Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपालले पपुवा न्युगिनीलाई ५२ रनको फराकिलो अन्तरले हरायो

Sambridinews by Sambridinews
बिहिबार, फाल्गुन २५, २०७९
in TOP STORIES, खेलकुद, समाचार
0
नेपालले पपुवा न्युगिनीलाई ५२ रनको फराकिलो अन्तरले हरायो
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– नेपालले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक वनडे इन्टरनेशनल सिरिजअन्तर्गत पपुवा न्युगिनी (पिएनजी) लाई ५२ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहिबार बिहान टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २९७ रन बनाएको थियो ।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

२९८ रनको विशाल लक्ष्य पछ्याएको पिएनजी २४५ रनमा अलआउट भएको हो ।

पिएनजीलाई लक्ष्य नजिक पुग्न नदिन नेपालका स्टार बलर सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । उनले १० ओभरमा ३७ रन दिँदै पिएनजीका चार विटेक लिएका हुन् ।

सन्दीपसंगै नेपालका दीपेन्द्र ऐरीले दुई विकेट तथा कुशल मल्लले एक विकेट लिए ।

पिएनजीका ओपनर टोनी उराले ५०, किप्लिन डोरिगाले २५, आसद भालाले ४२ रनको योगदान दिए । अन्तिमसम्म संघर्ष गरेका नोर्मान भनुवाले ६० रन बनाए ।

यसअघि नेपाल वनडे इन्टरनेशनलको इतिहासकै विशाल योगफल तयार पारेको थियो । नेपालका ओपनरको उत्कृष्ट सुरुवातमा नेपालले रनको विशाल योगफल तयार पार्न सफल भएको हो । तर, नेपाली खेलाडी पूरै ओभर क्रिजमा टिक्न भने सकेनन् ।

ओपनर आशिफ शेखले सानदार शतकीय इनिङ्स खेले । उनी ११० बलमा ११० रन बनाउँदै क्याच आउट हुन पुगे । साथै उनले एकदिवसीय क्रिकेट करिअरमा हजार रन पूरा गरेका छन् । सन् २०२१मा सेप्टेम्बर ७ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका आसिफले नेपालका लागि ३२ खेल खेलेका छन् ।

पहिलो विकेटका लागि ओपनरद्वय शेख र कुशल भुर्तेलले ११० रनको साझेदारी गरेका थिए । भुर्तेल ४५ रनमा क्याच आउट हुन पुगे । त्यस्तै, भीम सार्कीले ४४ रन बनाए भने कप्तान रोहितकुमार पौडेलले ३० रन, आरिफ शेखले १५ रन, ज्ञानेन्द्र मल्लले ११ रन जोडे ।

बलिङतर्फ पपुवा न्युगिनीका तीव्र गतिका बलर सेमो कमियाले सर्वाधिक ५ विकेट लिए । त्यस्तै, रिले हेकुरेले ३ विकेट तथा अलि नावले एक विकेट लिए ।

Related

Previous Post

राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित

Next Post

मातातीर्थमा ५० वर्षअघिका तस्बिर प्रदर्शनी

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
मातातीर्थमा ५० वर्षअघिका तस्बिर प्रदर्शनी

मातातीर्थमा ५० वर्षअघिका तस्बिर प्रदर्शनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चीनिया अदालतले नेपाली बैंकलाई काउन्टर ग्यारेन्टीवापतको रकम फिर्ता गर्न आदेश 

सिरहाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ

बिहिबार, अशोज ३, २०८१
निर्यातमा नगद अनुदान सूचारु गर्न महासंघको आग्रह

निर्यातमा नगद अनुदान सूचारु गर्न महासंघको आग्रह

मङ्लबार, अशोज २८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In