Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, January 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

काेशी प्रदेशकाे सरकार कामचलाउ

Sambridinews by Sambridinews
बिहिबार, भदौ ७, २०८०
in FEATURED
0
कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनवाइ हुने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । सर्वोच्च अदालतले कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधान सम्मत् नदेखिएको भन्दै दीर्घकालीन महत्त्वका निर्णय नगर्न विपक्षीका नाममा आदेश दिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बिहीबार एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटको पक्षमा आदेश दिएको हो ।

You might also like

आज विद्याकी देवी सरस्वती पूजा गरि मनाइदै

नेकपा एमालेका अध्यक्ष केपी ओलीकाे झापा क्षेत्र नं. ५ का जनातासँग चुनावी भेटघाट (फोटो फिचर)

इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सत्र सम्पन्न

सर्वोच्च अदालतको आदेशमा प्रदेशसभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्ताव निर्णय गर्दा मत बराबर भएको अवस्थामा बाहेक अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार नहुने उल्लेख छ । सर्वोच्चको आदेशमा भनिएको छ, ‘नेपालको संविधानको धारा १८६ बमोजिम प्रदेश सभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्ताव निर्णय गर्दा मत बराबर भएको अवस्थामा बाहेक अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुने देखिँदैन । विवादित मत दिइएको सन्दर्भमा मत बराबर भएको भन्ने देखिएन ।’

अधिकार नै नभई अध्यक्षता गर्ने व्यक्तिको मतसमेतमा विश्वासको मत प्राप्त भएको भनेर प्रदेशसभामा घोषणा हुनु संसदीय अभ्यास, संवैधानिक नैतिकतालगायत सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल रहेको खतिवडाको आदेशमा उल्लेख छ । ‘मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्नु भएको भनी घोषणा गरिएको कार्य नेपालको संविधानको धारा १६८ (२) र (४) तथा धारा १८६, संसदीय अभ्यास, संवैधानिक नैतिकता लगायत यस अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको देखिन आयो,’ आदेशमा भनिएको छ ।

साथै मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न/नगराउन पनि सर्वोच्चले सचेत गराएको छ । ‘माननीय मुख्यमन्त्री श्री उद्धव थापाले संविधानसम्मत् रुपमा विश्वासको मत प्राप्त गरेको भनी मान्न मिल्ने अवस्था नदेखिएकाले निजको नेतृत्वमा गठित प्रदेश सरकारबाट प्रस्तुत निवेदनउपरको सुनुवाइ टुङ्गो नलागेसम्म दीर्घकालीन असर पर्ने प्रकृतिका साथै नीतिगत प्रकृतिका निर्णय नगर्नू, नगराउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम प्रत्यर्थीका नाउँमा अन्तरिम आदेश जारी गरिएको छ। यस आदेशको जानकारी प्रत्यर्थीहरूलाई अविलम्व दिनू,’ आदेशमा भनिएको छ ।

विवादित विषयको छिटोछरितो रूपमा निरूपण गर्नु वाञ्छनीय देखिएको भन्दै सर्वोच्चले पूर्ण सुनुवाइका लागि भदौ १५ गते शुक्रबार पेशीमा अग्राधिकार दिई पेस गर्न आदेश दिएको छ ।

Related

Previous Post

“काठमाडौं युथ कनक्लेभ २०२३” भदौ ९ गते हुने

Next Post

शनिबारदेखि मौसममा सुधार हुने

Sambridinews

Sambridinews

Related Posts

आज सरस्वती पुजा मनाइदै
FEATURED

आज विद्याकी देवी सरस्वती पूजा गरि मनाइदै

by Sambridinews
शुक्रबार, माघ १०, २०८२
नेकपा एमालेका अध्यक्ष केपी ओलीकाे झापा क्षेत्र नं. ५ का जनातासँग चुनावी भेटघाट  (फोटो फिचर)
FEATURED

नेकपा एमालेका अध्यक्ष केपी ओलीकाे झापा क्षेत्र नं. ५ का जनातासँग चुनावी भेटघाट (फोटो फिचर)

by Sambridinews
शुक्रबार, माघ १०, २०८२
इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सत्र सम्पन्न
FEATURED

इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सत्र सम्पन्न

by Sambridinews
बिहिबार, माघ ९, २०८२
दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल
FEATURED

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

by Sambridinews
बिहिबार, माघ ९, २०८२
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
FEATURED

आज देशभरी मनोनयन दर्ता हुँदै

by Sambridinews
मङ्लबार, माघ ७, २०८२
Next Post
काठमाडाैं उपत्यका सहित देशका पहाडी भेगमा बर्षा

शनिबारदेखि मौसममा सुधार हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नबिल बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

नबिल बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

बुधबार, जेष्ठ ३१, २०८०
लम्पी स्किन रोग नियन्त्रण गर्न कुनै कसर बाकी नराख प्रधानमन्त्री प्रचण्डकाे निर्देशन

लम्पी स्किन रोग नियन्त्रण गर्न कुनै कसर बाकी नराख प्रधानमन्त्री प्रचण्डकाे निर्देशन

सोमवार, साउन १५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान
TOP STORIES

भूपेन्द्रलाई न्युयोर्क स्टेट एसेम्ब्लीको सम्मान

शनिबार, माघ ११, २०८२
सिन्धुली २ मा महेश्वर दाहालको विद्रोह : विवाद नमिलाए नेता गजुरेललाइ कारबाहीको चेतावनी
TOP STORIES

सिन्धुली २ मा महेश्वर दाहालको विद्रोह : विवाद नमिलाए नेता गजुरेललाइ कारबाहीको चेतावनी

शनिबार, माघ ११, २०८२
गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ को लोकार्पण
TOP STORIES

गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ को लोकार्पण

शुक्रबार, माघ १०, २०८२
चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ आइतबार हुने
TOP STORIES

चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ आइतबार हुने

शुक्रबार, माघ १०, २०८२
नेपाल टेलिमेडिसिन सोसाइटीको आयोजनामा यहि माघ ९ र १० गते चौथो राष्ट्रिय टेलिमेडिसिन तथा पहिलो राष्ट्रिय डिजिटल हेल्थ सम्मेलन आयोजना हुँदै
TOP STORIES

नेपाल टेलिमेडिसिन सोसाइटीको आयोजनामा यहि माघ ९ र १० गते चौथो राष्ट्रिय टेलिमेडिसिन तथा पहिलो राष्ट्रिय डिजिटल हेल्थ सम्मेलन आयोजना हुँदै

शुक्रबार, माघ १०, २०८२
बलेफी हाइड्रोपावर लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

बलेफी हाइड्रोपावर लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, माघ १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In