काठमाडौं । एमाले उपाध्यक्ष सुवासचन्दू नेम्वाङको निधनमा राष्ट्रपति, प्रधानमन्त्री लगायत शिर्ष नेताहरुले दुख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत राष्ट्रति पौडेलले नेता नेम्वाङको निधनको दुखद खबरले आफु स्तब्ध भएको जनाएका छन् । यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेता नेम्वाङको निधनको खबरले आफु मर्माहत भएको जनाएका छन् ।
नेता नेम्वाङको निधनमा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा, नेकपा समाजबादीका नेता माधवकुमार नेता लगायतले शोक वक्तय दिएका छन् ।
यसअघि नेताहरु अस्पताल लगिएका नेता नेम्वाङको अवस्था बुझ्नका लागि अस्पताल पुगेका थिए । डाक्टरले नेम्वाङलाई अस्पताल पुर्याय लगत्तै मृत भइसकेको बताएका थिए ।
सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा थिए । परिवारका सदस्यहरुका अनुसार अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा राति १ः५० बजेको थियो । त्रिवि शिक्षण अस्पतालको कागजपत्रमा नेम्वाङलाई १ः५० बजे अस्पताल ल्याइपुर्याएको उल्लेख छ ।
अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गरेका थिए । तर ती कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरेका थिए ।
नेम्वाङको निधनको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु अस्पताल पुगेका थिए । अहिले पनि अस्पतालमा नेता–कार्यकर्ताहरुको भिडभाड छ । नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिने छ ।