कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
काठमाण्डौ । असोज २०, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले आज विश्वासको मत लिने भएको छ । सर्वोच्च अदालतको...
काठमाण्डौ । असोज २०, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले आज विश्वासको मत लिने भएको छ । सर्वोच्च अदालतको...
काठमाडौं । असोज २०, नेपाल र युरोपेली देश रोमानियाबिच शुक्रबार रोमानियामा द्विपक्षीय श्रम समझदारी (एमओयु) मा हस्ताक्षर सम्पन्न भएको छ...
काठमाडाैं । जिल्ला अदालत काठमाडौंले ६१ किलो सुन तस्करीको आरोपमा पक्राउ परेकाहरुमध्ये १ जना बाहेक सबैलाई थुनामा पठाउन आदेश दिएको...
काठमाडाैं । दसैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ २२ असोजदेखि खुल्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात...
नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले पीडित परिवारले चाहेमा मात्रै कैद मिनाहा गर्न सकिने कानुन बनाउनुपर्ने बताएका छन् ।...
१९असोज ,जघन्य अपराधमा अदालतबाट दोषी ठहर गरी जन्मकैदको सजाय भोगिरहेका व्यक्तिलाई संविधान दिवसको अवसरमा नेपाल सरकारले मुलुकीफौजदारी कार्यविधि संहिता, २०७४...
काठमाडौं । असोज १९, नेपालमा करिब तिन दशक अगाडी सुरुवात भएको क्रेडिट कार्ड सुविधामा आजसम्म पनि सिमित नेपालीहरुको मात्र पहुँच...
असोज १९, काठमाडौं । काठमाडौंमा स्टार्टअप एण्ड आईडिया फेस्ट सुरू भएको छ बानेश्वरको थापागाउँस्थित बानेश्वर बैंक्वयटमा दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट सुरू भएको हो । लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा भइरहेको फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित ८० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको सहभागीता रहेको छ । फेस्टको उद्घाटन शत्रमा प्रमुख अतिथिको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी विज्ञान प्रविधि सचिव प्रमिला देवी बज्राचार्यको उपस्थिति रहेको थियो । यस्तै विशिष्ट अतिथीको रूपमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहको उपस्थिति रहेको थियो भने अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पुर्व सह-सचिव विरेन्द्र मिश्र, स्क्वाइड अफ चेन्ज मेकर्सका सहसंस्थापक शुशील भट्टराई, आईसिटी विज्ञ हेमपाल श्रेष्ठ लगायतको स्टार्टअप तथा इन्नोभेसनमा रूची राख्नेहरूको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा बोल्दै लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले देशैभरका स्टार्टअप तथा इन्नोभेसनलाई प्रवर्द्धन र प्रोत्साहन गर्न स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना गरेको बताए । त्यसैगरी प्रमुख अतिथि विज्ञान तथा प्रविधि सचिव प्रमिला देवी बज्राचार्यले युवाहरूको स्टार्टअप तथा आईडियालाई प्रवर्द्धन गर्न फेस्ट महत्त्वपूर्ण प्लेटफर्म भएको बताइन् । ‘ब्रेड ड्रेन भइरहेको अवस्थामा देशभित्रै केही गर्न चाहने युवाका लागि स्टार्टअप एण्ड आईडिया फेस्ट राम्रो प्लेटफर्म हो,’ सचिव बज्राचार्यले भनिन्, ‘त्यसकारण सबैले फेस्ट अवलोकन गरेर देशमै केही गर्ने हुटहुटी बोकेका युवाहरूको उत्साह बढाउन आग्रह गर्दछु ।’ शुक्रबार र शनिबार सञ्चालन हुने फेस्ट बिहान ११ बजेदेखि ५ बजेसम्म निःशुल्क अवलोकन गर्न सकिने छ । कार्यक्रममा बिहानैदेखि स्कुल, कलेजका विद्यार्थीसँगै स्टार्टअप तथा इन्नोभेसनमा रूची राख्ने युवाहरूको उत्साहजनक सहभागीता रहेको छ । आईसीटी अवार्ड २०२३ को प्रि इभेन्ट क्याम्पियनको रूपमा हुने स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम क्याम्पमा द स्क्वाइड अफ चेन्जमेकरको सहकार्य रहेको छ । कार्यक्रमको मुख्य आकर्षणको रूपमा नयाँ नयाँ आईडिया, इन्नोभेसन तथा प्रडक्टको प्रदर्शनी, आईडिया पिचिङ, एष्ट्रोनोमी क्याम्प, रकेट तथा रोबोटिक्स क्याम्प, लगानीको अवसर, गेम र आकर्षक पुरस्कारको समेत व्यवस्था रहेको छ । यस बाहेक कार्यक्रममा स्याटेलाईट वर्कशप, एस्ट्रोनिमो वर्कशप, एभिसयन वर्कशप र रकेट साइन्स वर्कशप समेत सञ्चालन भइरहेको छ फेस्टमा सातै प्रदेशका ३० बढी स्टार्टअपका साथै आईसीटी अवार्ड २०२३ मा प्रतिस्पर्धाबाट छनौट भएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरु प्रदर्शनीमा छन । कार्यक्रममा स्क्वाइड अफ चेन्जमेकरले रोबोट, रकेट, थ्रीडी प्रिन्टङसहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्टहरुलाई पनि प्रर्दशनीमा राखेको छ । अवलोकनकर्ताले आईसिटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप र प्रडक्ट र राइजिङ स्टार इन्नोभेसनलाई भोट पनि गर्न सक्नेछन् । नेपालको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको आठौं संस्करणमा यस पटक विभिन्न १३ विधामा ५०० बढीको नोमिनेसन प्राप्त भएको थियो । हाल आईसीटी अवार्ड २०२३ को नोमिनेसन र छनौट प्रक्रिया सञ्चालनमा रहेको छ । यस पटक आईसिटी अवार्डको ग्रान्ड फिनालेमा सातै प्रदेशका उत्कृष्ट एक-एक स्टार्टअपलाई प्रोभिसियल रिकग्निसन अवार्ड समेत प्रदान गरिने छ ।
काठमाडाैं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अति विशिष्ठ व्यक्ति (भीभीआईपी) को सुरक्षा व्यवस्था सम्बन्धी कार्यविधि परिमार्जन गर्न लागेको छ ।...
काठमाडौं । विगत केही बर्षदेखि बन्द रहेको गैडाकोट स्थित भृकुटी कागजकारखानाका मजदुरहरुले ३२ करोड रुपैया तलब वापतको भुक्तानी पाउने भएका...
| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.