Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, August 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

स्वास्थ्यका लागि जोखिमपूर्ण हुने भन्दै काठमाडौंमा पानीपुरी र चटपटे बिक्रीमा रोक लगाउन प्रस्ताव

Sambridinews by Sambridinews
सोमवार, साउन २९, २०८०
in FEATURED, TOP STORIES, समाचार, स्वास्थ्य
0
स्वास्थ्यका लागि जोखिमपूर्ण हुने भन्दै काठमाडौंमा पानीपुरी र चटपटे बिक्रीमा रोक लगाउन प्रस्ताव
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।साउन २९, काठमाडौं महानगरपालिकाको बैठकमा पानीपुरी र चटपटजस्ता खानेकुरा बिक्रीमा रोक लगाउन प्रस्ताव गरिएको छ। आइतबार बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा उपप्रमुख सुनिता डंगोल सामु प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले उक्त प्रस्ताव पेस गरेका हुन्।

अधिकारीले पानीपुरी र चटपटेजस्ता खानेकुरामा उपभोक्ताहरू झुम्मिने गरेको तर यस्ता खानेकुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकाले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउनुपर्ने बताए। उनले भने, ुयस्ता खानेकुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउनु पर्ने हुनसक्छ।’ उनले खुला दूध प्लाष्टिकमा हालेर रबरले बाँधेर बेच्ने काम पनि मापदण्डविपरीत भएको बताए। यस्तो कार्य तत्काल रोक्नुपर्ने उनको भनाइ थियो।

You might also like

नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह

नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक

सडक किनारमा राखेर तरकारी बेच्नु जनस्वास्थ्यका लागि जोखिमपूर्ण हुनसक्ने उनको भनाइ थियो। उनले बजारमा ल्याइने धेरै तरकारीमध्ये केही भाग बिग्रिएको हुँदा उपभोगका दृष्टिले पूर्ण अस्वस्थ्यकर हुने र यस्तो तरकारी र फलफूल सस्तोमा किनेर ल्याएर सडक किनारमा भाग लगाएर बेच्ने काम पनि रोक्नुपर्ने उनले बताए।

उक्त बैठकमा वडाध्यक्ष एवं अनुगमन मूल्यांकन समितिका सदस्य राजेन्द्र मानन्धरले फाल्नुपर्ने तरकारी र फलफुल बेचबिखनमा तत्काल रोक लगाउनु पर्नेमा जोड दिए।

यसैगरी कृषि तथा पशुपंक्षी विभागका प्रमुख डा अवधेश झाले यसअघि जारको पानीमा गरिएको अनुगमनका विषयमा जानकारी गराए। बजारमा लेउ लागेको र फुटेका जारमा पानी बेचबिखन भइरहेको उनले बताए। उनले भने, ‘कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने मापदण्ड छ। यसविपरीतका जार जफत र नष्ट गरिएको छ।’ डा झाका अनुसार काठमाडौंमा १५० भन्दा धेरै जारको पानीका वितरक छन्। यी हरेकको पानीको गुणस्तर जाँच नगरी स्वच्छताको अवस्था भन्न सकिने अवस्था नरहेको उनले बताए।

बैठकमा उपमेयर डंगोलले खुल्ला रुपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूलको बजार अनुगमनलाई प्राथमिकता दिन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले निर्देशन दिएकी छन्। उनले बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउन निर्देशन दिएकी हुन्।

माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थबाट चाँडो संक्रमण फैलिने हुँदा मासु पसल, दूध डेरी, तरकारी तथा फलफुल पसललगातमा अनुगमन गरेर सचेत गराउन, सुधारको मौका दिन र मौका दिँदा पनि सुधार नगर्नेलाई कानुनी दायरमा ल्याउन उनले निर्देशन दिइन्।

व्यापारिक क्रियाकलापमा हुने निगरानीसँगै उपभोक्तालाई स्वच्छता र गुणस्तरका विषयमा सचेत गराउने काम पनि सँगै सञ्चालन गर्नुपर्ने छलफल बैठकमा भएको थियो।

Related

Previous Post

रोनाल्डोको गोलले अल नासरलाई उपाधि

Next Post

जनमत पार्टी सरकारमा सहभागी हुँदै, अनिता देवीले आज मन्त्रीको सपथ लिने

Sambridinews

Sambridinews

Related Posts

नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह
FEATURED

नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह

by Sambridinews
शुक्रबार, साउन २९, २०८३
नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने
FEATURED

नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने

by Sambridinews
शुक्रबार, साउन २९, २०८३
‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक
TOP STORIES

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन २९, २०८३
महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
TOP STORIES

महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता

by Sambridinews
बिहिबार, साउन २८, २०८३
सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
TOP STORIES

सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

by Sambridinews
बिहिबार, साउन २८, २०८३
Next Post
जनमत पार्टी सरकारमा सहभागी हुँदै, अनिता देवीले आज मन्त्रीको सपथ लिने

जनमत पार्टी सरकारमा सहभागी हुँदै, अनिता देवीले आज मन्त्रीको सपथ लिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय

नेकपा माओवादी केन्द्रले २२ मंसिरका लागि घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित

सोमवार, कार्तिक २०, २०८०
गण्डकी प्रदेशका मुख्यमन्त्रीले प्रदेशसभामा पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्रीले प्रदेशसभामा पाए विश्वासको मत

शुक्रबार, पुस २९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह
FEATURED

नयाँ नीति वा ऐन हतारमा ल्याउने परिपाटी अन्त्य गर्न अध्यक्ष श्रेष्ठको आग्रह

शुक्रबार, साउन २९, २०८३
नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने
FEATURED

नेपाल टेलिकमको नयाँ व्यवस्था: अब सिम नामसारी अनलाइनबाटै, तर बायोमेट्रिक र प्रमाणीकरणका लागि भने कार्यालय धाउनै पर्ने

शुक्रबार, साउन २९, २०८३
‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक
TOP STORIES

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक

शुक्रबार, साउन २९, २०८३
महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता
TOP STORIES

महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्तादुवै पक्षबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता

बिहिबार, साउन २८, २०८३
सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
TOP STORIES

सुविसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

बिहिबार, साउन २८, २०८३
एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा
TOP STORIES

एभरेस्ट महिला भलिबल लिगद्वारा तेस्रो संस्करणका लागि ‘सुदूरपश्चिम रोयल वारियर्स’ नयाँ फ्रेन्चाइज टोलीको घोषणा

बिहिबार, साउन २८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In