Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, July 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आजबाट पातलो प्लास्टिक झोला जफत गरिने, सबै वडामा मेसिनसहित नगरप्रहरी पुग्दै

Sambridinews by Sambridinews
आइतवार, साउन १४, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
आजबाट पातलो प्लास्टिक झोला जफत गरिने, सबै वडामा मेसिनसहित नगरप्रहरी पुग्दै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । १४ श्रावण , काठमाडौं महानगरपालिकाले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात र बिक्रीवितरण गरे जफत गर्ने भएको छ । त्यसको लागि कामपा वातावरण व्यवस्थापन विभागले महानगरका करिब ५० जना प्रहरी निरीक्षकलाई तालिम दिइसकेको छ । तालिमप्राप्त महानगर प्रहरीले माइक्रोन मापन मेसिनसहित अनुगमन गर्ने बताइएको छ ।

कामपाले यही साउन १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो माइक्रोनको प्लास्टिकको झोला, प्लास्टिकको पुष्पगुच्छा र माला प्रतिबन्ध लगाइसकेको छ । तर, प्रभावकारी कार्यान्वयन गर्न आइतबारबाट नगर प्रहरी परिचालन गरी ती सामग्री जफत गर्न लागिएको हो । साउन १ गतेदेखि नै प्रहरी टोली परिचालन गर्ने कामपाले तयारी गरेको भए पनि सोही दिनबाट उपत्यकाको फोहोर व्यवस्थापन गर्न समस्या भएकोले त्यसमा ध्यान दिन नसकिएको जानकारी दिँदै कामपा वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘आइतबारबाट भने प्रभावकारी कार्यान्वयन गर्नेछौं ।’ उहाँले वडा अध्यक्षको समन्वयमा अनुगमन गर्ने क्षेत्र तय गरी पूर्ण रूपमा अनुगमन शुरू गर्ने जानकारी दिनुभयो ।

You might also like

करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन

आत्मदाहा प्रयास गरेका सर्लाहीका वेवेक मण्डलको मृत्यु

काठमाडाैंबाट बाहिर जाने सवारी साधन खुला

उहाँका अनुसार आजबाट सबै वडामा मेसिनसहितको टोली परिचालन हुनेछन्, ४० माइक्रोनभन्दा पातलो प्लास्टिक र पुष्पगुच्छा र माला बिक्री वितरण गरेमा तत्काल जफत गरिने छ । यसअघि बिसं २०७२ वैशाख १ गतेदेखि लागु हुने गरी ४० माइक्रोनभन्दा पातलो प्लास्टिकमा प्रतिबन्ध लगाइएको थियो । भूकम्पको कारण कार्यान्वयन हुन नसकेपछि सो नियम पुनः ब्युँताएर फेरि कार्यान्वयन गर्न लागिएको हो । गत वर्ष साउन २८ मा सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रतिबन्ध लगाउन अन्तरिम आदेश दिएलगत्तै वन तथा वातावरण मन्त्रालयले सोसम्बन्धी निर्णयगरी कार्यविधि तयार गरेको थियो । तथापि, सो नियम कार्यान्वयन हुन सकेको थिएन ।

नेपालमा झन्डै २ सयवटा प्लास्टिक उद्योग भएको अनुमान गरिएको छ। वि।सं। २०७८ मा वातावरण विभागले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्यायोजन तयार गरेको थियो । सोही समय किटान गरेरै तयार गरेको कार्ययोजना पूर्ण रूपमा लागु हुन सकेन । कार्ययोजनामा स्तर वृद्धि गर्ने उद्योगलाई अनुदान दिने, झोला उत्पादनकर्ताको अभिलेख राख्नुपर्ने, ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्ण रोक लगाउने उल्लेख छ । वन तथा वातावरण मन्त्रालयले वि। सं। २०७८ भदौ २८ गते राजपत्रमा सूचना प्रकाशित गरी वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरी ४० माइक्रोनभन्दा पातलो झोला प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

– नेपाल समाचारपत्रबाट

Related

Previous Post

कोशी प्रदेश सरकार गठनबारे माओबादी र कांग्रेस बीच छलफल

Next Post

आज देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

Sambridinews

Sambridinews

Related Posts

करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन
FEATURED

करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन

by Sambridinews
मङ्लबार, असार ३०, २०८३
काठमाडाैंकाे कपनमा भिषण आगलागी
TOP STORIES

आत्मदाहा प्रयास गरेका सर्लाहीका वेवेक मण्डलको मृत्यु

by Sambridinews
मङ्लबार, असार ३०, २०८३
सूर्यविनायक-धुलिखेल सडक चार लेनमा विस्तार गर्न ठेक्का
FEATURED

काठमाडाैंबाट बाहिर जाने सवारी साधन खुला

by Sambridinews
मङ्लबार, असार ३०, २०८३
सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध
TOP STORIES

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध

by Sambridinews
सोमवार, असार २९, २०८३
फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार
TOP STORIES

फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार

by Sambridinews
सोमवार, असार २९, २०८३
Next Post
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

आज देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आज भुटानी राजा-रानीकाे नेपाल भ्रमण

आज भुटानी राजा-रानीकाे नेपाल भ्रमण

शुक्रबार, मंसिर २१, २०८१

हेटौंडामा भएकाे सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बुधबार, फाल्गुन २४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन
FEATURED

करारका कर्मचारीद्वारा अर्थमन्त्रालयमा प्रदर्शन

मङ्लबार, असार ३०, २०८३
काठमाडाैंकाे कपनमा भिषण आगलागी
TOP STORIES

आत्मदाहा प्रयास गरेका सर्लाहीका वेवेक मण्डलको मृत्यु

मङ्लबार, असार ३०, २०८३
सूर्यविनायक-धुलिखेल सडक चार लेनमा विस्तार गर्न ठेक्का
FEATURED

काठमाडाैंबाट बाहिर जाने सवारी साधन खुला

मङ्लबार, असार ३०, २०८३
सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध
TOP STORIES

सञ्चारगृहका अगाडि अनधिकृत पार्क गरिएकोप्रति चौतर्फी विरोध

सोमवार, असार २९, २०८३
फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार
TOP STORIES

फोटोनद्वारा पाँच नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ थप, देशभर इभी सर्भिस नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार

सोमवार, असार २९, २०८३
नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा सहकार्य: दुई वर्षे समझदारी पत्रमा हस्ताक्षर
FEATURED

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा सहकार्य: दुई वर्षे समझदारी पत्रमा हस्ताक्षर

सोमवार, असार २९, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In