Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, March 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

प्रचण्डको सरकारमा जनताले न्याय पाउनैपर्छ

Sambridinews by Sambridinews
मङ्लबार, माघ १०, २०७९
in FEATURED, TOP STORIES
0
प्रचण्डको सरकारमा जनताले न्याय पाउनैपर्छ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

-खगेन्द्र फुयाँल

माघ महिनाको कठ्याङ्ग्रिंदो जाडो; न्याय माग्न नेपालगञ्जदेखि काठमाडौं आएको १४ जनाको टोली लालटिन बालेर २७औं दिनदेखि माइतीघर मण्डलमा धर्ना दिइरहेका छन् । तर उनीहरूको मागप्रति ध्यानाकर्षणसम्म जनाउने सरकार भेटिएको छैन ।

You might also like

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

लालटिन बालेर सरकारको गौंडा कुरेको धेरै भयो, सरकारले हेरेको छैन । हेरेर पनि देखेजस्तो गर्दैन । सञ्चारमाध्यममा आएका समाचारको सरकारलाई वास्ता छैन । उनीहरूका माग ठूला पनि त छैनन् । मात्र भनिरहेका छन्— निर्मला कुर्मीको हत्याको न्यायिक छानबिन गर ! दोषीलाई कारबाही गर !

२०७७ सालमा शंकास्पद हत्या गरिएकी बाँकेकी निर्मला कुर्मीको न्यायका लागि १४ जनाको टोली यो वर्ष पनि बाँकेको नेपालगञ्जदेखि काठमाडौं आएर सरकार खोजिरहेको छ ।

हरेक दिन दश बजे कलंकीदेखि माइतीघर मण्डलसम्म लालटिन बालेर पैदल आई पाँचबजेसम्म सरकार खोज्नु उनीहरूको दैनिकी जस्तै भएको छ । माइतीघर मण्डलहुँदै सवार हुने सरकारका नेतृत्वकर्ता र जनताका प्रतिनिधि देखेर पनि नदेखेझैं गरिरहेका छन् । यही माइतीघर मण्डलमा भएका धेरै खाले आन्दोलनले देशमा विभिन्न परिवर्तन ल्यायो तर निर्मला कुर्मीहरूले वर्षौं भयो न्याय नपाएको ।

हरेक दिन बिहान ‘आज त सरकारले देख्छ कि’ भन्ने आशाका साथ माइतीघरमा बसिरहँदा बेलुकीपख भारी मन लिएर बासमा फर्कनु परिरहेको छ । निर्मला कुर्मीले न्याय नपाउँदासम्म आन्दोलन नरोक्ने दृढ प्रतिबद्धताका साथ टोली माघको ठण्डी तगिरहेको छ ।

अल्पसंख्यक समुदायमा जन्मेहुर्केकी निर्मला कुर्मीलाई आफ्नै समुदायमा असुरक्षा होला भन्ने सोचेकी पनि थिइनन् । जब २०६२ सालमा उनका श्रीमानको मृत्यु भयो, उनका दुःखका दिन सुरु भए । उनको करोडौंको सम्पत्तिमा दुनियाँको नजर बस्यो ।

पति शोकमा रहे पनि दुई भाइ छोरा हुर्किंदै थिए । श्रीमान नभए पनि तिनै छोराको आड र भरोसामा जिन्दगी कसो नचल्ला त भनेर जसोतसो चित्त बुझाउँदै थिइन् निर्मला ।
२०६६ सालमा उनीमाथि अर्को बज्रपात पर्‍यो । दश दिनको अन्तरमा १८ वर्षको जेठो छोरो र १४ वर्षको कान्छो छोराको मृत्यु भयो । जेठो छोराको मृत्यु हुँदा भाग्यले फेरि पनि ठग्यो भन्ने निर्मलालाई पर्‍यो।

आठ दश दिनको अन्तरमा कान्छो छोराको पनि मृत्यु भएपछि उनले त्यसमा कसैको कर्तुत ठानिन् । उनले आँगनमा जम्मा भएको समाजसँग म यो छोराको दाहसंस्कार गर्दिनँ, मलाई छोराको हत्या गरिएको शंका लागेको छ भनिन् ।
पोस्टमार्टम गर्छु भनिन्, मृत्युबारे थाहा पाउँछु भनिन् । हत्यारालाई चिन्न पाउँ भनिन् । तर, उल्टै उनीमाथि हिंसा गरियो । उनलाई घरभित्र थुनेर खेतको आलीमा शव जलाइयो ।
उत्पीडनको निवेदन लिएर प्रहरी प्रशासनमा पुगिन्, तर सुनुवाइ भएन । शक्तिको आडमा अनाथ एकल महिलाको विषयमाथि प्रशासनले नजरअन्दाज गर्‍यो । उनका निवेदनहरू बेवास्ता गरिए । उनीमाथि पटक–पटक कुटपिट भइरह्यो ।

२०६६ साल माघमा आफूहरूको सम्पर्कमा आउँदा निर्मला कुर्मीले भनेका यी शब्दहरू अझै सम्झना छ, अधिकारकर्मी रुबी खानलाई । निर्मलाका एक्ला दिनहरूमा उनीमाथि निरन्तर हिंसा जारी रह्यो । अपहरण गरेर सम्पत्ति हिनामिना समेत गरिएको अधिकारकर्मी खानले सुनाइन् ।

२०७७ सालमा निर्मला कुर्मीको पनि शंकास्पद हत्या भयो । जिल्लामा रहेका अधिकारवादी संस्थाहरू महिला सञ्जाल, महिला अधिकार मञ्च लगायतको पहलमा पटक–पटक जाहेरी दिंदा जिल्ला प्रशासनले असहयोग गर्ने, जाहेरी लुकाउने जस्ता कार्य गरेको खान बताउँछिन् ।

