Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, October 19, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

लम्पी स्किन’ बाट एक खर्ब छब्बिस अर्बको क्षति

Sambridinews by Sambridinews
बुधबार, साउन १०, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
लम्पी स्किन’ बाट एक खर्ब छब्बिस अर्बको क्षति
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, साउन १० , नेपालको पशुपालनको क्षेत्रले पछिल्लो एक वर्षमा निकै ठुलो क्षति बेहो-यो। ‘लम्पी स्किन’ महामारीले गाईभैँसी र अफ्रिकन स्वाइन फिभरले बङ्गुरपालक किसान नराम्ररी प्रभावित बनेका छन्।

पाँच प्रतिशतभन्दा कम मृत्युदर भएको ‘लम्पी स्किन’ सङ्क्रमणले एक खर्ब २६ अर्बको क्षति पुग्ने आकलन गरिँदा शतप्रतिशत मृत्युदर रहेको अफ्रिकन स्वाइन फिभरले पारेको क्षतिको विवरण भने सङ्कलनसमेत भएको छैन। कुनै पनि सरकारी निकायसँग त्यसको वास्तविक तथ्याङ्क छैन। लम्पीबाट मात्र चालु आर्थिक वर्षको बजेटको ७.२ प्रतिशत बराबरको क्षति पुगेको छ।

You might also like

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न

तथ्याङ्क नै नभएपछि बङ्गुरपालक किसानलाई दिने क्षतिपूर्तिको विषय उठेको छैन। जब कि विपन्न वर्गको जीविकोपार्जनमा बङ्गुर पालनले ठुलो सहयोग गरेको छ। एकै बेतमा धेरै पाठापाठी उत्पादन हुने र तिनबाट चाँडो प्रतिफल प्राप्त हुने हुँदा ग्रामीण गरिबीसँग जुध्न बङ्गुर बढी प्रभावकारी छ। यसको बजार पनि सहज छ।

विसं २०७९ जेठमा काठमाडौँ उपत्यकामा देखिएको अफ्रिकन स्वाइन फिभर कति जिल्लामा फैलियो र त्यसले कस्तो असर पा-यो भन्नेबारेको तथ्याङ्क दिन सरकारी निकाय सक्षम छैन। अफ्रिकन स्वाइन फिभरबाट अघिल्लो आर्थिक वर्षमा ज्यादा क्षति पारेको तर यस वर्ष खासै समस्या नरहेको पशुसेवा विभागका प्रवक्ता डा। चन्द्र ढकालले बताउनुभयो। पशु स्वास्थ्यको क्षेत्रमा कार्यरत निकाय सङ्घ, प्रदेश र स्थानीय तह हुँदा त्यसले तथ्याङ्क केन्द्रीकृत गर्न समस्या पारेकाले पूर्ण विवरण विभागसँग नभएको उहाँले स्वीकार गर्नुभयो।

स्वाइन फिभरबाट एक वर्षअघि हजारौँ बङ्गुर मरेका थिए। एक पटक लागेपछि सो रोग निको नहुने भएकाले धेरै किसानका खोर रित्तो बनाएको थियो। पशुसेवा विभागको भेटेरिनरी इपिडोमियोलोजीका प्रमुख डा। मुकुल उपाध्याय ग्रामीण क्षेत्रका गरिब कृषकको आम्दानीको प्रमुख स्रोत नै बङ्गुर रहे पनि अघिल्ला वर्षमा भएको क्षतिको विवरण राम्रोसँग आउन नसकेको बताउनुभयो।

एक वर्षअघि धेरैका गोठ नै रित्तो पारेको बताउँदै त्यति बेला किसानले क्षतिपूर्तिसमेत पाउन नसकेको उहाँले उल्लेख गर्नुभयो। बङ्गुर भनेपछि धेरैले मन नपराउने कारणले क्षतिको चर्चा कम भएको हुन सक्ने उहाँले बताउनुभयो। ‘लम्पी स्किन’को भने तथ्याङ्क अद्यावधिक भए पनि पीडित कृषकले उपचार र क्षतिपूर्ति सहज रूपमा पाउन सकेका छैनन्। नेपाल पशुचिकित्सा परिषद्ले गरेको अनुसन्धानबाट नेपालमा २५ लाख पशुमा सङ्क्रमण देखिने र एक लाख गाईभैँसी मर्ने आकलन गरिएको छ। त्यसबाट कम्तीमा एक खर्ब २६ अर्ब बराबरको पशुधनमा क्षति पुग्ने आकलन गरिएको छ।

