Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

उपत्यकामा मेलम्चीको पानी वितरण अनिश्चित

Sambridinews by Sambridinews
बिहिबार, भदौ ७, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
उपत्यकामा मेलम्चीको पानी वितरण अनिश्चित

file photo

585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । भादौ ७, मेलम्चीको पानी उपत्यकामा वितरण अनिश्चित भएको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्समा अविरल वर्षाका कारण माटोको लेदो र गेग्रान थुप्रिएपछि काठमाडौं उपत्यकामा पानी वितरण अनिश्चित बनेको हो ।

मेलम्ची खानेपानी विकास समितिका अनुसार दुई वर्ष अघिको बाढीपहिरोकै क्षेत्रबाट बगेको माटो, ढुंगा र लेदो माटोले हेडवर्क्स पुरिएको छ । पूर्ण रुपमा वर्षा नथामिएसम्म मर्मत गर्न नसक्ने अवस्ठा छ । बाढीपहिरोले सडक र गोरेटो बाटोबाट मुहान क्षेत्रमा पुग्न नसक्ने भएकाले यकिन विवरण भने प्राप्त गर्न नसकेको आयोजनाले जनाएको छ । हेडवर्क्स र इन्टेक क्षेत्रमा आयोजनाका कर्मचारी बस्न सक्ने अवस्था छैन । आयोजनाको संरचनाको हालको अवस्थाका विषयमा प्रारम्भिक सूचना लिन पनि कठिन भएको छ ।

You might also like

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

२०७८ मा हेलम्बुको भेमाथाङबाट आएको बाढीपहिरोले क्षति गरेको हेडवर्क्सलाई गत हिउँदमा मर्मत गरेर अस्थायी रुपमा पानी सुरुङमा पठाइएको थियो । वर्षातले सुरुङ पुरिने समस्या आकलन गर्दै दुई महिनाका लागि उपत्यकाको प्रणालीमा पानी पठाउन बन्द गरिएको थियो । आयोजनाका कार्यकारी निर्देशक कमल श्रेष्ठका अनुसार साता अघिको अविरल वर्षाले बगाएर ल्याएको गेग्रानले हेडवर्क्सको संरचनामा १५ फिटसम्म पुरिएको अनुमान छ । ुगत वर्षको जस्तै यस पटक पनि हेडवर्क्स र इन्टेकलाई बाढीले ठूलो क्षति नगर्ने अपेक्षा गरे पनि त्यस्तो भएन,ु निर्देशक श्रेष्ठले भने, ‘गेग्रान थुप्रिएको प्रारम्भिक अनुमान छ ।’

मेलम्चीको पानी प्रवेश गराउने इन्टेकबाट २०७८ असारमा आएको पहिरोको सुरुविन्दु भेमाथाङ करिब २५ किमि छ । उक्त क्षेत्रमा पहिरो गइरहेकाले लेदो माटो र गेग्रान कुन स्थानबाट बगाएर ल्याएको हो यकिन गर्न नसकेको आयोजनाका अधिकारीहरुले बताएका छन् । आयोजनाको इन्टेक क्षेत्रको सूचना, फोटो र भिडियो लिन मेलम्ची समितिले मंगलबार केही कर्मचारी त्यता पठाएको छ । सही सूचना आउन नसकेपछि हामीले कर्मचारी पठाएका छौं,आयोजनाका एक अधिकारीले भने, त्यो ठाउँमा पुग्न सकेमा सूचना प्राप्त हुन सक्छ ।’

मेलम्चीको पानी २०७७ चैतमा पहिलो पटक उपत्यकामा पठाइएको भए पनि यसले निरन्तरता पाउन सकेको छैन । आयोजनाले अनुमान गरेभन्दा बढी परिमाणको गेग्रानले इन्टेकको सतह पुरिएकाले वर्षा रोकिने ग्यारेन्टी भएपछि मात्र उपत्यकामा पानी ल्याउन सकिने छ । यसका मर्मत गर्न मात्र कम्तिमा एक महिना लाग्ने आयोजनाले जनाएको छ । आयोजनाले दुई महिनापछि पानी सञ्चालन गर्नेगरी उपत्यकाको प्रणालीमा पठाउन बन्द गरेको थियो । अब फेरि उपत्यकालाई मेलम्चीको पानी पठाउन हतारिन नहुने प्राविधिक अनुमान छ ।

