दामा दोषी ठहर

Sambridinews by Sambridinews
बुधबार, साउन ३१, २०८०
in TOP STORIES
0
जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख खगेन्द्रप्रसाद रिजाल भ्रष्टाचारका पाँचवटा मुद्दामा दोषी ठहर
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख खगेन्द्रप्रसाद रिजाल भ्रष्टाचारका पाँचवटा मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतको मंगलबारको इजलासले उनीमाथि एकै मितिमा दायर भएका पाँचवटा मुद्दामा कसुर कायम गर्दै सजाय सुनाएको हो । न्यायाधीशत्रय यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले यस्तो फैसला गरेको हो । २० माघ ०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको पाँच मुद्दामा सबैमा ठहर हुने फैसला भएको छ । 

विशेष अदालका अनुसार उनलाई एक मुद्दामा एक वर्ष कैद तथा चार लाख रुपैयाँ जरिवाना र उति नै रकम बिगो असुलउपर हुने सजाय सुनाइएको छ । बिगोमध्ये दुई लाख उनको बैंक खातामा भेटिएकोमा जफत हुनेछ भने बाँकी दुई लाख उनले तिर्नुपर्नेछ । 

You might also like

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

रिजालले ओहोदाले गर्नुपर्ने काम नगरी घुस लिएर भ्रष्टाचार गरेको भेटिएपछि मुद्दा चलाइएको थियो । उनले जिल्ला प्रशासनको क्षेत्राधिकारभित्र पर्न आएको मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्ने भन्दै घुस लिने गरेका थिए । मेलुङ गाउँपालिकाकी एक महिला र दुई स्वास्थ्यकर्मीबीच भएको झगडामा जिल्ला प्रशासनमा उजुरी परेको थियो । त्यसक्रममा उनले धरौटी भन्दै दुई कर्मचारीबाट चार लाख लिएका थिए । उनले कर्मचारीलाई महिलासम्बन्धी केस लाग्छ, जागिर जान्छजस्ता त्रास देखाई धरौटी रकम भनेर झुक्याएर चार लाख रुपैयाँ लिएको भेटिएको थियो । उनले अन्य अभियुक्तहरूलाई समेत धरौटी भन्दै बढी रकम लिने गरेको र डरत्रास देखाई घुस माग्ने गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो । 

रिजालले यस्तै अर्को मुद्दामा पनि ३५ हजार रुपैयाँ घुस लिएको भेटिएको थियो । त्रास देखाएर उनले सेवाग्राहीबाट घुस रकम लिएका थिए । यस मुद्दामा समेत उनलाई दोषी ठहर गर्दै विशेषले ३५–३५ हजार रुपैयाँ जरिवाना र बिगो भराउने फैसला गरेको छ भने तीन महिना कैद सजाय तोकेको छ । उनलाई अर्को एक मुद्दामा ९०–९० हजार रुपैयाँ बिगो र जरिवाना तथा पाँच महिना कैद सजाय सुनाइएको विशेषले जनाएको छ । सोही इजलासले रिजाललाई भ्रष्टाचारको अर्को मुद्दामा ४०–४० हजार रुपैयाँ बिगो र जरिवाना तथा तथा चार महिना कैद हुने फैसला गरेको छ ।

अभियुक्तहरूलाई छाड्ने भन्दै उनले उक्त रकम घुस लिएका थिए । तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजालले अभियुक्तहरूसँग बढी रकम लिने र थोरैको बिल दिने गरेका थिए । भ्रष्टाचारको अर्को मुद्दामा पनि रिजाल दोषी ठहर भएका छन् । उक्त मुद्दामा उनलाई पाँच महिना कैद र ७७ हजार ६ सय जरिवाना तथा उति नै रकम बिगो भराउने फैसला विशेषले गरेको हो । उनी पदमा रहँदा भ्रमण खर्च नियमावली, २०६४ बमोजिम भ्रमण अभिलेख खातामा दर्ता नगरी खाता नै खडा नगरी र कुनै प्रतिवेदन पेस नगरी कतिपय भ्रमण आदेश र दैनिक तथा भ्रमण खर्चको बिलमा स्वीकृत गर्ने पदाधिकारीको दस्तखतसमेत नगरी भ्रष्टाचार गरेको भेटिएको थियो । 

Related

Previous Post

वायु प्रदुषण बढेसँगै विद्युतीय सवारीको प्रयोग बढाउन इण्डोनेशियाली सरकारको आह्वान

Next Post

अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु

Sambridinews

Sambridinews

Related Posts

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
TOP STORIES

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

by Sambridinews
बुधबार, भदौ १०, २०८३
रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान
FEATURED

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

by Sambridinews
बुधबार, भदौ १०, २०८३
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 
TOP STORIES

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

by Sambridinews
बुधबार, भदौ १०, २०८३
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

संघीय संसद्‌का दुवै सदनको बैठक बस्दै

संघीय संसद्‌का दुवै सदनको बैठक बस्दै

मङ्लबार, जेष्ठ २२, २०८१
राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनाका सन्दर्भमा मन्त्रालय र नाडाविच छलफल

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनाका सन्दर्भमा मन्त्रालय र नाडाविच छलफल

सोमवार, फाल्गुन १९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
TOP STORIES

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

बुधबार, भदौ १०, २०८३
रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान
FEATURED

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

बुधबार, भदौ १०, २०८३
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 
TOP STORIES

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

बुधबार, भदौ १०, २०८३
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

मङ्लबार, भदौ ९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In