Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनसेल ‘सधैँ अन’, डिजिटल भविष्यको पाइला, अब हुँदैन ब्यालेन्स सकिने डर

Sambridinews by Sambridinews
बुधबार, जेष्ठ २, २०८१
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
एनसेल ‘सधैँ अन’, डिजिटल भविष्यको पाइला, अब हुँदैन ब्यालेन्स सकिने डर
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ , नेपालको सबैभन्दा ठूलो विदेशी लगानी भएको कम्पनीमध्येको एक एनसेलले फाइभजी भिजनमा आधारित हुँदै आकर्षक योजना ल्याएको घोषणा गरेको छ । यससँगै अब ग्राहकहरुले अनावश्यक रूपमा मोबाइलमा ब्यालेन्स काटिने समस्याका झेल्नु पर्ने छैन ।  

‘सधैँ अन’ नाम रहेको यस योजनाकोे मुख्य औचित्य भनेको नेपाली ग्राहकहरूलाई आफ्नो ब्यालेन्स सकिने डर नगरी डटा सधैँ अन राखेर सशक्त बनाउनु र डिजिटल भविष्यतिर डोर्याउनु हो ।

You might also like

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, नवनिर्मित भवनको उद्घाटन

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण

“उपभोक्ताका आवश्यकताहरू परिवर्तन हुँदैछन्, र धेरै मोबाइल फोन प्रयोगकर्ताहरूले आफ्ना दैनिक कार्यहरू जस्तै किनमेल, यात्रा, बैंकिङ कारोबार लगायतका कार्यहरु अनलाइनबाटै गर्ने भएकोले उनीहरुलाई ‘सधैं अन’ अर्थात अनलाईन बस्न इन्टरनेट धेरै आवश्यक छ,” एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्बोर कायुमोभले भने ।

नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुकहरु सरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुर्याउनु यो योजनाको अवधारणा रहेको छ । हाल चाहे त्यो एनसेल होस् वा नेपालका अरु सेवा प्रदायकका प्लानहरु हुन् इन्टरनेटमा कनेक्टेड रहँदा ग्राहकहरुको जानकारी बिना स्मार्टफोनमा रहेका विभिन्न एप्सले डेटा उपयोग वापत ब्यालेन्स कटाइदिर्ई रहेको हुन्छ । 

यहि समस्यालाई एनसेलले तत्काल समाधान गर्न चाहेको छ । ‘सधैं अन’मार्फत एनसेल ग्राहकहरुका ब्यालेन्स खतम हुने समस्या समाधान गर्न प्रतिवद्ध रहेको र ग्राहकहरुका सुझावहरुलाई विषेश ध्यानमा राखेर डेटा प्याकहरुलाई सरल बनाउँदै पाँच दर्जन बढि त्यस्ता डेटा प्याकहरुलाई २० वटामा झारेको छ ।

वास्तवमा यो योजनाको अझ ठूलो उद्देश्य भनेको नेपाली ग्राहकहरूलाई फाइभजीका लागि तयार पार्नु रहेको छ ।

“फाइभजी ताररहित प्रविधिको भविष्य हो र यसले व्यवसाय र अर्थतन्त्रले कसरी काम गर्छ भनेर क्रान्तिकारी परिवर्तन गर्नेछ । ६० वटा भन्दा बढी देशहरूमा यो प्रविधि पहिले नै आईसकेको छ । हामी चाहन्छौं भारतपछि नेपाल व्यावसायिक रुपमा फाइभजी संचालनमा ल्याउने दक्षिण एसियाको दोस्रो मुलुक बनोस् । तर त्यसका लागि हामीले एउटा महत्वपूर्ण पहिलो कदम चाल्नुपर्छ, र त्यो हो, प्रत्येक नेपालीले आफ्नो मोबाइल फोन उत्पादक रूपमा प्रयोग गर्न थाल्नुपर्छ, यसको मतलब, तपाईँको डेटा ‘सधैं अन’ हुनुपर्छ,” कायुमोभले भने ।

फाइभजीको अर्थ केवल दु्रत इन्टरनेट मात्र होइन, यसको वास्तविक अर्थ भनेको अत्याधुनिक प्रविधिको परिचय गराउने क्षमता हो जसले कृषि, स्वास्थ्य शिक्षा, पर्यटन लगायतका क्षेत्रहरुको विकासमा महत्वपूर्ण प्रभाव पार्न सक्छ । यसले नै सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई मार्ग प्रशस्त गर्दछ ।

मोबाइल ब्रोडब्यान्ड स्पीडमा नेपाल अहिले विश्वको १०९ औं स्थानमा छ । सन् २०२६ सम्ममा नेपाल विश्वको शीर्ष ५० मा पर्न सफल होस् भन्ने चाहना एनसेलले राखेको छ । 

नेपाली मोबाइल फोन प्रयोगकर्ताहरूको आवश्यकता र माग बढ्दै गए पनि दैनिक डेटाको उपयोग एकदमै न्यून छ — १० मध्ये २ जना मात्रै नेपालीले नियमित रूपमा मोबाइल डाटा प्रयोग गर्छन् । साथै, औसत प्रति ग्राहक प्रति महिना डाटा खपत मात्र ४ जीबी रहेको छ, जुन अन्य छिमेकी देशहरूको तुलनामा कम हो ।

‘सधैँ अन’ मा के छ ?

