खेलकुद

वात्सल्य एभरेष्ट महिला भलिबल लिग ,दोस्रो संस्करणको प्रत्यक्ष प्रसारक हिमालय टिभी प्रिमियम

वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करणको प्रत्यक्ष प्रसारण अब औपचारिक रूपमा हिमालय टिभी प्रिमियम मार्फत हुने भएको जानकारी गराउन पाउँदा हामी उत्साहित छौं ।  यो प्रतिष्ठित महिला भलिबल लिग भद्र २० गतेदेखि २८ गतेसम्म सञ्चालन हुने छयस लिगमा १८ अन्तर्राष्ट्रिय खेलाडीहरूसहित नेपालका प्रख्यात महिला भलिबल खेलाडीहरू ६ फरक टोली मार्फत प्रतिस्पर्धा गर्दैर्छन् । साथै, लिगको प्रतिष्ठालाई कायम राख्न विभिन्न लोकप्रिय कलाकारहरू पनि लिगको ६ फरक टोलीमा सहभागिता जनाउदैछन् ।  यस लिगको प्रसारण अधिकार सम्बन्धी सम्झौता हिमालय टिभी प्रिमियम र लिगका आधिकारिक सञ्चालक कम्पनी इन्फिनिटी ड्रिम्स प्रालि बीच सुश्री मिडिया प्रालिमार्फत सम्पन्न भएको हो । यो साझेदारी यस सिजनको लागि एक महत्वपूर्ण कदम मानिन्छ ।  सुश्री मिडिया प्रालिका प्रबन्ध निर्देशक सुमन अधिकारी भन्छन्, यो सफल साझेदारीको लागि हामी वात्सल्य एभरेष्ट महिला भलिबल लिग र हिमालय टिभी प्रिमियम दुबईलाई धन्यवाद तथा बधाई दिन चाहन्छौं । महिला खेलकुदको बढ्दो उत्साह र लोकप्रियतालाई सबैको सहयोग आवश्यक पर्ने भएकाले, हामीले यस साझेदारीको सफलतालाई गर्वको रूपमा महसुस गरेका छौं ।'  हिमालय टिभी प्रिमियमका जनरल म्यानेजर, गोविन्द ढकाल भन्छन्, 'पूरै एसियामा पहिलो पटक सञ्चालन हुन लागेको वात्सल्य एभरेष्ट महिला भलिबल लिगको प्रत्यक्ष प्रसारण हाम्रो हिमालय टिभी  एचडी प्रिमियम मार्फत हुने भएकोमा हामी अत्यन्तै खुशी छौं । महिला खेलकुदको विकासका लागि यो हाम्रो दायित्व पनि हो । देश विदेशबाट आउने खेलाडीहरूले यस लिग र हाम्रो च्यानलको शोभा बढाउने विश्वास हामीलाई छ ।'  यो लिगले महिला खेलकुदको विकास र लोकप्रियता बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।नेपालको राष्ट्रिय खेल भलिबलको पहिलो महिला फ्रेञ्चाइज लिग अब हिमालय टिभी प्रिमियम एचडी मार्फत उच्च गुणस्तरीय प्रसारणमा हेर्न सकिनेछ । खेलको प्रोडक्सन अन्तर्राष्ट्रिय स्तर अनुसार गरिने व्यवस्थाको तयारी भइरहेको छ । 

Read more

डुकाउ फिस टनेल एक्सपो एवं सांस्कृतिक व्यापार महोत्सव २०८२ साउन ३० देखि भदौ २१ गतेसम्म

काठमाडौंमै पहिलो पटक १००० धन्दा धेरै सामुद्रिक माछा टनेलमा छिरेर हेर्न पाइने । सुनामी पिङ लगायत आधुनिक खेलहरुको मज्जा लिन...

Read more

साउथ वेस्टर्नका पुरुषोत्तमलाई उपाधि

काठमाडौं, साउन २८, आयोजक साउथ वेस्टर्न स्टेट कलेजका पुरुषोत्तम सिलवालले प्रथम साउथ वेस्टर्न स्टेट अन्तरकलेज बुद्धिचाल प्रतियोगिताको उपाधि बुधबार जितेका...

Read more

साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर

म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेसले  नेपाली महिला फुटबल टोलीकी कप्तान सवित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।साम्बा र...

Read more

राखेप वार्षिकोत्सवको प्रमुख अतिथि प्रधानमन्त्री ओली

काठमाडौं, साउन २७, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२ औं वार्षिकोत्सवको कार्यक्रम राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अतित्यथामा...

Read more

दुबल टिम च्याम्पियन

टोखाको दुबल एस फिट्नेस डोजो गोर्खा खुकुरी मार्सल आर्ट्स अन्तर टोखा÷तार्केश्वर नगरस्तरीय प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । दुबलले ८...

Read more

अशोक उत्कृष्ट निर्णायक

नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्का आठौं गेविन मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा आइतबार उत्कृष्ट निर्णायक घोषित भएका छन् ।मलेसियाको...

Read more

चितवन राइनोज सिजन २ का लागि नयाँ हेड कोच, मेन्टर र टिम डाइरेक्टर घोषणा

काठमाडौँ । चितवन राइनोज, नेपाल प्रिमियर लिग फ्रेन्चाइज टिम, ले बहुप्रतिक्षित सिजन २ अघि नयाँ हेड कोच, मेन्टर र टिम...

