Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, August 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनआरएनए चुनावमा धाँधली भएको आरोप लगाउँदै अध्यक्ष पदका प्रत्यासी राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठले नयाँ कार्यसमिति घोषणा

Sambridinews by Sambridinews
आइतवार, कार्तिक ५, २०८०
in FEATURED, TOP STORIES
0
एनआरएनए चुनावमा धाँधली भएको आरोप लगाउँदै अध्यक्ष पदका प्रत्यासी राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठले नयाँ कार्यसमिति घोषणा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 काठमाडाैं । गैर आवासीय नेपाली संघ औपचारिक रूपमा फुटेको छ । ११ औँ महाधिवेशनबाट नेतृत्व चयन प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आएका अध्यक्ष पदका प्रत्यासी राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठले नयाँ कार्यसमिति घोषणा गरेपछि एनआरएनए औपचारिक रूपमा फुटेको हो ।

यसअघि अध्यक्षमा बद्री केसी निर्वाचित भएको घोषणा गरिएको थियो । जसलाई अध्यक्षका प्रतिस्पर्धीद्वय राजेन्द्रकुमार शर्मा र महेशकुमार श्रेष्ठले अस्वीकार गरेका थिए ।

You might also like

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

केसीले अध्यक्षको शपथ र कार्यभार ग्रहण गरेपछि शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको हो ।

शर्मा अध्यक्ष रहेको एनआरएनए कार्यसमिति उपाध्यक्षमा केशव पौडेल, राज रेग्मी, खगेन्द्र न्यौपाने, सुनिल शाह, नारायण आचार्य, गोविन्द श्रेष्ठ र गंगाधर गौतम रहेका छन् । उपाध्यक्षमा महिलातर्फ रोजिना प्रधान राई तथा युवा उपाध्यक्षमा अबदुल वासिदलाई चयन गरिएको छ ।

महासचिव बुद्धिसागर सुवेदीलाई बनाइएको छ भने तीन उपमहासचिवमा प्रविन गुरुण, सोम सापकोटा र प्रमोद सिटौला रहेका छन् । सचिवमा लोक दाहाल, कृष्ण गिरी, टंक गैरे, लोक दाहाल, केपी सिटौला, दयानिधी सापकोटा, मनोज गोर्खाली, स्वतन्त्रप्रताप सिंह, राजेन्द्र पुडासैनी र भीम केसीरहेका छन् । महिला सचिवको जिम्मेवारी विमला सापकोटाले पाएकी छन् ।

शर्मा नेतृत्वको एनआरएनएको कोषाध्यक्षमा ठाकुर ढुंगाना र सहकोषाध्यक्ष तिलक गैरे, कृष्णा तिमल्सिना, मोहम्मद मुस्तफा र तृष्णा शर्मा रहेका छन् ।

महासिचव सुवेदीले एनआरएनएको ११ औँ महाधिवेशन असहज परिस्थितिमा सम्पन्न भएको जनाएका छन् । उनले अनलाइन भोटिङमा गम्भीर त्रुटि देखिएको र छानबिन गर्ने सहमति गरेर बद्री केसीले शपथ लिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

‘अनलाइन भोटिङ पद्धतिमा देखिएका गम्भीर त्रुटिबारे छानबिन गर्ने सहमति गरेर गुपचुप शपथ लिने प्रवृत्तिले संस्थालाई विभाजनको मुखमा धकेलेको थियो,’ सुवेदीले सामाजिक संजाल फेसबुकमा विभाजनबाट गठित नयाँ कार्यसमितिबारे लेखेका छन्, ‘महाधिवेशनमा सहभागी बहुसंख्यक प्रतिनिधिहरूले विधानका केही प्रावधान संशोधन गर्नुका साथै आरके शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्नुभएको छ ।’ जसरी भए पनि संस्था कब्जा गर्न खोज्ने प्रवृत्तिविरुद्ध एकजुट हुन र संस्थाको मर्यादा जोगाउनका लागि क्रियाशील रहन महासचिव सुवेदीले आग्रह गरेका छन् ।

यसअघि नै अध्यक्षका प्रतिस्पर्धी शर्मा र श्रेष्ठले धाँदलीबाट निर्वाचित नेतृत्वलाई स्वीकार गर्न नसकिने पनि घोषणा गरेका थिए । अध्यक्षका उम्मेदवार शर्माले आईटी विज्ञ राखेर अनुसन्धान गर्ने सहमति केसीले उलंघन गरेको बताएका थिए ।

काठमाडौंमा भएको महाधिवेशनमा अध्यक्षका तीन उम्मेदवार थिए । विजयी केसीले १ हजार ३७८ मत पाएका थिए । प्रत्याशीद्वय शर्माले १ हजार २८१ मत र श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेका थिए । विजयी घोषित केसीले शनिबार शपथ र पदभार ग्रहण गरेका थिए ।

उपाध्यक्षका उम्मेदवार केशव पौडेलको नेपालबाट एक मत पनि नआएपछि गणनाका क्रममा विवाद भएको थियो । आफूले हालेको भोट समेत विद्युतीय भोटिङ मेसिनमा नदेखिएको उनले बताएका थिए । एनआरएनको चुनाव विद्युतीय भोटिङ मेसिन ‘भेरो भोटिङ’ मार्तफ भएको थियो ।

Related

Previous Post

सुशासनको नारा लिएर ‘काज’मा दसैँ मान्न हिडेका कर्मचारी

Next Post

पाल्पाको बैकुन्ठे पहाडबाट जिप खस्दा ६ जनाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
FEATURED

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

by Sambridinews
आइतवार, भदौ ७, २०८३
गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’
FEATURED

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

by Sambridinews
आइतवार, भदौ ७, २०८३
TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 
FEATURED

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

by Sambridinews
आइतवार, भदौ ७, २०८३
बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण
TOP STORIES

बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण

by Sambridinews
आइतवार, भदौ ७, २०८३
सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना
FEATURED

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

by Sambridinews
आइतवार, भदौ ७, २०८३
Next Post
पाल्पाको बैकुन्ठे पहाडबाट जिप खस्दा ६ जनाको मृत्यु

पाल्पाको बैकुन्ठे पहाडबाट जिप खस्दा ६ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ङादी ग्रुप पावर लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

ङादी ग्रुप पावर लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

बिहिबार, मंसिर २६, २०८२
सरकारले फिर्ता बोलाएका ११ राजदूत तत्काल नफर्कने सर्वोच्चको अन्तरिम आदेश

सरकारले फिर्ता बोलाएका ११ राजदूत तत्काल नफर्कने सर्वोच्चको अन्तरिम आदेश

सोमवार, कार्तिक १८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
FEATURED

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

आइतवार, भदौ ७, २०८३
गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’
FEATURED

गरिमा प्रकरणमा रविकिरणको खबरदारी : ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

आइतवार, भदौ ७, २०८३
TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 
FEATURED

TCL एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो 

आइतवार, भदौ ७, २०८३
बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण
TOP STORIES

बालिका तथा किशोरीमाथि बढ्दो हिंसाप्रति गम्भीर ध्यानाकर्षण

आइतवार, भदौ ७, २०८३
सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना
FEATURED

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

आइतवार, भदौ ७, २०८३
बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती
FEATURED

बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

आइतवार, भदौ ७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In