Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, April 30, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने

Sambridinews by Sambridinews
बिहिबार, बैशाख १७, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल एड्भेन्चर रनिङ महासंघ (एनएआरएफ) को आयोजनामा चाँगुनारायण राष्ट्रिय ट्रेल रन यही वैशाख १९ गते हुने भएको छ ।
आयोजकले बुधबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त ट्रेल रनबारे जानकारी गराएको हो ।
राष्ट्रिय खेलकुद ऐन अनुसार हरेक वर्ष राष्ट्रिय प्रतियोगिता गर्नुपर्ने प्रावधान रहेकोले महासंघले यसपटक चाँगुनारायण राष्ट्रिय ट्रेल रन गर्न लागेको महासंघका उपाध्यक्ष राजन खत्रीले बताए ।
एडभेन्चर रनिङ्ग सम्बन्धी सहासिक तथा पर्यटकीय खेलहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद जगतमा लोकप्रिय बनाँदै यस खेलको विकास र प्रतिभावान खेलाडीहरु उत्पादन गर्ने उद्येश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको नेपाल एडभेन्चर रनिङ महासंघले जनाएको छ ।
महासंघको बार्षिक कार्यक्रम अनुसार यो चाँगुनारायण राष्ट्रिय ट्रेल रन आयोजना गर्न लागेको महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जानकारी दिए ।
चाँगुनारायण राष्ट्रिय ट्रेल रन खुल्ला ३६ किमी र यू२० जुनियरको लागि ७ किमी विधा समावेश गरिएको छ ।
खुल्लातर्फ महिला र पुरुषमा ३६ कि.मि. र २० वर्ष भन्दा मुनिका युवा महिला र पुरुष तर्फ ७ कि.मि.दौडमा प्रतिष्पर्धा हुनेछ उपाध्यक्ष खत्रीले जानकारी दिए । सुरुमा ३८ किमी दूरी तय भएपनि पछि परिमार्जन भएर ३६ किमी दूरी कायम भएको उनले जानकारी दिए । प्राविधिक टिमले निरिक्षण गरेर रुट तयार पारेको खत्रीले बताए ।
कच्ची, पक्की, उकालो, ओरालो बाटो, वनजंगल भित्रको हाईकिङ ट्रयाक रुटलाई समेटेर यस ट्रेल रनको रुट तयार गरिएको आयोजकले जनाएको छ ।
चाँगुनारायण राष्ट्रिय ट्रेल रन चाँगुनारायण मन्दिरबाट सुरु त्रिशुल डाँडा, तेलकोट, श्री पन्च महालक्ष्मी मन्दिर, कार्तिके भ्यु प्वाइन्ट, नगरकोट भ्यु टापर, मुहान पोखरी, पानी मुहान, पाइपलाइन रोड हुँदै चाँगुनारायण नगरपालिकामा आएर दौड सकिनेछ । यस्तै ७ किमी दौड भने चाँगुनारायण मन्दिरबाट सुरु भइ त्रिशुल डाँडा हुँदै चाँगुनारायण नगरपालिका पुगेर सकिनेछ ।

महासंघका उपाध्यक्ष खत्रीका अनुसार यस प्रतियोगितामा २५० भन्दा बढी खेलाडीहरुले सहभागिता जनाउनेछन् ।
खुल्ला ३६ कि.मि. महिला तथा पुरुष दौड तर्फ पहिलो हुनेले १ लाख पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन् । यसैगरी चौथोले २५ हजार, पाँचौले १० हजार र छैठौ देखि दशौ स्थानमा दौड सकाउनेल जनही ३ हजारका दरले नगद पुरस्कार प्रदान गरिने बयोजकले जनाएको छ ।
२० वर्ष भन्दा मुनिको ७ कि.मि.युवा महिला तथा पुरुष दौड तर्फ पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार प्राप्त गर्नेछन् । यसैगरी चौथोले ५ हजार, पाँचौले ३ हजार तथा छैठौँ देखि दशौ स्थानसम्म रहनेलाई जनही १ हजारका दरले नगद पुरस्कार प्रदान गरिनेछ ।
पुरस्कार रकममा नेपाल सरकारको आर्थिक नियमानुसार १५ प्रतिशत कर कटृी गरेर खेलाडीलाई प्रदान गरिने महासंघ उपाध्यक्ष राजन खत्रीले जानकारी दिए ।
पहिलो पटक आयोजना हुन लागेको चाँगुनारायण राष्ट्रिय ट्रेल रन प्रतियोगितालाई पर्यटन तथा संस्कृती मन्त्रालय बागमती प्रदेश, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद बिकास परिषद बागमती, चाँगुनारायण नगरपालिका, भक्तपुर जिल्ला खेलकुद विकास समिति, टोयोटा कम्पनी, १४ पिक्स आउटडोर लगायतले सहयोग गरेको खत्रीले बताए ।
प्रतियोगिताको अनुमानित बजेट २८ लाख ११ हजार रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको संयोजकमा महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्री छन् ।
महासंघका उपाध्यक्ष राजन खत्रीले ट्रेल रनको नेपालमा धेरै सम्भावना रहेको सरकारले पनि प्राथमिकता दिएकोले निश्चित योजना बनाएर यो खेललाई अङि बढाउने खत्रीले बताए ।
‘नयाँ सरकारले पनि अल्ट्रा/ट्रेल रन लगायत साहसिक खेलकुदलाई प्राथमिकता दिएको छ । अब महासंघले पनि हरेक वर्ष निश्चित राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने योजना छ।
यो खेलमा धेरै सम्भावना भए पनि धेरै काम गर्न बाँकी छ ।’
यस्तै महासंघले अबदेखि हरेक वर्ष अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने योजना समेत बनाएको खत्रीले जानकारी दिए । ‘ अब हामी एउटा अन्तर्राष्ट्रिय अल्ट्रा रेस हरेक वर्ष गर्ने हाम्रो योजना छ । अर्को तर्फ नेपालमा बर्सेनि हुने २५-३० वटा रेसहरु छन् । त्यसमा केही रेसले हामीसँग सहकार्य गरेको छ । नेपाल पर्यटन बोर्डले पनि तीन रेस आयोजकसँग गोष्टी गरेर छलफल गर्ने र कसरी अघि बढ्ने भनेर योजना भईरहेको छ ।’