एनसेलको ‘सधैँ अन’ अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरि ३ वटा समुहमा ८ वटा विभिन्न आकर्षक प्लानहरु संचालनमा ल्याएको छ । यसमा ७ दिनको समयसिमा हरेको रु ९८ बाट सुरु हुने प्याक देखि २८ दिन समयावधि रहेको रु १४९९ पर्ने सम्मको विभिन्न प्लानहरु रहेका छन् । हरेक प्लानमा डेटा, अल नेपाल कल टक टाइम र अल नेपाल एसएमएसको बण्डलिङ्ग रहेको छ र यी प्लानहरु ग्राहकलाई विद्यमान शुल्क भन्दा दुई गुणा सस्तो शुल्कमा उपलब्ध हुन्छ । यसका साथै ‘सधैं अन’सुचारु गर्नुहुने ग्राहकले सामाजिक सञ्जाल प्रयोगको लागि निःशुल्क डेटा पनि प्राप्त गर्दछन्। 

उदाहरणकालागि यदि कुनै ग्राहकले रु ९९ को बेसिक प्लान सुचारु गरेमा ग्राहकले २ जीबी डेटा, १ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४९ मिनेट अल नेपाल कल टक टाइम र ४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो ७ दिनको लागि मान्य रहनेछ । त्यस्तैगरी रु ४९९ को बेस्ट प्लान सुचारु गर्ने ग्राहकले १२ जीबी डेटा, ५ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४४९ मिनेट अल नेपाल कल टक टाइम र ४४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो २८ दिनको लागि मान्य रहनेछ ।

आफ्नो आवश्यकता अनुसार धेरै डेटा तथा टक टाइम प्रयोग गर्ने ग्राहकका लागि एनसेलले ठूलो भोलुम भएको डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइम रहेको प्लानहरु पनि ल्याएको छ । उदाहरणका लािग यस प्लान अन्तर्गत रु १४९९ को प्याक सुचारु गर्ने ग्राहकले १०० जीबी डेटा, १५ जीबी निःशुल्क सोसल मिडिया डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइमको सुविधा लिन पाउँछन् । यो प्याक अन्तर्गतको सेवाहरु २८ दिनको लागि मान्य रहन्छ ।

ग्राहकले एष्ट्रिक्स१२३ह्यास डायल गरि सजिलै आफ्नो आवश्यकता अनुसार कुनै पनि ‘सधैं अन’ प्लान लिन सक्छन् ।

Related

Previous Post

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

Next Post

प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यका साथ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठित

Sambridinews

Sambridinews

Related Posts

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, नवनिर्मित भवनको उद्घाटन
TOP STORIES

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, नवनिर्मित भवनको उद्घाटन

by Sambridinews
बिहिबार, भदौ ४, २०८३
उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै
TOP STORIES

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

by Sambridinews
बिहिबार, भदौ ४, २०८३
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
TOP STORIES

नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण

by Sambridinews
बिहिबार, भदौ ४, २०८३
चेम्बर अध्यक्ष अग्रवाल र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाबीच भेटवार्ता
FEATURED

चेम्बर अध्यक्ष अग्रवाल र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाबीच भेटवार्ता

by Sambridinews
बिहिबार, भदौ ४, २०८३
नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार
TOP STORIES

नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार

by Sambridinews
बुधबार, भदौ ३, २०८३
Next Post
प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यका साथ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठित

प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यका साथ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

२०७९ पुस ३० गते शनिबारको तपाईको राशिफल

फागुन २० गते शनिबारकाे पञ्चाङ्ग र राशिफल

शनिबार, फाल्गुन २०, २०७९
भुटानी शरणार्थी नेता टेकनाथ रिजाल झापाबाट पक्राउ

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल झापाबाट पक्राउ

बिहिबार, जेष्ठ ४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, नवनिर्मित भवनको उद्घाटन
TOP STORIES

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, नवनिर्मित भवनको उद्घाटन

बिहिबार, भदौ ४, २०८३
उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै
TOP STORIES

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

बिहिबार, भदौ ४, २०८३
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
TOP STORIES

नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण

बिहिबार, भदौ ४, २०८३
चेम्बर अध्यक्ष अग्रवाल र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाबीच भेटवार्ता
FEATURED

चेम्बर अध्यक्ष अग्रवाल र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहियाबीच भेटवार्ता

बिहिबार, भदौ ४, २०८३
नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार
TOP STORIES

नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार

बुधबार, भदौ ३, २०८३
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
FEATURED

नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने

बुधबार, भदौ ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In