Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, August 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नागरिकको राष्ट्रप्रतिको कर्तव्य कहिल्यै पुरा हुँदैनः अध्यक्ष ओली

Sambridinews by Sambridinews
बिहिबार, कार्तिक २, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
नागरिकको राष्ट्रप्रतिको कर्तव्य कहिल्यै पुरा हुँदैनः अध्यक्ष ओली
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
twitter sharing button

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरेक नागरिक सधैँ देशको पहरेदार हुने र हुनुपर्ने हुँदा राष्ट्रप्रतिको कर्तव्य कहिल्यै पूरा नहुने बताउनुभएको छ । 
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले बुधवार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष ओलीले सेना र प्रहरी सरकारी सेवाबाट भूतपूर्व भए पनि देशको सेवाबाट कहिल्यै भूतपूर्व नहुने बताउनुभयो । 
नेकपा (एमाले) देशका तमाम समस्या समाधानका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्ने अभिभारा काँधमा बोकेर हिँडेको पार्टी भएकाले यो पार्टी सम्पूर्ण रूपमा आफ्ना अवयवसहित गतिशील रहेको उहाँले बताउनुभयो ।
देश अहिले अराजकतातर्फ गइरहेको बताउँदै अध्यक्ष ओलीले यस्तो बेलामा हरेक नागरिकलाई अनुशासन सिकाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो– यस्तो बेलामा अनुशासित जीवन विताउनुभएका भूतपूर्व सैनिक तथा प्रहरीहरूको संगठन समाजमा अनुशासनको महत्व सिकाउन उपयुक्त माध्यम हुने छ ।  
नागरिकलाई अनुशासनको पाठ सिकाउन सकियो भने मात्र सभ्य समाज निर्माण हुने उहाँको भनाइ छ । 
हामी नेपाली विद्वत्ता र वीरताले चिनिएका महान् पुर्खाका सन्तान भएको चर्चा गर्दै अध्यक्ष ओलीले अब देशको विकास, समृद्धि, सुशासन र सुखका लागि काम गर्नुपर्ने भएकाले पार्टीको जनसंगठनका रूपमा रहेको भूतपूर्व सैनिक तथा प्रहरी संगठनले यस दिशामा महत्वपूूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यतिबेला समाजमा अराजकता र जातीय विद्वेष फैलाउने प्रयास भइरहेको र सत्तामा रहनेहरूबाटै सुरक्षा निकायमा समेत अराजकताको बिष छर्ने कोसिस भइरहेकाले भूतपूर्व सैनिक तथा प्रहरी संगठनले खबरदारी गर्नुपर्ने बताउनुभयो । 
उहाँले बडादसैँले सामाजिक सद्भाव अभिवृद्धि गर्दै राष्ट्रिय एकता बलियो बनाउने सन्देश दिन सकोस् भनी शुभकामना व्यक्त गर्नुभयो । 
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै महासचिव शंकर पोखरेलले एमालेलाई बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने सङ्कल्प साकार पार्ने कामका साथै पार्टीको समृद्धि यात्रामा भूतपूर्व सैनिक तथा प्रहरी संगठनले महत्वपूर्ण योगदान गर्न सक्नुपर्ने बताउनुभयो । 
महासचिव पोखरेलले मुलुकको राष्ट्रियता, भौगोगिक अखण्डता, स्वाधीनता र सार्वभौमसत्ताको रक्षामा नेकपा (एमाले) र यसका अध्यक्ष केपी शर्मा ओलीले सत्ता रहँदा होस् वा प्रतिपक्ष जहाँ रहँदा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको र देशको शिर उँचो पारेको बताउनुभयो । 
संगठनका अध्यक्ष विनोद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा संगठनका इन्चार्ज यज्ञराज सुनुवार, संगठनका उपाध्यक्ष रवीन्द्र पण्डित लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संगठनका भूतपूर्व इन्चार्ज लगायत संगठनमा महत्वपूर्ण योगदान गर्नुहुनेहरूलाई सम्मान गरिएको थियो भने कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

You might also like

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

Related

Previous Post

दसैँ मनाउन ३ लाख ५८ हजार मानिस उपत्यकाबाट बाहिरिए

Next Post

पढ्न विदेशिने युवाहरुलाई ज्ञान र सिप लिएर फर्कने सन्देशका साथ नबिल बैंकको दशैं भिडियो सार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह
TOP STORIES

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

by Sambridinews
शनिबार, भदौ १३, २०८३
विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग
FEATURED

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
अमेरिका बसोबास गर्न चाहाने विदेशीका लागि गोल्ड कार्ड ल्याउदै ट्रम्प
TOP STORIES

नेपालमा बाढी प्रभावितका लागि सहयोग गर्न तयार : ट्रम्प

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
Next Post
पढ्न विदेशिने युवाहरुलाई ज्ञान र सिप लिएर फर्कने सन्देशका साथ नबिल बैंकको दशैं भिडियो सार्वजनिक

पढ्न विदेशिने युवाहरुलाई ज्ञान र सिप लिएर फर्कने सन्देशका साथ नबिल बैंकको दशैं भिडियो सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एनआइएमबिको ३ लाख ३४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

एनआइएमबिको ३ लाख ३४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

मङ्लबार, असार ३, २०८२
बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण

बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण

आइतवार, भदौ ७, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह
TOP STORIES

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

शनिबार, भदौ १३, २०८३
विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग
FEATURED

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

शुक्रबार, भदौ १२, २०८३
अमेरिका बसोबास गर्न चाहाने विदेशीका लागि गोल्ड कार्ड ल्याउदै ट्रम्प
TOP STORIES

नेपालमा बाढी प्रभावितका लागि सहयोग गर्न तयार : ट्रम्प

शुक्रबार, भदौ १२, २०८३
आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने
FEATURED

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

बिहिबार, भदौ ११, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In