समाचार

सूचना विभागमा अनलाइन सञ्चार माध्यम दर्ता र नविकरण स्थगित, अब जिल्ला प्रशासन कार्यालयमा दर्ता र नविकरण गर्नु पर्ने

काठमाडौं । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ । विभागले सोमबार सूचना जारी...

Read more

पोखरा महानगरपालिकाद्वारा नगर ऊर्जा योजना सार्वजनिक

पोखरा, श्रावण २०   दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्वपूर्ण कदमस्वरूप, पोखरा महानगरपालिकाले आज आफ्नो प्रथम नगर ऊर्जा योजना (Municipal Energy Plan - MEP) औपचारिक रूपमा सार्वजनिक गरेको छ।  पाँच वर्षे अवधिको यस योजनाले पोखराको बढ्दो ऊर्जा आवश्यकतालाई सम्बोधन गर्दै ऊर्जा पहुँच विस्तार गर्ने, ऊर्जा दक्षता अभिवृद्धि तथा नवीकरणीय ऊर्जाको प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ, जसले नेपालको राष्ट्रिय ऊर्जा तथा जलवायु लक्ष्यमा योगदान पुर्‍याउनेछ।  पोखरा महानगरपालिकाका मेयर श्री धनराज आचार्यले महानगरपालिकामा आयोजित एक कार्यक्रमबीच उक्त योजना सार्वजनिक गर्नुभयो कार्यक्रममा वैकल्पिक उर्जा प्रवर्दन केन्द्र, काठमाण्डौंका उपकार्यकारी निर्देशक डा. नारायण प्रसाद अधिकारी, जिआईजेड नेपालका वरिष्ठ ऊर्जा विशेषज्ञ डा. नारायण प्रसाद चौलागाई, महानगरका पदाधिकारीहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।  ऊर्जा विकास उपसमितिद्वारा तयार गरिएको उक्त योजना GIZ नेपालको REEEPGREEN कार्यक्रमको प्राविधिक सहयोगमा नौ चरणमा आधारित समग्र प्रक्रियाबाट तयार गरिएको हो । योजना तयारीको क्रममा विभिन्न सरोकारवालासँग छलफल तथा परामर्श गरिएको थियो। यो योजना २०८१ फागुनमा पोखरा महानगरपालिकाबाट औपचारिक रूपमा अनुमोदन गरिएको छ कुल रु. १ अर्ब ३३ करोड ३० लाख ८२ हजार (रु १,३३३,०८२,०००) को अनुमानित लागत रहेको यस योजनाले "समृद्ध पोखराका लागि प्रभावकारी र दिगो ऊर्जा" को दीर्घकालीन परिकल्पना गरेको छ । योजनाले प्राथमिकताका रूपमा उर्जाका निम्न क्षेत्रहरूलाई पहिचान गरेको छ:  ∙घरायसी स्तरमा स्वच्छ, प्रभावकारी तथा नवीकरणीय ऊर्जा उत्पादन तथा उपयोगमा वृद्धी  ∙परम्परागत तथा आयातित इन्धनको सट्टा स्थानीय स्रोतमा आधारित नवीकरणीय ऊर्जा प्रवर्द्धन  ∙व्यापारिक तथा औद्योगिक क्षेत्रमा ऊर्जा दक्षताको अभिवृद्धि गर्दै हरितगृह ग्यास उत्सर्जनमा न्यूनीकरण  ∙नीतिगत पहल र शैक्षिक अभियानमार्फत जनचेतना अभिवृद्धि  कार्यक्रममा मन्तव्य व्यक्त गर्दै मेयर आचार्यले सबै सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै योजनाको प्रभावकारी कार्यान्वयन  गर्नेमा महानगरपालिकाको प्रतिबद्धता पुनः दोहोर्याउनु भयो। उहाँले पोखरालाई हरियाली र ऊर्जा–मैत्री शहर बनाउने यात्रामा यो  योजनाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो। साथै, तीनवटै सरकार (स्थानीय, प्रदेश र संघीय) बीच प्रभावकारी समन्वय  कायम गर्न सके यस्ता महत्वाकांक्षी योजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्न सकिने धारणा पनि उहाँले व्यक्त गर्नुभयो।  REEEP-GREEN परियोजनाबारे:  REEEP-GREEN कार्यक्रम युरोपेली संघ (EU) र जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (BMZ) को संयुक्त वित्तीय  सहयोगमा सञ्चालित कार्यक्रम हो। यो कार्यक्रम GIZ तथा यसका साझेदार संस्था ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय (MoEWRI) र  वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) सँगको सहकार्यमा कार्यान्वयन भइरहेको छ। कार्यक्रमले स्थानीय सरकारहरूसँग सहकार्य  गर्दै समावेशी, दिगो र लैंगिक उत्तरदायी ऊर्जा योजना तथा क्षमता विकासमा निरन्तर सहयोग पुर्‍याउँदै आएको छ। 

Read more

खानेपानी मन्त्रालय विकासे मन्त्रालय मध्येमा सबै भन्दा उत्कृष्ट : मन्त्री यादव

काठमाडौँ, २० साउन : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै खानेपानी मन्त्रालय विकासे मन्त्रालयहरु...

Read more

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरूमा विशेष छुट

काठमाडौँ / एनआईसी एशिया बैंकका ग्राहकहरूले नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रा.लि.– फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवाहरूमा विशेष छुट पाउने...

Read more

वादोरियो कराते टोली श्रीलंका जाने

काठमाडौं, साउन २०, पाँचौं खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय वादोरियो कराते टोली बुधबार श्रीलंकाको रत्नापुरा...

Read more

‘नाडा अटो शो २०२५’ : ३६ ब्रान्डका साथै, नयाँ प्रविधि र स्मार्ट मोबिलिटीको झलक हुने

काठमाडौं । नाडा अटो शो २०२५ आगामी भदौ तीन गतेदेखि सुरु हुने भएको छ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले...

Read more

पलेशा गोवर्धन र विजय सिन्जालीलाई हाम्रो खेलकुद वर्षको उत्कृष्ट खेलाडी अवार्ड प्राप्त

काठमाडौं (हाम्रो खेलकुद) – पलेशा गोवर्धन श्रेष्ठ र विजय सिन्जालीले हाम्रो खेलकुदको वर्षको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । हाम्रो...

Read more

बैंकिङ कसुर मुद्दा: दुर्गा प्रसाईं २५ लाख धरौटीमा रिहा

काठमाडौँ । विवादास्पद डिकल व्यवसायी दुर्गा प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। मुख्य...

Read more

‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिको प्रतिवेदन तयार

काठमाडौँ / सङ्घीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भनी उठाइएका विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन...

Read more

प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो, ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५

काठमाडौं, सिंगापुर, ३ अगस्ट २०२५ प्रिज्मा एड्भर्टाइजिङले ब्रान्डलरेट स्पेशल लिमिटेड एडिसन बेस्टब्रान्ड्स अवार्ड २०२५ जितेको छ ।प्रिज्माले ब्रान्ड इन्फ्लुएन्सर क्रिएटिभ...

Read more
Page 44 of 303 1 43 44 45 303

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.