Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

लम्पी स्किन’ बाट एक खर्ब छब्बिस अर्बको क्षति

Sambridinews by Sambridinews
बुधबार, साउन १०, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
लम्पी स्किन’ बाट एक खर्ब छब्बिस अर्बको क्षति
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, साउन १० , नेपालको पशुपालनको क्षेत्रले पछिल्लो एक वर्षमा निकै ठुलो क्षति बेहो-यो। ‘लम्पी स्किन’ महामारीले गाईभैँसी र अफ्रिकन स्वाइन फिभरले बङ्गुरपालक किसान नराम्ररी प्रभावित बनेका छन्।

पाँच प्रतिशतभन्दा कम मृत्युदर भएको ‘लम्पी स्किन’ सङ्क्रमणले एक खर्ब २६ अर्बको क्षति पुग्ने आकलन गरिँदा शतप्रतिशत मृत्युदर रहेको अफ्रिकन स्वाइन फिभरले पारेको क्षतिको विवरण भने सङ्कलनसमेत भएको छैन। कुनै पनि सरकारी निकायसँग त्यसको वास्तविक तथ्याङ्क छैन। लम्पीबाट मात्र चालु आर्थिक वर्षको बजेटको ७.२ प्रतिशत बराबरको क्षति पुगेको छ।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

तथ्याङ्क नै नभएपछि बङ्गुरपालक किसानलाई दिने क्षतिपूर्तिको विषय उठेको छैन। जब कि विपन्न वर्गको जीविकोपार्जनमा बङ्गुर पालनले ठुलो सहयोग गरेको छ। एकै बेतमा धेरै पाठापाठी उत्पादन हुने र तिनबाट चाँडो प्रतिफल प्राप्त हुने हुँदा ग्रामीण गरिबीसँग जुध्न बङ्गुर बढी प्रभावकारी छ। यसको बजार पनि सहज छ।

विसं २०७९ जेठमा काठमाडौँ उपत्यकामा देखिएको अफ्रिकन स्वाइन फिभर कति जिल्लामा फैलियो र त्यसले कस्तो असर पा-यो भन्नेबारेको तथ्याङ्क दिन सरकारी निकाय सक्षम छैन। अफ्रिकन स्वाइन फिभरबाट अघिल्लो आर्थिक वर्षमा ज्यादा क्षति पारेको तर यस वर्ष खासै समस्या नरहेको पशुसेवा विभागका प्रवक्ता डा। चन्द्र ढकालले बताउनुभयो। पशु स्वास्थ्यको क्षेत्रमा कार्यरत निकाय सङ्घ, प्रदेश र स्थानीय तह हुँदा त्यसले तथ्याङ्क केन्द्रीकृत गर्न समस्या पारेकाले पूर्ण विवरण विभागसँग नभएको उहाँले स्वीकार गर्नुभयो।

स्वाइन फिभरबाट एक वर्षअघि हजारौँ बङ्गुर मरेका थिए। एक पटक लागेपछि सो रोग निको नहुने भएकाले धेरै किसानका खोर रित्तो बनाएको थियो। पशुसेवा विभागको भेटेरिनरी इपिडोमियोलोजीका प्रमुख डा। मुकुल उपाध्याय ग्रामीण क्षेत्रका गरिब कृषकको आम्दानीको प्रमुख स्रोत नै बङ्गुर रहे पनि अघिल्ला वर्षमा भएको क्षतिको विवरण राम्रोसँग आउन नसकेको बताउनुभयो।

एक वर्षअघि धेरैका गोठ नै रित्तो पारेको बताउँदै त्यति बेला किसानले क्षतिपूर्तिसमेत पाउन नसकेको उहाँले उल्लेख गर्नुभयो। बङ्गुर भनेपछि धेरैले मन नपराउने कारणले क्षतिको चर्चा कम भएको हुन सक्ने उहाँले बताउनुभयो। ‘लम्पी स्किन’को भने तथ्याङ्क अद्यावधिक भए पनि पीडित कृषकले उपचार र क्षतिपूर्ति सहज रूपमा पाउन सकेका छैनन्। नेपाल पशुचिकित्सा परिषद्ले गरेको अनुसन्धानबाट नेपालमा २५ लाख पशुमा सङ्क्रमण देखिने र एक लाख गाईभैँसी मर्ने आकलन गरिएको छ। त्यसबाट कम्तीमा एक खर्ब २६ अर्ब बराबरको पशुधनमा क्षति पुग्ने आकलन गरिएको छ।

