
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
काठमाडौं, २९ मंसिर : नेपालकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘लाखौँ लाख शुभकामना’ नामक आकर्षक बम्पर योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत वैदेशिक रोजगारी तथा अन्य प्रयोजनका लागि विदेशबाट ईसेवा प्रयोग गरी रेमिट्यान्स पठाउने ग्राहकहरूले नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् । कम्पनीका अनुसार हरेक हप्ता चार जना सहभागीले अधिकतम २६ हजार रुपैयाँसम्म पुरस्कार जित्न सक्नेछन् भने बम्परतर्फ एक जना भाग्यशाली विजेताले २ लाख २ हजार ६ सय रुपैयाँ प्राप्त गर्नेछन् । यस योजनाबारे जानकारी दिँदै ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भन्नुभयो, “अंग्रेजी नयाँ वर्ष २०२६ लाई लक्षित गरी यो योजना ल्याएका हौं, जसमा रेमिट्यान्स पठाउने प्रयोगकर्ताहरू सहभागी भई आकर्षक नगद पुरस्कारहरु जित्न सक्नेछन् । यस अवसरमा हामी सम्पूर्ण प्रयोगकर्तालाई सुख, शान्ति र समृद्धिको कामना सहित नयाँ वर्ष २०२६ को हार्दिक शुभकामना पनि व्यक्त गर्दछौं ।” यो योजना अमेरिका, बेलायत, क्यानडा, साउथ कोरिया, जापान, रोमानिया, मलेसिया, यूएई, साउदी अरेबिया लगायत विश्वका विभिन्न देशबाट ई–सेवा प्रयोग गरी रेमिट्यान्स पठाउने प्रयोगकर्ताहरूका लागि लागू हुने कम्पनीले उल्लेख छ । कम्पनीका अनुसार विजेताहरूको छनोट ‘लकी ड्र’ प्रणालीमार्फत गरिनेछ ।
Read moreमंसिर२६ ,काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आफ्नो सत्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। मंसिर २६ गते शुक्रबार काठमाडौंमा...
Read moreकाठमाडी । भिभोले आफ्नो नवीनतम कयागशिप स्मार्टफोन भिभी एक्स३०० प्रो नेपाली बजारमा नाधिकारिक रुपमा सार्वजनिक गरेको छ। व्यावसायिक मोबाइल फोटोग्राफीलाई...
Read moreकाठमाडौं, मंसिर २६ : ग्लोबल टेक जाएन्ट जेडटिई आफ्ना २ नयाँ स्मार्टफोनहरु नेपाली बजारमा ल्याउने तयारीमा छकम्पनीले छिट्टै नुबिया भी ८० डिजाइन र नुबिया एयर मोडलका स्मार्टफोनहरु नेपाली बजारमा प्रस्तुत गर्न लागेको हो। यी दुबै स्मार्टफोनहरुमा आकर्षक डिजाइन, स्मार्ट एआई सिस्टम, र दिगो इन्जिनियरिङ हुनुको साथै प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। जेडटिई नुबिया एयर पर्फर्मेन्स केन्द्रित स्मार्टफोन हो जसको प्रिमियम डिस्प्ले र मजबुत बनोट बजारमैत्री मूल्यमा आउने भएको छ। यसमा ६.७८ इन्चको एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेश रेट, ४,५०० निट्स पीक ब्राइटनेस, र १२२४ × २७२० रिजोल्युसन रहेको छ। ६ नानोमिटर युनीसक T8300 चिपसेट द्वारा सञ्चालित यस स्मार्टफोनमा ८ जीबी RAM, २५६ जीबी स्टोरेज, र एन्ड्रोइड १५ रहेको छ। हल्का तर बलियो यो फोनको नाप १६४.२ x ७६.६ x ६.७ मिमि, तौल १७२ ग्राम, र IP68/IP69K धुलो तथा पानी प्रतिरोध गर्ने क्षमता रहेको छ। त्यसैगरी, नुबिया भी ८० डिजाईनमा ६.७५ इन्चको एफएचडी+ एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेश रेट, ५० एमपीको एआई प्राइमरी क्यामरा, १६ एमपीको सेल्फी क्यामेरा, र रियल टाईम ट्रान्सलेसन , एआई राईटिङ, तथा ठगी पहिचानका लागि डेडिकेटेड रातो एआई बटन रहेको छ। नुबिया लिंकफ्रीले लोकल कनेक्टिभिटी सहज बनाउँछ। एन्ड्रोइड १६ मा आधारित माई ओएस १६ मा चल्ने यस फोनमा युनिसक T7280 चिपसेट, ८ जीबिको र्याम, २५६ जीबि स्टोरेज, र ५००० एमएएच्को ब्याट्री २२.५ वाटको चार्जिङसँग उपलब्ध छ ।
Read moreकाठमाडौं । २५ मंसिर,साहस ऊर्जा लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा सम्पन्न गर्दै २२.११ प्रतिशत लाभांश प्रस्ताव अनुमोदन गरेको छ।...
Read moreकामाडौं । मंसिर २५, माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा स्मार्ट दरबार शंखपार्क, काठमाडौंमा एक भब्य समारोहबिच सम्पन्न भएको...
Read moreकामाडौं । मंसिर २५, ङादी ग्रुप पावर लिमिटेडको बाह्रौं वार्षिक साधारण स्मार्ट दरबार शंखपार्क, काठमाडौंमा एक भब्य समारोहबिच सम्पन्न भएको...
Read moreनेपाल र भियतनामबीच दौत्य सम्बन्ध स्थापनाको ५० बर्ष पुगेको अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध बिस्तार गर्ने विषयमा...
Read moreकाठमाडौँ । नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम सञ्चालनका लागि नवीकरण सम्झौता भएको छ ।...
Read moreकाठमाडौँ / रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा आगामी पुस ३ गतेदेखि १७ गतेसम्म ‘१६औँ...
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.