You might also like

पोखरामा पहिलो पटक महिला गोल्डक, ४ टिम सहभागि

एनआईसी एशिया बैंकको ग्राहकलाई अनुरोध : खातामा प्यान र ईमेल अद्यावधिक गर्नु

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुल्ला

Related

Previous Post

पोखरामा पहिलो पटक महिला गोल्डक, ४ टिम सहभागि

Sambridinews

Sambridinews

Related Posts

पोखरामा पहिलो पटक महिला गोल्डक, ४ टिम सहभागि
TOP STORIES

पोखरामा पहिलो पटक महिला गोल्डक, ४ टिम सहभागि

by Sambridinews
बुधबार, बैशाख १६, २०८३
एनआईसी एशिया बैंकको ग्राहकलाई अनुरोध : खातामा प्यान र ईमेल अद्यावधिक गर्नु
TOP STORIES

एनआईसी एशिया बैंकको ग्राहकलाई अनुरोध : खातामा प्यान र ईमेल अद्यावधिक गर्नु

by Sambridinews
बुधबार, बैशाख १६, २०८३
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुल्ला
TOP STORIES

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुल्ला

by Sambridinews
बुधबार, बैशाख १६, २०८३
रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह
FEATURED

नाडाले शेखर गोल्छामाथिको छानबिनप्रति आपत्ति : “अनुचित दबाबले लगानी वातावरण कमजोर हुन्छ”

by Sambridinews
बुधबार, बैशाख १६, २०८३
किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम
TOP STORIES

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

by Sambridinews
बुधबार, बैशाख १६, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेता भुसालद्वारा एमाले परित्याग : रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी

स्वास्थ्यम समस्या देखिएपछि एकीकृत समाजवादीका नेता घनश्याम भूसाल अस्पताल भर्ना

शुक्रबार, माघ २०, २०७९
रेड्मी नोट १३: १०८ मेगापिक्सेलको बजेट किंग

रेड्मी नोट १३: १०८ मेगापिक्सेलको बजेट किंग

शनिबार, जेष्ठ १२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
TOP STORIES

चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने

बिहिबार, बैशाख १७, २०८३
पोखरामा पहिलो पटक महिला गोल्डक, ४ टिम सहभागि
TOP STORIES

पोखरामा पहिलो पटक महिला गोल्डक, ४ टिम सहभागि

बुधबार, बैशाख १६, २०८३
एनआईसी एशिया बैंकको ग्राहकलाई अनुरोध : खातामा प्यान र ईमेल अद्यावधिक गर्नु
TOP STORIES

एनआईसी एशिया बैंकको ग्राहकलाई अनुरोध : खातामा प्यान र ईमेल अद्यावधिक गर्नु

बुधबार, बैशाख १६, २०८३
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुल्ला
TOP STORIES

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुल्ला

बुधबार, बैशाख १६, २०८३
रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह
FEATURED

नाडाले शेखर गोल्छामाथिको छानबिनप्रति आपत्ति : “अनुचित दबाबले लगानी वातावरण कमजोर हुन्छ”

बुधबार, बैशाख १६, २०८३
किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम
TOP STORIES

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

बुधबार, बैशाख १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In