Read more

तेक्वान्दोमा ३ पदक

नेपाली तेक्वान्दो खेलाडीले आठौं गेविन मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शनिबार २ स्वर्ण र १ रजत गरी ३ पदक जितेका...

Read more

टिकटक वात्सल्य एभरेस्ट महिला भलिबल लिगको ग्लोबलाइजेसन अभियानमा आधिकारिक मनोरञ्जन साझेदारको रूपमा सहभागी

   काठमाडौं, नेपाल खेल, कथा र डिजिटल भाइरल प्रभावको ऐतिहासिक संयोजनसहित, वात्सल्य एभरेस्ट महिला भलिबल लिग (EWV) ले आफ्नो दोस्रो संस्करणको लागि टिकटकलाई आधिकारिक एंटरटेनमेन्ट पार्टनरको रूपमा घोषणा गरेको छ।यो लिग सेप्टेम्बर ५ देखि सेप्टेम्बर १३ (भदौ २० गतेदेखि २८ गते ) सम्म आयोजना हुनेछ।  यो साझेदारी नेपालको राष्ट्रिय खेलका लागि एक परिवर्तनकारी अध्याय हो, जहाँ विश्वकै चर्चित छोटो भिडियो प्लेटफर्म टिकटक अब वात्सल्य EWV लिगको अन्तर्राष्ट्रियकरण, राष्ट्रिय भावना, महिला खेलाडीहरूको सशक्तिकरण र सांस्कृतिक महत्त्वलाई अझ फैलाउने उद्देश्यका साथ सँग भलिबल कोर्टमा प्रवेश गर्दैछ।  यो लिग नेपालको पहिचानलाई बलियो बनाउँदै एक समग्र रूपमा सुन्दर र गर्विलो खेल अभियान बन्ने दिशामा अगाडि बढेको छयो सहकार्यले नेपालको महिला खेलाडीहरूको प्रेरणादायी कथा, दर्शकहरूको जोश, र लिगको रोचक माहोललाई हिमालयको मुटुबाट डिजिटल दुनियाँसम्म पुर्‍याउने लक्ष्य लिएको छ। टिकटक साउथ एसियाका कन्टेन्ट अपरेसन लिड उमैस नविद भन्छन् :" वात्सल्य EWV सँग सहकार्य गर्नपाउँदा टिकटक निकै उत्साहित छ। हामी यसलाई नेपाली राष्ट्रिय खेललाई उत्सवको रूपमा मनाउन,महिला सशक्तिकरणमा टेवा पुर्याउन र नेपाली भलिबललाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने ऐतिहासिक अवसरको रूपमा हेरीरहेका छौं।वात्सल्य एभरेस्ट महिला भलिबल लिग एक साहसी आयोजन हो, जसले अन्तर्राष्ट्रिय पहिचानको हकदार छ। हामी यसलाई सफल बनाउन सहयोग गर्न आएका हौं।"  वात्सल्य एभरेस्ट महिला भलिबल लिगकी CEO स्नेभी चापागाईं भन्छिन् : "यो एक Game-Changer  साझेदारी हो।टिकटकसँगको सहकार्यले हाम्रो प्रभाव अझ फैलिनेछ।हामी नेपाली महिला खेलको कथा  यस्तो रूपमा संसारलाई सुनाउँदैछौं, जुन अहिलेसम्म कहिल्यै देखिएको थिएन।हामी विश्वास गर्छौं कि यो  सहकार्यले वात्सल्य EWV का सशक्त कथाहरूलाई गाउँ-सहरका घर-घरमा र विश्वभर पुर्‍याउनेछ।यो  लिगलाई अन्तर्राष्ट्रिय बनाउने दिशामा एक महत्वपूर्ण कदम हो।"  १०० भन्दा बढी खेलाडी, प्रशिक्षक, खेलकर्मी, मिडिया र सेलिब्रेटीहरूको सहभागितासहित वात्सल्य EWV  एक लिग मात्रै होइन, एक अभियान बनेको छ।  नेपालभित्र र बाहिर दुवै ठाउँमा यसको Fanbase दिनप्रतिदिन बढ्दो छ। र अहिले टिकटकको साथमा,  यसको सफलता अझ सुनिश्चित देखिएको छ।  यो सहकार्य अन्तर्गत वात्सल्य EWV र TikTok मिलेर यी गतिविधिहरू तयार पार्नेछन् :  ●टिम र खेलाडीहरूको पर्दा पछाडिको भिडियो सामग्री (Behind-the-scenes content)  ●इन्ष्ट्राग्राम–टिकटक च्यालेन्ज (#EWVOnTikTok र #AbaPaloMahilako प्रयोग गरेर)  ●भलिबल स्टारहरूसँग कन्टेन्ट क्रिएटर सहकार्य  ●डिजिटल दर्शकहरूका लागि हाइलाइट भिडियो र लाइभ अपडेटहरू  ●स्टेडियममा टिकटक जोनहरू, जहाँ दर्शकहरूले आफैं भिडियो बनाउन सक्ने  वात्सल्य एभरेस्ट महिला भलिबल लिग एशियाकै पहिलो पेशेवर महिला भलिबल फ्रेन्चाइज लिग हो। ...

Read more
Page 1 of 82 1 2 82

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.