
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
काठमाडौं, चैत ३ — ललितपुरको प्रयागपोखरीस्थित नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा “संरक्षण जीवविज्ञान तथा विश्व स्वास्थ्य: मानव–पर्यावरण अन्तरसम्बन्ध” विषयक सातौँ वार्षिक फिल्ड कोर्स सोमबारबाट सुरु भएको छ। उक्त कार्यक्रममा नेपालभरका विद्यार्थी, अनुसन्धानकर्ता तथा संरक्षण क्षेत्रमा कार्यरत पेशाकर्मीहरूको सहभागिता रहेको छ। कार्यक्रमको उद्घाटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदप्रसाद ढकालले गरेका हुन्। उद्घाटन सत्रको अध्यक्षता नेपाल इन्जिनियरिङ कलेजको सेन्टर फर प्रोफेशनल स्टडिजका निर्देशक रोबर्ट डंगोलले गरेका थिए। कार्यक्रममा अमेरिकास्थित युनिभर्सिटी अफ वासिङ्टनका प्राध्यापक डा. र्यान्डल सी. काइज तथा प्राध्यापक म्याथ्यू नोभाक विशेष अतिथिका रूपमा सहभागी थिए। उद्घाटन समारोहमा परम्परागत पानसमा बत्ती बालेर पाँच दिने कोर्सको औपचारिक सुरुवात गरिएको थियोकार्यक्रमको संयोजन तथा सञ्चालन नेपाल इन्जिनियरिङ कलेजका एमएस्सी नेचुरल रिसोर्स म्यानेजमेन्ट कार्यक्रमका संयोजक डा. नारायणप्रसाद कोजुले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले प्राकृतिक स्रोतको दिगो उपयोग र संरक्षणमा युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा अध्ययन अनुसन्धान गर्न प्रोत्साहन दिँदै आएको उल्लेख गरे। वैज्ञानिक अनुसन्धानमार्फत युवा अनुसन्धानकर्ताहरूले देशको जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा उनले व्यक्त गरे। विशेष अतिथि डा. र्यान्डल काइजले नेपाली विद्यार्थी तथा अनुसन्धानकर्तासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए। उनले संरक्षणसम्बन्धी अनुसन्धानमा नेपाली नयाँ पुस्ताले देखाएको उत्साह र प्रतिबद्धताको प्रशंसा गर्दै भविष्यमा अन्तर्राष्ट्रिय सहकार्य अझ मजबुत बनाउने आवश्यकता औंल्याए। त्यसैगरी प्रा. म्याथ्यू नोभाकले नेपाली विद्यार्थी तथा संस्थासँग दीर्घकालीन शैक्षिक तथा अनुसन्धान सहकार्य विस्तार गर्ने आफ्नो रुचि रहेको बताए। नेपालमा उपस्थित भएर संरक्षण जीवविज्ञान र विश्व स्वास्थ्यका क्षेत्रमा उदाउँदै गरेका अनुसन्धानकर्तासँग नजिकबाट काम गर्न पाउँदा आफू उत्साहित रहेको उनले बताए। कार्यक्रमका अध्यक्ष रोबर्ट डंगोलले नेपाल इन्जिनियरिङ कलेजले विगत सात वर्षदेखि वन्यजन्तु, प्राकृतिक स्रोत व्यवस्थापन तथा जैविक विविधता अध्ययनका विद्यार्थीहरूका लागि यस प्रकारको फिल्ड कोर्समार्फत व्यावहारिक अध्ययनको अवसर उपलब्ध गराउँदै आएको बताए। सहभागीहरूले यस अवसरलाई ज्ञान अभिवृद्धि गर्न उपयोग गर्दै दिगो विकास तथा जैविक विविधता संरक्षणमा योगदान पुर्याउनुपर्ने उनले आग्रह गरे। आयोजकका अनुसार नेपालका सात विभिन्न संस्थाबाट कुल २० जना सहभागीहरूले उक्त कोर्समा भाग लिइरहेका छन्। नेपाल इन्जिनियरिङ कलेज र युनिभर्सिटी अफ वासिङ्टनले संयुक्त रूपमा सेन्टर फर ग्लोबल फिल्ड स्टडी (CGFS) तथा वासिङ्टन नेशनल बायोमेडिकल रिसर्च सेन्टरमार्फत कार्यक्रम सञ्चालन गरेका हुन्। चैत 2 देखि वैशाख 6 सम्म सञ्चालन हुने उक्त कोर्समा संरक्षण जीवविज्ञान, वन्यजन्तु अनुसन्धान विधि, विश्व स्वास्थ्यसम्बन्धी मुद्दा तथा मानव–पर्यावरण अन्तरसम्बन्धका विषयमा केन्द्रित कार्यक्रमहरू समावेश गरिएको आयोजकले जनाएका छन्तालिममार्फत सहभागीहरूलाई व्यवहारिक फिल्ड अनुसन्धान अनुभव प्रदान गर्दै जैविक विविधता संरक्षण तथा वातावरण र मानव स्वास्थ्यबीचको सम्बन्धबारे गहिरो समझ विकसित गराउने लक्ष्य राखिएको छ।
Read moreकाठमाडौँ / सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी वर्ष २०८३ सालका लागि तयार पारिएको क्यालेन्डर एक विशेष समारोहबीच लोकार्पण गरेको...
Read moreकाठमाडौं, चैत २, नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपतिले ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामा दोहोरो स्वर्ण जितेका छन् । जर्मनीको रेजेन्सवर्गमा भएको...
Read moreकाठमाडौं। चितवनको भरतपुरमा पहिलो औषधि उद्योगका रूपमा स्थापित कस्तुरी फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ।...
Read moreकाठमाडौँ । गैरआवासीय नेपाली संघ .एनआरएनए) को १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनले डा. हेमराज शर्माको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको छ...
Read moreकाठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिका कारण...
Read moreकाठमाडौं : कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम हो ।...
Read moreकाठमाडौं, ३० फागुन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ।...
Read moreकाठमाडौं । फागुन ३०, चेस बोर्डमा ४३ वर्षयता नियमित चुनौती दिइरहेका नवाीन तन्डुकरलाई हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ...
Read moreकाठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा रहेका १५० भन्दा धेरै विद्यार्थीहरुलाई...
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.