परिषद्का अनुसार यो रकम नेपालको आव २०८०र८१ को कुल बजेटको करिब ७.२ प्रतिशत हुन आउँछ। हालसम्म सो रोगको सङ्क्रमणले ५१ अर्ब ७९ करोड ९९ लाख २५ हजार रुपियाँको क्षति भइसकेको छ। एउटा पशुमा लम्पीको सङ्क्रमण भएपछि ४९ हजार १३५ रुपियाँको क्षति पुग्ने र त्यही सङ्क्रमितको सङ्ख्यालाई गुणन गर्दा सो क्षतिको आर्थिक विवरण तयार पारिन्छ। अहिले मध्यवर्षा भइरहेको र सङ्क्रमण दर उच्च बिन्दुमा रहेकाले कम्तीमा २५ लाख पशुमा यो सङ्क्रमण देखिन सक्ने आकलन अनुसार परिषद्ले क्षतिको अनुमान गरेको हो।

परिषद्का प्रवक्ता डा। मनोज शाहीले अहिलेसम्म आफूहरूले गरेको अनुमान मिलेको र साउनको पहिलो सातामा आउँदा अनुमानको ४० प्रतिशत नाघेको बताउनुभयो। उहाँले सङ्क्रमण दैनिक रूपमा फैलिरहेको र त्यसको नियन्त्रण, उपचारमा सोचेजस्तो सफलता नमिलेको बताउनुभयो। विभागका अनुसार हालसम्म ७७ जिल्लामा १० लाख ५४ हजार पशुमा ‘लम्पी स्किन’ देखिएको छ भने ४८ हजार १३३ पशु मरिसकेका छन्। पशुसेवा विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने दैनिक १५ हजार नयाँ पशुमा यो सङ्क्रमण फैलिएको छ भने दैनिक आठ सय पशु मरिरहेका छन्।

नेपालमा सन् १९४० को दशकमा गाईबस्तुमा फैलिएको ‘रिन्डरपेस्ट’ अर्थात् गगौटी रोगको महामारीले ठुलो क्षति निम्त्याएको थियो। खुर हुने चौपायामा लाग्ने सो रोग अहिले उन्मूलन भइसकेको प्रवक्ता शाहीले बताउनुभयो। त्यसपछिको दोस्रो ठुलो पशु क्षति नेपालले बेहोरिरहेको छ।

-गोरखापत्र अनलाइनबाट

Related

Previous Post

पाँचथरमा जिप दुर्घटना हुँदा १४ जना घाइते

Next Post

आज काँग्रेस केन्द्रिय समिति बैठक बस्दै,सभापति देउवाले जवाफ दिने

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
आज काँग्रेस केन्द्रिय समिति बैठक बस्दै,सभापति देउवाले जवाफ दिने

आज काँग्रेस केन्द्रिय समिति बैठक बस्दै,सभापति देउवाले जवाफ दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

उर्जामन्त्री कुलमान घिसिंगको उ‌द्योगविरोधी प्रतिशोधात्मक राजनीति र अर्थमन्त्री रामेश्वर खनालको राष्ट्रिय ढुकुटी रित्याउने नीति रहेको नेपाल लिबरल पार्टीको निकर्ष

उर्जामन्त्री कुलमान घिसिंगको उ‌द्योगविरोधी प्रतिशोधात्मक राजनीति र अर्थमन्त्री रामेश्वर खनालको राष्ट्रिय ढुकुटी रित्याउने नीति रहेको नेपाल लिबरल पार्टीको निकर्ष

आइतवार, कार्तिक १७, २०८२
निजी क्षेत्र मैत्री कानुन बनाउने सांसदहरूकाे प्रतिबद्धता

निजी क्षेत्र मैत्री कानुन बनाउने सांसदहरूकाे प्रतिबद्धता

सोमवार, भदौ ३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In