Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कुलमान घिसिङले हुकुमी शासन चलाउन खोजेको उद्योगीको आरोप

Sambridinews by Sambridinews
सोमवार, पुस १६, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
कुलमान घिसिङले हुकुमी शासन चलाउन खोजेको उद्योगीको आरोप
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले थप उद्योगहरुको विद्युत विच्छेद गरिदिएपछि उद्योगी व्यवसायी आक्रोशित भएका छन् । उनीहरुले आइतरबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर निकै कडा शब्दमा विद्युत् प्राधिकरणको नेतृत्वको आलोचना गरेका छन् ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले शनिबारमात्रै आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर गुनासो पोख्दा प्रधानमन्त्रीले अत्यन्त सकारात्मक जवाफ दिएको बताए । ‘उच्चस्तरीय न्यायिक आयोग गठन गरेर यसको छिनोफानो गर्छु भन्नु भएको छ’ उनले भने, ‘त्यतिभन्दाभन्दै पनि खेदजनक कुरा के हो भने, प्रधानमन्त्री ज्यूले दिउँसो ३ बजे त्यो कुरा भन्नुभयो, तर राती ९ बजे फेरी हामी १४ जनाको (उद्योगको)लाइन काटियो । यो अत्यन्तै खेदजनक कुरा हो, यसको म घोर भत्सना गर्न चाहन्छु ।’

You might also like

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

थापाले विद्युत प्राधिकरणमा बसेर कार्यकारी निर्देशक कुलमान घिसिङले ‘हुकुमी शासन’ चलाउन खोजेको आरोप लगाए । उनले आफूहरुलाई कुनै प्रमाण र विवरण बिनाको चिर्कटोमा अंक लेखेर दिएको र त्यसैलाई ‘छुट बिल’ भनिएको बताए । ‘जाबो एउटा बिलसम्म पनि दिन सक्नु हुन्न भने किन सधैंभरी पैसा चाहिन्छ भनेर किचकिच गर्नुहुन्छ रु’ उनले थपे, ‘हुकुमी शासन चलाउने हो भने हुकुमी शासन जहिले आउला, हामी पनि हुकुमी शासनमा बस्न तयार छौं ।’

व्यवसायीहरु पैसा तिर्नुको साटो नेता र प्रधानमन्त्री गुहार्न पुगेपछि ‘त्यही रिसमा’ शनिबार रातीबाट प्राधिकरणले थप १४ उद्योगको लाइन काटिदिएको अनुमान कतिपय व्यवसायीको छ । अध्यक्ष थापाले ‘नेता गुहार्ने’ आफूहरुको परिपाटीको प्रतिरक्षा गरेका छन् ।

उनले आफूहरु लुकेर वा झ्यालबाट नेताको घरमा नगएको बताए । सबै व्यवसायी र छाता संस्थाका प्रतिनिधी लिएर सम्पूर्ण दलका नेताको घरमा गएको र अझै पनि जाने उनले बताए । उनले भने, ‘हामीले उद्योग बचाउन र यो देश बचाउन, अर्थतन्त्र बचाउन यो काम गरिरहेको हो । यसमा अन्यथा मान्नुपर्ने कुरा छैन ।’

उनले यसअघि प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा घिसिङले ‘नियम कानुनभन्दा भावनामा बहेर’ उद्योगी व्यवसायीलाई खराब देखाउन खोजेको आरोप लगाए । पत्रकार सम्मेलनमा सहभागि सबै उद्योगीले ‘भावनाको ब्यापार’ गर्ने घिसिङको चरित्रमाथि प्रश्न उठाएका छन् ।

व्यवसायीका छाता संस्थाका प्रतिनिधीले पनि कुलमान घिसिङ हुकुमी शासनप्रति उद्धत भएको आशयकै अभिव्यक्ति दिएका छन् । ‘उहाँले जे बोल्नु भो, त्यही नै कानून हो भन्नेजस्तो किसिमले कुरा गर्नु भएको छ’ नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले भने । प्राधिकरणले नै बनाएको कानुन अनुसार ट्रंक लाइनमा २४ सै घण्टा र डेडिकेटेडमा २० घण्टा विद्युत् उपलब्ध गराउनु पर्ने व्यवस्था छ । विद्युत महशुल निर्धारण आयोगले त्यसलाई नै स्वीकारेको, तर अहिले कुलमानले त्यही नियम ‘मान्दिन’ भनिरहेको उनले बताए ।

‘१५ घण्टा विद्युत लिएको छ भने पनि त्यो (प्रिमियम महशुलको) नियम लागू हुन्छ भन्न लाग्नु भएको छ’, श्रेष्ठले थपे । ट्रंक र डेडिकेटेड लाइनका लागि उद्योगिले निवेदन दिएको र नदिएको विषयमा पनि घिसिङले केही नबोलेको, बरु प्रमाण दिन नसकेपछि आफूले जे बोल्यो त्यही कानुन हुने दिशामा अग्रसर भएको उनले बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले पनि उद्योगीलाई अपराधि सरहको व्यवहार गरिएको बताए । उनले भने, ‘प्रमाण दिए हामी तिर्छौं भनिरहँदा जबरजस्ति गरेर लाइन काट्नु, प्रमाण नदिनु, प्रमाण नै छैन भन्नु, तर तिर्नैपर्छ भन्नु, यो कहाँसम्मको कुरा हो ?’ उनले कुलमान घिसिङलाई सफल देखाउन सिंगो सरकार नै निरिह भएको आरोप लगाए ।

Related

Previous Post

विश्वभरि नै अंग्रेजी नयाँ वर्ष २०२४ को भव्य स्वागत

Next Post

चीनबाट आउन थालेपछि सस्तियो भारतबाट आयातित प्याजको मूल्य

Sambridinews

Sambridinews

Related Posts

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

by Sambridinews
आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

by Sambridinews
शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह
TOP STORIES

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

by Sambridinews
शनिबार, भदौ १३, २०८३
Next Post
चीनबाट आउन थालेपछि सस्तियो भारतबाट आयातित प्याजको मूल्य

चीनबाट आउन थालेपछि सस्तियो भारतबाट आयातित प्याजको मूल्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार

सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर १ लाख ४० हजार घुससहित पक्राउ

मङ्लबार, माघ ३, २०७९
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो स्पष्टीकरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द

मङ्लबार, भदौ २४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

शनिबार, भदौ १३, २०८३
बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह
TOP STORIES

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

शनिबार, भदौ १३, २०८३
विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

शुक्रबार, भदौ १२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In