काठमाडौं । रुस र युक्रेन विच जारी युद्धमा यूक्रेनलाई विभिन्न युद्ध सामाग्री उपलब्ध गराउदै आएको पोल्याण्ड र जर्मनले थप हतियार उपलब्ध गराउने भएका छन् ।
पोल्याण्डले जर्मनमा निर्माण भएको जर्मन लियोपार्ड ट्यांक दुईवटा युक्रेनलाई दिने बारेमा जर्मनको अनुमिति मागिरहदा जर्मन चान्स्लर ओलाफ सोल्फले अनुमति दिएका छन् ।
उनले जर्मनले यूक्रेनलाई दुईवटा जर्मन लियोपार्ड ट्यांकक उपलब्ध गराउनुका साथै पोल्याण्ड लगायतका देशलाई पनि सहयोग गर्न आग्रह गरेको चिनिया सञ्चारमाध्यम पिपल्स्स डेली चाइनाले जनाएको छ ।
नाइटभीजन जडित उक्त हतियार थप सुरक्षित र शक्तीशालि डिजल इन्जीन भएको अत्याधुनिक हतियार मानिन्छ । यो हतियार अफगानिस्तान, सिरिया कोसोभो लगायतका देशमा भएको युद्धमा प्रयोग भएको जनाइएको छ ।