परिषद्का अनुसार यो रकम नेपालको आव २०८०र८१ को कुल बजेटको करिब ७.२ प्रतिशत हुन आउँछ। हालसम्म सो रोगको सङ्क्रमणले ५१ अर्ब ७९ करोड ९९ लाख २५ हजार रुपियाँको क्षति भइसकेको छ। एउटा पशुमा लम्पीको सङ्क्रमण भएपछि ४९ हजार १३५ रुपियाँको क्षति पुग्ने र त्यही सङ्क्रमितको सङ्ख्यालाई गुणन गर्दा सो क्षतिको आर्थिक विवरण तयार पारिन्छ। अहिले मध्यवर्षा भइरहेको र सङ्क्रमण दर उच्च बिन्दुमा रहेकाले कम्तीमा २५ लाख पशुमा यो सङ्क्रमण देखिन सक्ने आकलन अनुसार परिषद्ले क्षतिको अनुमान गरेको हो।

परिषद्का प्रवक्ता डा। मनोज शाहीले अहिलेसम्म आफूहरूले गरेको अनुमान मिलेको र साउनको पहिलो सातामा आउँदा अनुमानको ४० प्रतिशत नाघेको बताउनुभयो। उहाँले सङ्क्रमण दैनिक रूपमा फैलिरहेको र त्यसको नियन्त्रण, उपचारमा सोचेजस्तो सफलता नमिलेको बताउनुभयो। विभागका अनुसार हालसम्म ७७ जिल्लामा १० लाख ५४ हजार पशुमा ‘लम्पी स्किन’ देखिएको छ भने ४८ हजार १३३ पशु मरिसकेका छन्। पशुसेवा विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने दैनिक १५ हजार नयाँ पशुमा यो सङ्क्रमण फैलिएको छ भने दैनिक आठ सय पशु मरिरहेका छन्।

नेपालमा सन् १९४० को दशकमा गाईबस्तुमा फैलिएको ‘रिन्डरपेस्ट’ अर्थात् गगौटी रोगको महामारीले ठुलो क्षति निम्त्याएको थियो। खुर हुने चौपायामा लाग्ने सो रोग अहिले उन्मूलन भइसकेको प्रवक्ता शाहीले बताउनुभयो। त्यसपछिको दोस्रो ठुलो पशु क्षति नेपालले बेहोरिरहेको छ।

-गोरखापत्र अनलाइनबाट

Related

Previous Post

पाँचथरमा जिप दुर्घटना हुँदा १४ जना घाइते

Next Post

आज काँग्रेस केन्द्रिय समिति बैठक बस्दै,सभापति देउवाले जवाफ दिने

Sambridinews

Sambridinews

Related Posts

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा  सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न
FEATURED

मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने
TOP STORIES

भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान
TOP STORIES

मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान

by Sambridinews
शनिबार, कार्तिक २, २०८२
Next Post
आज काँग्रेस केन्द्रिय समिति बैठक बस्दै,सभापति देउवाले जवाफ दिने

आज काँग्रेस केन्द्रिय समिति बैठक बस्दै,सभापति देउवाले जवाफ दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

डेडिकेटर र ट्रंकलाइनको २७ अर्ब महसुल नतिर्न उद्योगीहरूको बाहनाबाजी

ललितपुरका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

शुक्रबार, माघ ५, २०८०

कैलालीमा दुई जना मृत अवस्थामा फेला

बुधबार, फाल्गुन १७, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

शनिबार, कार्तिक २, २०८२
स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

शनिबार, कार्तिक २, २०८२
मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा  सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न
FEATURED

मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न

शनिबार, कार्तिक २, २०८२
भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने
TOP STORIES

भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने

शनिबार, कार्तिक २, २०८२
मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान
TOP STORIES

मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान

शनिबार, कार्तिक २, २०८२
मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन
FEATURED

मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन

शुक्रबार, कार्तिक १, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In