Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ओली – प्रचण्ड वार्ता मन्त्रिपरिषद् विस्तार, सभामुख र राष्ट्रपति निर्वाचन केन्द्रित

Sambridinews by Sambridinews
शुक्रबार, पुस २९, २०७९
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
ओली – प्रचण्ड वार्ता मन्त्रिपरिषद् विस्तार, सभामुख र राष्ट्रपति निर्वाचन केन्द्रित
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं , पुस २९ , प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार साँझ बालुवाटारमा छलफल भएको छ।बालुवाटारमाभएको भेटमा मन्त्रिपरिषद् विस्तारबारे विस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डको सचिवायका अनुसार छलफलको एजेन्डा मन्त्रिपरिषद् विस्तादेखि सभामुख र राष्ट्रपतिको निर्वाचनसम्म केन्द्रित थियो।सङ्घीय र प्रदेश सरकारको मन्त्रालय भागबण्डा, सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलसहितका राजनीतिक विषयमा दुईजनाबीच लामो छलफल भएको छु, प्रचण्डको सचिवालयका एक सदस्यले भने।

You might also like

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

बुधबार मात्रै सातवटै प्रदेश सरकार निर्माण भएका छन्। चारवटामा एमाले, दुईमा माओवादी र एउटामा जनता समाजवादी नेतृत्वको सरकार बनिसकेको छ।यस्तोमा गत पुस ११ गते गठित सङ्घीय मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा दुईजनाबीच छलफल भएको हो। पुस ११ गते प्रधानमन्त्रीसँगै ७ मन्त्रीले सपथ लिएका थिए। जसमा चार मन्त्रीले अझै जिम्मेवारी पाएका छैनन्।

यसका साथै प्रदेश सरकारलाई पनि पूर्णता दिन बाँकी छ। बुधबार मात्रै प्रधानमन्त्री दाहाल गोरखाबाट फर्किएपछि बालकोट पुगेर अध्यक्ष ओलीसँग मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गरेका थिए।

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट मङ्गलबार दुईतिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन्।
प्रतिनिधिसभामा उनको पक्षमा २६८ र विपक्षमा २ मत परेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी अध्यक्ष दाहाललाई पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

यस्तोमा प्रचण्डले कांग्रेसको समेत विश्वासको मत पाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य सुरु भएको हो।पुस ११ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल,माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्रीले सपथ लिएका थिए।

एमालेबाट राजेन्द्र राई, ज्वालाकुमारी साह र दामोदर भण्डारीले विनाविभागीय मन्त्रीमा सपथ लिएका थिए। जनमतका अब्दुल खानले पनि विनाविभागी मन्त्रीको सपथ लिएका छन्।बिहीबार बालुवाटार वार्तामा विनाविभागीय मन्त्रीलाई भूमिका दिने निष्कर्षमा दुई नेता पुगेका छन्।त्यस्तै अहिले प्रधानमन्त्रीले सम्हालिरहेका १७ वटा मन्त्रालय बाँडफाँटबारे पनि दुई नेताले सहमति खोजी गरेका छन्।

बिहीबार दुई नेता बसेपछि अब सत्ता साझेदार सात दलको बैठक राख्ने तयारी छ। त्यस बैठकमा अन्य दलका मन्त्री पनि टुंग्याउने तयारी छ।

Related

Previous Post

घनश्याम भुसाल एकीकृत समाजवादी पाटिमा प्रवेश गर्दै

Next Post

बीसलाँख धरौटीमा सर्तसहित सन्दिप शुक्रबार रिहा हुदै

Sambridinews

Sambridinews

Related Posts

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
TOP STORIES

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

by Sambridinews
बुधबार, भदौ १०, २०८३
रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान
FEATURED

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

by Sambridinews
बुधबार, भदौ १०, २०८३
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 
TOP STORIES

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

by Sambridinews
बुधबार, भदौ १०, २०८३
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
Next Post
बीसलाँख धरौटीमा सर्तसहित सन्दिप शुक्रबार रिहा हुदै

बीसलाँख धरौटीमा सर्तसहित सन्दिप शुक्रबार रिहा हुदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बागमती प्रदेशसभाकाे सभामुखमा भुवन पाठक निर्वाचित

बागमती प्रदेशसभाकाे सभामुखमा भुवन पाठक निर्वाचित

शुक्रबार, पुस २९, २०७९
प्रधानमन्त्री ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी हुन आग्रह

प्रधानमन्त्री ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी हुन आग्रह

सोमवार, बैशाख १८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
TOP STORIES

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

बुधबार, भदौ १०, २०८३
रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान
FEATURED

रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षतिभएकाे अनुमान

बुधबार, भदौ १०, २०८३
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 
TOP STORIES

मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ 

बुधबार, भदौ १०, २०८३
अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

मङ्लबार, भदौ ९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In