
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
काठमाडौँ । हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका काभ्रेपलाञ्चोकका विजय तामाङलाई नेपाल मेडिकल कलेज(एनएमसी)का चिकित्सकले नयाँ जीवन दिएका छन् ।...
Read moreजावलाखेल, ललितपुरस्थित डिएभी सुसिल केडिया विश्व भारती स्कुलद्वारा आयोजित पहिलो संस्करणको “लेट सुसिल केडिया मेमोरियल स्पोर्ट्स गाला २०२५” आज सम्पन्न...
Read moreकाठमाडौं : नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दसैँ र तिहारजस्ता नेपालका ठूला पर्वलाई लक्षित गरेर नयाँ र रोचक क्याम्पेन ‘बजाज प्रिमियर लिग (BPL) सार्वजनिक गरेको छ । सबै नेपालीका लागि अब मोटरसाइकल भनेको केवल यातायातको साधन मात्र नभई जीवनशैली र पहिचानको प्रतीक बनिसकेको छ । त्यसैले नेपाली उपभोक्तालाई अझ नजिक ल्याउने प्रयास स्वरूप कम्पनीले यो रोमाञ्चक क्याम्पेन ‘बजाज प्रिमियर लिग (BPL) सुरु गरेको हो । यस क्याम्पेनको विशेषता के हो भने, हरेक नयाँ बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीमै जति धेरै रन, त्यति धेरै नगद पुरस्कार पाउनेछन् । साथै, नागरिकताको भरमा सहज फाइनान्सिङ्गमा पनि यो योजना लागु हुने कम्पनीले जनाएको छ । यस क्याम्पेनका मुख्य आकर्षणहरू : - जति धेरै रन, त्यति धेरै पुरस्कार - सातै प्रदेशबाट हरेक हप्तामा रु. ५०,००० नगद उपहार - Player of the Week बन्ने ग्राहकलाई रु= १ लाख नगद - चर्चित क्रिकेटरहरूसँग भेट्ने विशेष अवसर यसरी, बजाजको यस क्याम्पेनमा बजाज मोटरसाइकल खरिदकर्ताले नगद पुरस्कारको साथमा क्रिकेटसँग जोडिएका अनौठा अनुभवहरू पनि साट्न पाउनेछन् । यस क्याम्पेनको बारेमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भन्नुभयो, “नेपालमा बजाज मोटरसाइकललाई भरपर्दो र लोकप्रिय ब्रान्डको रूपमा स्थापित गर्दै आएको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले यस क्याम्पेनमार्फत ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ गहिरो बनाउन खोजेको छ । कम्पनीको विश्वास छ कि द्यएी ले बजाज मोटरसाइकल खरिदकर्तालाई र अरु सर्वसाधारणलाई समेत चाडपर्वको रमाइलो उत्सव र जितको नयाँ अनुभव पनि दिलाउने छ ।” त्यतिमात्रै होईन यस क्याम्पेनले मोवाइल गेमप्रेमीहरुलाई लक्षित गरेर मोवाइलमा क्रिकेट खेलेर पनि विभिन्न उपहारहरु जित्ने अवशर प्रदान गरेको छ । यस गेममा जति धेरै रन लिन सक्यो त्यतिनै धेरै उपहारहरु प्राप्त गर्न सकिने र जो सुकैले सजिलै खेल्न सक्ने कम्पनीले जनाएको छ ।
Read moreकाठमाडौं । भाद्र ११, नेपाल सरकारले संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागेको नीतिका विरुद्ध प्याब्सनले भोलि...
Read moreकाठमाडौं । सडकमा चल्ने हरेक सवारीसाधनले अब ‘इम्बोस्ड नम्बर प्लेट’ जडान नगरे जरिवाना तिर्नुपर्ने भन्ने प्रश्नले पछिल्लो समय सामाजिक सञ्जालदेखि...
Read moreकाठमाडौँ / नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र रिसोर्ट माउन्टेन भिस्टा रिट्रिट प्रा.लि.बिच सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारीहरू,...
Read moreकाठमाडौं। ‘मिस भिवा–२०२५’ को ग्रान्ड फाइनल भदौ ११ गते हुने भएको छ। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत यस सौन्दर्य प्रतियोगिताको...
Read moreकाठमाडौं । नेकपा एमालेले भदौ २० देखि २२ सम्म हुने दोस्रो विधान महाधिवेशनका लागि नाराको घोषणा गरेको छ। महाधिवेशनको नारा...
Read moreकाठमाडौं । भदौं १०, तेक्वान्दो खेलको विकास र विस्तारका साथै नव उदीयमान र प्रतिभाशाली खेलाडीहरुकोपहिचान र खोजी गरी आगामी दिनमा...
Read moreकाठमाडौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगंज नर्सिङ क्याम्पसले आइतबार तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । नर्सिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सात समूहबीच प्रतियोगिता भएको थियो । विशेष अतिथि साहित्यकार सम्पादक रमेश दाहालले उद्घाटन गरेको उक्त प्रतियोगिता समारोहको सभापतित्व क्याम्पस प्रमुख मुना राना थापाले गरेकी थिइन् । प्रतियोगिता समारोहका प्रमुख अतिथि इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा समाजसेवी कृष्ण कँडेल थिए भने निर्णायकहरूमा प्रा.डा. जीवेन्द्रदेव गिरी, संगीतकार तथा गायक कृष्ण गुरुङ, साहित्यकार पार्वती भट्ट थिए । प्रतियोगी सात समूहले प्रस्तुत गरेका तीज गीतहरू विशुद्ध नेपाली तीज गीतको भाकामा गाइएका थिए भने वर्तमान अवस्थामा नर्सहरूको कथाव्यथा पीडालगायतका गीतका शब्दहरूले उपस्थितहरू सबैको मन छोएको थियो । उनीहरूका गीतहरूमा नर्सिङ पेशा नभई सामाजिक सेवा भएको कारण नर्सहरूको कार्यलाई सम्मानपूर्वक हेरिनुपर्ने र उनीहरूको लागि सरकारले उचित व्यवस्था गर्न नसकेको भन्ने कुराहरूलाई व्यक्त गरिएको थियो । साथै तीजको दर खाँदा खानेकुराहरूमा ध्यान दिई आफ्नो स्वास्थ्यलाई ध्यान दिऔँ भन्ने सन्देशसहितका भावहरू गीतमा प्रस्तुत गरिएको थियो । प्रमुख अतिथिको मन्तव्यमा कृष्ण कँडेलले प्रस्तुत गीतहरू साँच्चै नै मार्मिक भएको र वर्तमान अवस्थामा पार्टी प्यालेसहरूमा ह्वीस्की बियरका साथमा डिस्को गीत तथा तीज गीतको नाममा छाडा प्रवृत्तिको गीतमा रमाउँदै तीज मनाउने महिलाहरूलाई समेत सन्देश दिएको बताएका थिए । तीज गीत प्रतियोगितामा प्रस्तुत गरिएका गीतहरुले आफूलाई ३० वर्षअघि फर्काएको अनुभव व्यक्त गरेका थिए भने प्रस्तुत प्रतियोगीहरूलाई इन्द्रेणी कार्यक्रममा सहभागी गराएर गीतका व्यथाहरू र सन्देशलाई सम्बन्धित निकायसम्म पुर्याउने कुरा व्यक्त गरेका थिए । ...
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.