Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, July 19, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ मा बजेट बढाउने सहमती पछि सुदूरपश्चिम सरकारको बजेट पारित

Sambridinews by Sambridinews
आइतवार, असार ३१, २०८०
in FEATURED
0
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले भूकम्प प्रभावितहरुको उद्दार र उपचारका प्रभावकारी रुपमा काम गर्न निर्देशन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । प्रदेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ मा बजेट बढाएपछि सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८०÷०८१ का लागि प्रस्तुत बजेट शनिबार राति पारित भएको छ । एमाले सांसदको बहिष्कारबीच प्रदेशसभाबाट बजेट पारित भएको हो ।

योजना तथा रकम बाँडफाँटमा विभेद भएको भन्दै यथास्थितिमा बजेट पारित नगर्ने अडानमा रहेका सुदूरपश्चिमका सत्तारूढ दलकै सांसद संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा बजेट बढाएपछि सहमतिमा पुगेका थिए । आफ्नै सांसदको विरोधका कारण सुदूरपश्चिम सरकारलाई आगामी आर्थिक वर्ष ०८०÷०८१ का लागि प्रस्तुत बजेट पारित गराउनै धौधौ बनेको थियो ।

You might also like

शनिबार राती र आइतबार भारी बर्षाको सम्भावना ; रात्रीकालिन यात्रा नगर्न सुझाव

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

सत्तारूढ सांसदले निर्णायक रूपमै अडान लिएपछि सरकारले सांसद विकास कोषमा हरेक निर्वाचन क्षेत्रका लागि विनियोजित रकम तीन करोडबाट बढाएर पाँच करोड बनाउने सहमति बनेपछि बजेट पारित भएको हो । सरकारको नेतृत्व गरिरहेको कांग्रेस, सत्ता साझेदार माओवादी र एकीकृत समाजवादीका सांसद अडानमा टसमस नभएपछि अन्त्यमा सरकारले उनीहरूका माग सम्बोधन गर्ने लिखित सहमति गरेको हो । ३२ वटै निर्वाचन क्षेत्रका सांसदलाई रकम बढाउने निश्चित भएपछि तीनवटै सत्ता साझेदार पार्टीको संसदीय दलको बैठक बसेर बजेट पारित गर्ने निर्णय गरेका थिए । त्यस क्रममा निर्धारित समयमा बैठकसमेत बस्न नसकेर सरेको थियो ।

शुक्रबारको बैठक समापनका क्रममा सभामुख भीमबहादुर भण्डारीले शनिबार बिहान साढे आठ बजे सञ्चालन हुने भनेका थिए । तर अपराह्न तीन बजे पनि बैठक बस्न नसकेर पाँच बजेसम्मका लागि सारियो । त्यसमा पनि बैठक सुरु हुन नसकेपछि साँझ सात बजे सारिए पनि राति नौ बजे बसेको थियो । दिनभरको प्रतीक्षापछि अबेर सुरु भएको बजेटमाथिको छलफलका क्रममा माओवादी संसदीय दलका नेता खगराज भट्टले संक्षिप्त मन्तव्य राखेका थिए । उनले सरकारसँगको केही सहमतिपछि बजेट पारित गर्ने निर्णय भएको सभामा बताएका थिए । पटकपटक बैठक सारिएको भन्दै एमाले सांसद भने बैठक बहिष्कार गर्ने निर्णयसहित सभाहलबाट बाहिरिएका थिए ।

प्रतिपक्षी दलबिनै बजेट पारित गर्नु संसदीय परम्पराविपरीत हुने भएपछि मुख्यमन्त्री कमलबहादुर शाहले एउटा मात्र सांसद रहेको राप्रपाकी सांसद खिमादेवी विष्टसँग वार्ता गरेपछि सांसद विष्ट बैठकमा उपस्थित भएकी थिइन  । बजेटबारे दुई दिनयता सरकार र सत्तारूढ दलका नेताहरूबीच निकै माथापच्ची चलेको थियो ।

मुख्यमन्त्री शाहले निर्णायक छलफल गर्न भन्दै शनिबार बिहान १० बजे सत्ता साझेदार दलका नेतालाई वार्ताका लागि बोलाए पनि करिब डेढ घण्टा ढिलो गरी सुरु भएको बैठकमा अन्ततः सांसद कोषमा दुई करोड थपेर पाँच करोड बनाउने लिखित सहमति भएको थियो ।

Related

Previous Post

‘अला कार्ट’ शुल्क प्रणालीका नआएका कारण साउन १ गतेदेखि बिदेशी च्यानल बन्द हुनसक्ने सरकारको चेतावनी

Next Post

पर्वतको कुश्मा मा शनिबार राति भएको जिप दुर्घटनामा एक बालिकाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

शनिबार राती र आइतबार भारी बर्षाको सम्भावना ; रात्रीकालिन यात्रा नगर्न सुझाव

by Sambridinews
शनिबार, साउन २, २०८३
युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह
FEATURED

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

by Sambridinews
शनिबार, साउन २, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
पाल्पामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

पर्वतको कुश्मा मा शनिबार राति भएको जिप दुर्घटनामा एक बालिकाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कुटुम्बको सहकार्यमा संस्कृति स्कुलको विशेष सांस्कृतिक प्रस्तुति

कुटुम्बको सहकार्यमा संस्कृति स्कुलको विशेष सांस्कृतिक प्रस्तुति

आइतवार, असार ९, २०८१
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा

कैलालीमा अपहरण गरी शरीर बन्धक बनाएर कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

सोमवार, मंसिर १०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

शनिबार राती र आइतबार भारी बर्षाको सम्भावना ; रात्रीकालिन यात्रा नगर्न सुझाव

शनिबार, साउन २, २०८३
एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
TOP STORIES

एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान

शनिबार, साउन २, २०८३
युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह
FEATURED

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

शनिबार, साउन २, २०८३
११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In