अर्थ

भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै, १ हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर

  काठमाडौं । नेपालमा अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामानहरू बिक्री गर्दै आएको मोबाइलमान्डु अब अफलाइन बजारमा पनि प्रवेश गर्ने तयारी गरेको छ। कम्पनीले आफ्नो पहिलो भौतिक स्टोर काठमाडौंको तीनकुनेमा वैशाख २१ गते भव्य उद्घाटन गर्दैछ ।   हालसम्म देशभर अनलाइन सेवा प्रदान गर्दै आएको मोबाइलमान्डुले ग्राहकलाई प्रत्यक्ष रूपमा उत्पादन अनुभव गराउने उद्देश्यले फिजिकल आउटलेट सुरु गर्न लागेको हो। कम्पनीका अनुसार यो कदम ‘टेक अनुभवलाई नजिक ल्याउने’ रणनीतिअन्तर्गत उठाइएको हो।  उद्घाटनलाई विशेष बनाउन विभिन्न अफरहरू सार्वजनिक गरिएको छ कार्यक्रममा ब्ल्याक शार्क गेमिङ ट्याबलेट सार्वजनिक गरिनेछ भने गेमिङ एक्सेसोरीहरूमा ४० प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ।  त्यसैगरी, बालबालिकासम्बन्धी उत्पादनहरूमा ५० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले निःशुल्क उपहार प्राप्त गर्नेछन् भने पुरानो फोन साटेर नयाँ लिन सकिने एक्सचेन्ज सुविधा पनि रहनेछ। ग्राहक सहभागिता बढाउन ‘स्पिन द ह्वील’ अफर ल्याइएको छ, जसअन्तर्गत २५०० रुपैयाँभन्दा माथिको खरिदमा विभिन्न उपहार जित्ने अवसर हुनेछ। साथै, आउटलेटभित्र फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने ग्राहकहरूले १० हजार रुपैयाँसम्मका उत्पादन जित्न सक्नेछन्उद्घाटनकै दिन विशेष अफरअन्तर्गत इयरबड्स तथा इयरक्लिप्स ५०० रुपैयाँमै उपलब्ध गराइने कम्पनीले जनाएको छ।  मोबाइलमान्डुले आगामी दिनमा अफलाइन विस्तारलाई थप सशक्त बनाउने लक्ष्य राखेको छकम्पनीका अनुसार उद्घाटनसँग सम्बन्धित अफरहरू वैशाख २१ देखि २७ गतेसम्म लागू रहनेछन्। 

Read more

उद्योग वाणिज्य महासंघको निर्वाचनको सम्पूर्ण तयारी पुरा

काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभा तथा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।  वैशाख २१ र २२...

Read more

राजनीतिक स्थिरता र डिजिटल रूपान्तरणले आर्थिक विकासको नयाँ सम्भावना खोल्छ : दीपक मल्होत्रा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मल्होत्राले मुलुकमा देखिएको राजनीतिक स्थिरता र तीव्र गतिमा अघि बढिरहेको डिजिटल...

Read more

पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन सम्पन्न

काठमाडौं, वैशाख १७ ,पाँचौं राष्ट्रिय लेखा व्यवसायी सम्मेलन बिहीवार काठमाडौंमा सम्पन्न भएको छ । नेपाल चार्टर्डएकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आयोजना...

Read more

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका...

Read more

एनआईसी एशिया बैंकको ग्राहकलाई अनुरोध : खातामा प्यान र ईमेल अद्यावधिक गर्नु

काठमाडौँ / एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको...

Read more

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा सर्वसाधारणका लागि आवेदन खुल्ला

काठमाडौँ / याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (वैशाख १६ गते)देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्काशन तथा बिक्री खुला गरेको छ।  कम्पनीले...

Read more

नाडाले शेखर गोल्छामाथिको छानबिनप्रति आपत्ति : “अनुचित दबाबले लगानी वातावरण कमजोर हुन्छ”

काठमाडौँ — नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले आफ्ना पूर्व अध्यक्ष शेखर गोल्छा माथि भइरहेको छानबिन र कारबाही प्रक्रियाप्रति...

Read more

नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान

चालु आर्थिक वर्ष २०८२ /८३ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क...

Read more

आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड

आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड काठमाडौं, नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक...

Read more
Page 5 of 151 1 4 5 6 151

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.