गत आवमा पनि आयोजनाले करिब ७ करोड खर्चेर इन्टेकको गेग्रान हटाएको थियो । कार्यकारी निर्देशक श्रेष्ठले गत वर्ष मर्मतको क्रममा सुरुङको मुख नजिकै फ्लसिङ पाइप बिछ्याएर सहज बनाएको बताए । इन्टेक पुरिन्छ भन्ने थाहा थियो । हामीले त्यही अनुसार डिजाइन गरेर मर्मत गरेको छोटो समयमै पानी सुरुङमा पठाउन सकिने संरचना बनाएका छौं,’ उनले भने ।

वर्षातमा सुरुङ बन्द गर्नुपर्ने भएपछि उपत्यकामा बर्सेनि ७-८ महिना मात्र पानी वितरण हुने देखिन्छ । यही अवस्थामा अब बर्सेनि पानी वितरण अस्थायी रुपमा मात्र हुने हो । बाढीपहिरो रोकिने सम्भावना नभएसम्म काठमाडौंमा स्थायी रुपमा पानी वितरण गर्न नसकिने कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् । मेलम्ची अन्तर्गत आयोजना कार्यान्वयन इकाइले काठमाडौंमा मेलम्चीको पानी विरणका लागि पाइप लाइन बिछ्याउने र ट्यांकी निर्माणको काम गरिरहेको छ । पानीको वितरण भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) ले गरिरहेको छ ।

आयोजना निर्माण सुरु भएको २२ वर्षपछि मेलम्चीको पानी काठाडौंमा ल्याइएको थियो । सुन्दरीजलस्थित प्रशोधन केन्द्र, उपत्यकामा पाइप बिछ्याउने र रिजर्भ ट्यांकी निर्माण, सुरुङ, हेडवर्क्सलगायतका मेलम्चीको सबै संरचना निर्माणका लागि झण्डै ६५ अर्ब खर्च भइसकेको छ । तर आयोजनाबाट निरन्तर पानी काठमाडौं आउने ग्यारेन्टी भने भएको छैन । खासमा दुई वर्ष अघिको पहिरोका कारण इन्टेक नै उक्त स्थानमा कसरी बलियो बनाउने चुनौती थपिएको आयोजनाका कर्मचारी बताउँछन् । आयोजानको मुख्य ऋणदाता एसियाली विकास बैंक(एडीबी) हो । आयोजनाले पहिरोपछि क्यानेडियन प्राविधिकहरुको टोलीलाई पहिरो र इन्टेक क्षेत्रको अध्ययन गराएको छ ।

उक्त टोलीले हाल हेलम्बु गाउँपालिकाको अम्बाथानमा रहेको इन्टेकको सुरक्षा चुनौतीपूर्ण रहेको निष्कर्ष निकालेको छ । आयोजनाको २६ किमि सुरुङबाट हाल दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउन सक्ने स्रोत छ । दोस्रो चरणमा निर्माण हुने स्थानीय याङ्ग्री र लार्के खोलाबाट १७–१७ करोड पानी थपेर दैनिक ५१ करोड काठमाडौं ल्याउने योजना छ । तर पहिलो चरणको योजना अन्तर्गतको मुहान क्षेत्र नै असुरक्षित भएकाले दोस्रो योजना सञ्चालनमा पनि पर्ख र हेरको अवस्था रहेको आयोजनाका अधिकारीहरु बताउँछन् ।

Related

Previous Post

बाराकाे चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

Next Post

काठमाडौंमा १४ औं तिज मेला शुरु

Sambridinews

Sambridinews

Related Posts

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह
FEATURED

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

by Sambridinews
शनिबार, साउन २, २०८३
११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
काठमाडौंमा १४ औं तिज मेला शुरु

काठमाडौंमा १४ औं तिज मेला शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एनआईसी एशिया बैंकका ग्राहकलाई धनगढीको सिपी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई धनगढीको सिपी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट

शुक्रबार, भदौ १३, २०८२
माधवकुमार नेपाल रौतहट – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

माधवकुमार नेपाल रौतहट – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

बिहिबार, मंसिर ८, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह
FEATURED

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

शनिबार, साउन २, २०८३
११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In