
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
काठमाडौं । एचआर टेक कम्पनी ट्यालेन्ट कनेक्ट्सले आफ्नो नयाँ ‘एचआर सफ्टवेयर’ सार्वजनिक गरेको छ। एप्लिकेन्ट ट्रयाकिङ सिस्टम (एटीएस) को सफल कार्यान्वयनपछि कम्पनीले पेरोल, परफर्मेन्स म्यानेजमेन्ट र एचआर अटोमेसन समेटिएको पूर्ण एचआर समाधान बजारमा ल्याएको हो। कम्पनीले दुई वर्षअघि नेपालमै पहिलोपटक लिंक्डइन एकीकृत एटीएस प्रणाली सार्वजनिक गरेको थियो, जसले धेरै संस्थाको मन जितेको थियो। एटीएस प्रयोग गरिरहेका कम्पनीहरूले पेरोल र परफर्मेन्स ट्रयाकिङको माग गरेपछि नयाँ एचआर सफ्टवेयर विकास गरिएको ट्यालेन्ट कनेक्ट्सका प्रबन्ध निर्देशक दिवस थापाले जानकारी दिए। उनका अनुसार एटीएसको सफलतापछि करिब ६ महिनाको विकास प्रक्रियापछि प्रडक्ट लाइभ गरिएको हो। हाल बजारमा उपलब्ध धेरै एचआर सफ्टवेयरमा फिक्स्ड मोड्युल मात्र हुने र कस्टमाइजेसनको सुविधा सीमित रहने समस्या रहेको कम्पनीको भनाइ छ। तर ट्यालेन्ट कनेक्ट्सको एचआर सफ्टवेयर भने देशको कानुनी व्यवस्था र कम्पनीको आन्तरिक नीति अनुसार कस्टमाइज गर्न सकिनेछ। केपीआई सेट गरेर कर्मचारीको कार्यसम्पादन (परफर्मेन्स) ट्रयाकिङ गर्न सकिने सुविधा पनि यसमा समावेश गरिएको छ। यस सफ्टवेयरको मुख्य विशेषता मल्टी कन्ट्री र मल्टी करेन्सी सपोर्ट हो। नेपाल बाहिर सेवा विस्तार गर्न खोजिरहेका कम्पनी वा बहुराष्ट्रिय कम्पनीहरूका लागि यो समाधान उपयोगी हुने कम्पनीको दाबी छ। सार्वजनिक भएको अवसरमा कम्पनीले २० प्रतिशत छुटको अफर पनि ल्याएको छ। ट्यालेन्ट कनेक्ट्स नेपालसहित अमेरिकामा सञ्चालनमा छ। कम्पनीका सफ्टवेयर र कन्सल्टिङ सेवा नेपाल, अमेरिका, क्यानडा, भारत, बेलायत र बंगलादेशका ३०० भन्दा बढी संस्थाले प्रयोग गरिरहेका छन्। कम्पनीले पहिलो ...
Read moreनेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ । भारतको राजधानी नयाँ...
Read moreकाठमाडौं । नेपाल चेम्बर अफ कमर्स र राष्ट्रिय तथ्याङ्क कार्यालयको संयुक्त आयोजनामा राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा उद्योगी–व्यवसायीसँग अन्तरक्रिया...
Read moreकाठमाडौँ / ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३’को पुरस्कार वितरण कार्यक्रम फागुन १ गते सम्पन्न भएको छ । महालक्ष्मी विकास...
Read more३ फागुन, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य...
Read moreकाठमाडौँ । बजाज नेपालले अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० सार्वजनिक गरेके छ। फागुन १ गते बाइकर्स क्याफेमा राइडरहरू, इन्फ्लुएन्सरहरू, सञ्चारकर्मीहरू...
Read moreकाठमाडौं । जिल्ला होटल व्यवसायी संघ काठमाडौं को सातौं वार्षिक साधारण सभा तथा वार्षिक उत्सव २०८२ फाल्गुण २ गते (१४...
Read moreकाठमाडौं । एनआईसी एशिया बैंकले ग्राहक महानुभावहरूको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि रू. १० करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरुप...
Read moreकाठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण...
Read moreकाठमाडौं ,सातै प्रदेशलाई समेटेर ‘भर्चुअल डिजिटल लिडरसीप डायलग’ आयोजना हुने भएको छआइसिटी फाउन्डेसन नेपालले उम्मेदवार मेला अन्तर्गत फागुनको पहिलो र दोस्रो साता उक्त भर्चुअल संवाद कार्यक्रम सञ्चालन गर्न लागेको हो। भर्चुअल डिजिटल लिडरसीप डायलगमा डिजिटल प्रविधि, डिजिटल नेतृत्व (लिडरसीप) तथा नीतिगत विषयमा विस्तृत छलफल गरिने आयोजकले जनाएको छ। साथै, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा राजनीतिक दल र उम्मेदवारहरूले आफ्ना घोषणापत्रमा समेटेका सूचना तथा सञ्चार प्रविधि (आइसिटी) सम्बन्धी एजेन्डा, विद्यमान चुनौती तथा सम्भावित प्रभावमाथि समेत बहस हुनेछ। कार्यक्रमअन्तर्गत कम्तीमा सातवटा भर्चुअल सेसन सञ्चालन हुनेछन्। ती सेसनहरूमा सातै प्रदेशका निर्वाचन उम्मेदवार, राजनीतिक नेतृत्व, युवा तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहनेछ। प्रत्येक सेसनमा उम्मेदवार र राजनीतिक नेतृत्वसँग प्रत्यक्ष संवाद तथा प्रश्न–उत्तर सत्रसमेत आयोजना गरिनेछ। भर्चुअल संवादमा सहभागी हुन इच्छुकले अनलाइन फाराम भर्नुपर्ने आयोजकले जनाएको छ फाराम भर्नका लागि https://lnk.ua/B4O9dKyVG लिंकमार्फत दर्ता गर्न सकिनेछ। कार्यक्रममा सातै प्रदेशका राजनीतिक नेतृत्व, उम्मेदवार, युवा, नागरिक समाज, सञ्चारमाध्यम, महिला, सीमान्तकृत समुदाय तथा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहनेछ। भर्चुअल संवादमार्फत निर्वाचन प्रक्रियामा नागरिकको सक्रिय सहभागिता, समावेशिता र पारदर्शिता प्रवर्द्धन गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ। यसअघि उम्मेदवार मेला अन्तर्गत ललितपुरको पुल्चोकस्थित द प्लाजामा भौतिक रूपमा डिजिटल लिडरसीप डायलग सम्पन्न भइसकेको छ। उक्त कार्यक्रममा फोकस ग्रुप डिस्कसन, किनोट प्रस्तुति तथा राजनीतिक नेतृत्व र उम्मेदवारसँग डिजिटल नेतृत्व र नीतिसम्बन्धी छलफल गरिएको थियो। प्यानल संवादमा बोल्ने विभिन्न दलका प्रतिनिधिहरूले प्रविधिमैत्री नेतृत्व र व्यवहारिक नीति निर्माण गर्दै डिजिटल रूपान्तरणमा प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.