Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आज आदिकवि भानुभक्तको जन्म जयन्ती

Sambridinews by Sambridinews
शुक्रबार, असार २९, २०८०
in FEATURED, TOP STORIES, शिक्षा, समाचार
0
आज आदिकवि भानुभक्तको जन्म जयन्ती
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

असार २९, राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्म जयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ।

आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीका अवसरमा दीपावली, खुला कविता प्रतियोगिता र रामायण वाचन प्रतियोगिता गरिने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए।

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

उनका अनुसार नेपाली साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रतियोगितामा देशभरका साहित्यकारलाई निम्तो गरिएको बताए।

खुला कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु.१० हजार, रु.सात हजार र रु.पाँच हजार पुरस्कार प्रदान गरिनेछ। यस्तै रामायण वाचनतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु.पाँच हजार, रु. तीन हजार र रु.एक हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागिताका लागि इमेलबाट पनि कविता पठाउन सकिने व्यवस्था गरिएको छ।  www.adikabibhanubhakta1871@gmail.com  मा पठाउन सकिने आयोजकले जनाएको छ।

उक्त कार्यक्रममा साहित्यिक क्षेत्रका विभिन्न व्यक्तिलाई सम्मान समेत गरिने छ। जन्म जयन्तीको कार्यक्रममा बालन, कुमालका पाउदुरे र मगरका कौराह नृत्य प्रदर्शन गरिने अध्यक्ष ऋषिराम पन्तले जानकारी दिए।

छायाङ्कन हुँदै आदिकवि सम्बन्धी गीत

‘भानुभक्त आचार्य हुन् नेपालका आदिकवि

साहित्यका शिखरको चहकिलो रातो छवि

रामायण लेखे उनले, अकविता मेटे उनले

साहित्यको यौटा नयाँ मूल बाटो भेटे उनले

तनहुँका डाँडाकाँडा त्यसै पनि हराभरा

भानुभक्त जन्मेपछि मुस्कुराई वसुन्धरा’

यो गीत राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यका बारेमा ८२ वर्षीय गायक रामबाबु सुवेदीले लेखेको र गीत गाएका हुन्। भानुभक्तको क्षेत्र र उनका कृतिलाई सदैव जीवन्त राख्नका लागि गायक सुवेदीले भानुभक्तसम्बन्धी बालगीत गाएका हुन् ।

बालबालिकाबाट नै आदिकविको संरक्षण र प्रवर्द्धनमा जोड दिनसके उनी सदैव जीवन्त रहने उनको बुझाइ छ। उनले माया, पिरती, बिछोडका गीतमा बालबालिकालाई सहभागी गराउनुभन्दा उनीहरूको उमेरलाई सुहाउँदो गीतमा सहभागिता गराउँदा उनीहरूमा सकारात्मकता विकास हुने उनको भनाइ छ।

उक्त गीत २१०औँ भानु जयन्तीको अवसरमा सार्वजनिक गर्ने गरी भानुभक्तको गीतमा स्थानीय १२ बालिकालाई सहभागी गराइएको निर्देशक आचार्य गोपालले जानकारी दिए।

“बालबालिकालाई बालीगतमा सहभागी गराउनुपर्छ भन्ने उद्देश्यले गीत छायाङ्कन गरिएको छ, बालबालिकाको आफ्नै उमेर सुहाउँदो गीतमा नाच्न र गाउन सिकाउनुपर्छ भन्ने हेतुले गीतको छायाङ्कन गरिएको हो”, उनले भने।

राष्ट्रिय विभूति आदिकवि भानुभक्तलाई उक्त गीतले जीवन्त राख्ने उनको भनाइ छ। भानुभक्तकै जन्मस्थलमा छायाङ्कन गरिएको उक्त गीत यही असार २९ गते २१०औँ भानु जन्म जयन्तीका अवसरमा सार्वजनिक गरिनेछ।

Related

Previous Post

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आउदै

Next Post

सिन्धुलीको फिक्कल गाँउमापलिमा बस दुर्घटना : ११ महिने बालक सामान्य घाइते

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
सिन्धुलीको फिक्कल गाँउमापलिमा बस दुर्घटना : ११ महिने बालक सामान्य घाइते

सिन्धुलीको फिक्कल गाँउमापलिमा बस दुर्घटना : ११ महिने बालक सामान्य घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

शनिबार, अशोज २०, २०८०
सांसद खतिवडा द्धारा ट्राफिक कारबाहीमा परेकाहरूलाई सडकमा स्वयंसेवकका रुपमा लगाउने कार्य तत्काल रोक्न माग

रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबाट राजीनामा

बुधबार, साउन २९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In