निर्मलाले रुबी खानसँगको भेटमा आफूलाई कुटपिट गर्ने व्यक्तिका बारेमा जानकारी गराइरहेकी थिइन् । पटक–पटकको प्रयासपछि २०७७ साल चैतमा दिएको निवेदन जिल्ला प्रशासनले दर्ता त गर्‍यो तर अनुसन्धान भएन । २०७८ सम्म अनुसन्धान भइरहेको भनिएको उक्त जाहेरीप्रति अभियुक्तलाई बचाउने काम भयो ।

पक्राउ परेका व्यक्तिलाई शक्तिको आडमा गुपचुप छाड्ने काम भयो । हाल उक्त निवेदन खारेजी हुने अभिव्यक्ति जिल्ला प्रशासनले दिन थालेको अधिकारकर्मी खान बताउँछिन् ।महिला तथा बालबालिकाको मानवअधिकार जस्तो संवेदनशील विषयमा किन जिल्ला प्रशासनलगायतका सम्बन्धित कार्यालयको उदासीनता देखिंदैछ ? खान प्रतिप्रश्न गर्छिन् ।
यही सरकारी उदासीनताका विरुद्ध र निर्मला कुर्मीको न्यायका लागि उनीहरूको तेस्रो चरणको आन्दोलन जारी छ ।

जब पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको प्रधानमन्त्री नियुक्त हुन्छन्, मलाई भने नेपाल टेलिभिजनको एक सय तीसौं तलाको याद आउँछ । मनोज गजुरेलले निर्माण गरेको ‘फोटोकपी’ नामको प्रहसनमा दश वर्षको अवधिमा देशको कायापलट भएको नेपालको दृश्य देखाइएको छ । उक्त हास्य प्रहसनमा प्रचण्ड प्रधानमन्त्रीको दशवर्षे कार्यकालमा देशले चरम विकास गरी विदेशी मजदुरहरू नेपालमा काम गर्न आएको देखाइएको छ ।

मानवअधिकार र सामाजिक न्यायका समस्या नभएपछि सरकार पशु अधिकारको हितमा लागेको देखाइन्छ । सबै जाति, वर्ग र समुदायको अधिकार र न्यायका लागि दश वर्ष क्रान्ति हाँकेका प्रचण्ड प्रधानमन्त्री हुँदा त निर्माला कुर्मीहरूले न्याय पाउनुपर्ने जस्तो लाग्छ ।

सुशासन, अनियमितता र भुईंमान्छेका विषयवस्तुलाई सञ्चारमाध्यममा धारावाहिक प्रस्तुत गर्ने तिनै सञ्चारकर्मी रवि यसपटक गृहमन्त्री छन् । यो घटनाको सत्यतथ्य र न्यायिक छानबिन हुँदैन भन्ने कसलाई पो लागेको होला ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू यसपटक जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्न प्रधानमन्त्री भएको भनिरहनुभएको छ । विभिन्न संस्थाका प्रतिनिधिले प्रधानमन्त्रीलाई भेटेर आफ्ना समस्या राखिरहेका छन् ।

मिटरब्याजी पीडितले पनि केही दिनअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएर गृह जिल्ला फर्केका छन् ।

तपाईंहरूको प्रधानमन्त्रीलाई भेट्ने योजना छैन ? भन्ने प्रश्नमा खान भन्छिन्, ‘प्रधानमन्त्री आफैं आउनुहुन्न, हामीलाई जाने बाटो छैन । उहाँलाई भेट्न पिएको सम्पर्क नम्बर हामीसँग छैन । सिंहदरबार भित्र हामीलाई पहुँच छैन !’

Related

Previous Post

चिया पिउनुका फाइदा र वेफाइदाहरु हेर्नुहोस्

Next Post

बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे दोषी ठहर

Sambridinews

Sambridinews

Related Posts

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

by Sambridinews
मङ्लबार, फाल्गुन १९, २०८२
Next Post
बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे दोषी ठहर

बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे दोषी ठहर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अख्तियारले लियाे मुख्य सचिव बैकुण्ठ अर्यालसँग बयान

मुख्यसचिव अर्यालसहित अन्य ९ कर्मचारीविरूद्ध भ्रष्ट्राचार मुद्दा दायर

आइतवार, असार ९, २०८१
कान्तिपुरका अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमा

कान्तिपुरका अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमा

बुधबार, जेष्ठ ९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ
TOP STORIES

चुनाव बारे दुष्प्रचार गर्ने ज्याेतिष पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
TOP STORIES

मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका आफन्तकाे प्रदर्शन

मङ्लबार, फाल्गुन १९, २०८२
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
TOP STORIES

भक्तपुरबाट इन्सास राइफलसहित एक युवक पक्राउ

मङ्लबार, फाल्गुन १९, २०८२
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि
अर्थ

मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ

मङ्लबार, फाल्गुन १९, २०८२
इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी
FEATURED

इरानसँगकाे युद्ध महिनौसम्म जाने ट्रम्पको चेतावनी

मङ्लबार, फाल्गुन १९, २०८२
टेलिकमले २८ देशमा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराउने
FEATURED

नेपाल टेलिकमको ग्रुप एसएमएस सुविधा उपलब्ध, एकै पटक १० हजार वटासम्म सामूहिक सन्देश पठाउन सकिने

मङ्लबार, फाल्गुन १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In