Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अग्रज खेलपत्रकार बोगटी र युवा पत्रकार सुबेदी सम्मानित

Sambridinews by Sambridinews
बुधबार, भदौ २७, २०८०
in FEATURED, TOP STORIES, खेलकुद, समाचार
0
अग्रज खेलपत्रकार बोगटी र युवा पत्रकार सुबेदी सम्मानित
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

काठमाडौं, भदौ २७, नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एनएसजेएफ पत्रकारिता अवार्डबाट मुकुन्द बोगटी र सुमन बम्जन युवा पत्रकारिताबाट रमेश सुबेदीलाई सम्मान गरेको छ ।
मञ्चको २८ औं स्थापना दिवसको अवसरमा बुधबार नक्सालस्थित होटल क्राउन प्लाजामा एक कार्यक्रम आयोजना गर्दै अग्रज खेलपत्रकार बोगटी र युवा खेलपत्रकार सुबेदीलाई सम्मानित गरिएको हो । मञ्चले आफ्नो स्थापना दिवसको अवसरमा २०७१ सालदेखि अग्रज र २०७६ सालदेखि युवा खेलपत्रकारलाई सम्मान गर्दै आएको छ । सोहीअनरुप मञ्चले स्थापना दिवसको अवसरमा बुधबार मञ्चका संस्थापक कोषाध्यक्ष समेत रहेका बोगटीलाई नगद २५ हजार र युवा पत्रकार सुबेदीलाई एउटा ल्यापटप, पुष्पगुच्छा र दोसल्ला ओडाएर सम्मान गरेको हो ।
उनीहरुलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, अखिल नेपाल फुटबल संघ(एन्फा) का महासचिव किरण राई र मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीलगायतले सम्मान गरेका थिए । अवार्डबाट सम्मानित बोगटीले अग्रजको योगदान स्मरण गर्दै मञ्चले गरेको सम्मानप्रति आभार प्रकट गरे । साथै उनले आजभन्दा २८ वर्ष अगाडि आफू १९ वर्षको उमेर हुँदा खेलकुद पत्रकार मञ्चको स्थापना गरिएको स्मरण गर्दै अहिले मञ्चको वृद्धि विकासप्रति पनि खुसी व्यक्त गरे ।
सुमन बम्जन युवा पत्रकारिता अवार्डबाट सम्मानित सुबेदीले फुटबलको समर्थकका रुपमा खेलकुदमा प्रवेश गर्दै मञ्चकै प्रोत्साहनबाट खेल पत्रकारिता सुरु गरेको उल्लेख गर्दै यो अवार्ड लिन योग्य बनाएकोमा मञ्च परिवारलाई धन्यवाद दिए । अहिलेसम्म एनएसजेएफ पत्रकारिता अवार्डबाट १० जना र सुमन बम्जन युवा पत्रकारिताबाट पाँच जना सम्मानित भइसकेका छन् । सो अवसरमा एन्फाका महासचिव किरण राईले खेलकुदप्रतिको लगावका कारण खेलकुद पत्रकारितामा कलम चलाउँदै आएका खेलकुद पत्रकार पनि नेपाली खेलकुदकर्मी नै रहेको उल्लेख गर्दै नेपाली खेलकुदको विकासमा खेलकुद पत्रकारको भूमिका पनि महत्वपूर्ण हुने धारणा राखे ।
एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले अनुज र अग्रजलाई मञ्चले गर्दै आएको सम्मान राम्रो संस्कारको विकास सुरु गरेको धारणा राखे । साथै उनले यो सम्मानले पुस्तान्तरण काम पनि गर्ने विश्वास व्यक्त गरे । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले खेलाडी र प्रशिक्षकका लागि नै मञ्चले निकै लोकप्रिय अवार्ड आयोजना गर्दै आएको स्मरण गर्दै पत्रकारिता सम्मानले पनि खेलकुद विकासमा पत्रकारलाई प्रोत्साहित गर्ने बताए । सम्मानित पत्रकारलाई बधाई दिँदै आगामी पत्रकारिताको यात्रा सशक्त बनाउन शुभकामना व्यक्त गरेका थिए ।
मञ्चले आफ्नो स्थापना दिवसका अवसरमा मंगलबार आन्तरिक फुटसल प्रतियोगिता पनि आयोजना गरेको थियो । उक्त प्रतियोगिताको विजेता र उपविजेतालाई राखेप सदस्यसचिव घिसिङले ट्रफी प्रदान गरेका थिए ।

Related

Previous Post

क्विक्स–ग्रिनल्यान्ड बास्केटबलमा ६८ टिम

Next Post

नेम्वाङको शवयात्रापछि ११ बजे राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
नेम्वाङको शवयात्रापछि ११ बजे राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

नेम्वाङको शवयात्रापछि ११ बजे राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आज सोनाम ल्होसार ; ल्हाेसारका अवसरमा  राष्ट्रपति लगायतकाे शुभकामना

आज किराँत राई समुदायले चण्डी पूर्णिमा मनाउदै

बिहिबार, जेष्ठ १०, २०८१

सिरहाको गोलबजारमा एक जना महिलाको हत्या

शनिबार, फाल्गुन २६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In