Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अभियोग लागेका सांसदलाई अभियोग पुष्टि नहुँदासम्म निलम्बन नगर्न प्रस्ताव

Sambridinews by Sambridinews
शुक्रबार, माघ २७, २०७९
in FEATURED, TOP STORIES
0
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सांसदहरुले कुनै पनि अभियोग लागेका सांसदलाई अभियोग पुष्टि नहुँदासम्म निलम्बन नगर्न प्रस्ताव गरेका छन् ।

फौजदारी अभियोग पत्र दायर भएलगत्तै सांसदको पद निलम्बन हुने कानुनी व्यवस्था छ । यसलाई बदलेर अदालतले दोषी प्रमाणित नगरेसम्म आरोपित सांसदलाई निलम्बन नगर्ने प्रस्ताव सांसदहरुले राखेका हुन् ।

You might also like

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

प्रतिनिधि सभाको नियमावली मस्यौदा समितिमा रहेका सांसदहरुले यो विषयमाथि जमेर छलफल गरेका छन् । तर, निचोड निकाल्न सकेका छैनन् । तथापि, सांसदहरु फरार रहेका सांसदको सेवा सुविधा र पारिश्रमिक रोक्ने विषयमा भने एकमत छन् ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, स्वतन्त्र सांसद अमरेशकुमार सिंह लगायतले कतिपय अवस्थामा झुटा विषयमा समेत आरोप लगाएर अभियोग दर्ता हुन सक्ने भन्दै आरोप पुष्टि नहुँदासम्म पारिश्रमिक नदिने तर, निलम्बन नगर्ने प्रस्ताव राखेका हुन् ।

यसो गर्दा त्यस्तो सांसदले संसदीय कामकारबाहीमा भाग लिन पाउने वा नपाउने, संसदमा हुने भोटिङमा सहभागिता जनाउन पाउने कि नपाउने जस्ता विषयमा समिति सदस्यहरुले छलफल चलाएका छैनन् ।

सांसदहरुको आग्रह अनुसार अदालतको आदेशबाट पुर्पक्षमा रहेको अवस्थामा सांसदलाई सांसदको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुँदैन र त्यस्तो अवधिभर पारिश्रमिक, सेवा र सुविधा पनि स्थगित हुन्छ ।

तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भएर पुर्पक्षको लागि थुनामा रहेकोमा पनि थुनामा रहेको अवधिभर यही प्रावधान लागु हुन्छ । अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्ने अवस्था भएको खण्डमा पनि सांसदले सांसदले थुनामा नबसेको वा फरार रहेको अवस्थामा पनि सांसदको हैसियतले कुनै कार्य गर्न पाउँदैनन् र त्यस्तो सांसदको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुन्छ ।

अर्थात, आरोप लागेको अवधिभर सांसद पद निलम्बनमा नपर्ने सांसदहरुको प्रस्ताव छ । यस प्रस्तावमा नियमावली मस्यौदा समितिमा रहेका ठूला दलका जिम्मेवार नेताहरुले पनि मौन समर्थन जनाएका छन् ।

मुद्दामा दोषी ठहर गरेको अवस्थामा मात्रै सांसद पद निलम्वन हुने व्यवस्था राख्नेमा समितिमा रहेका अधिकांश सांसदहरुले मौन समर्थन जनाएका हुन् ।

उनीहरुको प्रस्ताव अनुसार कुनै सांसदलाई फौजदारी मुद्दामा अदालतको अन्तिम फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नुपर्ने अवधिभर निलम्बन गर्ने, फौजदारी मुद्दामा अदालतको फैसला बमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधिभर निलम्बन गर्ने, कैद भुक्तान गर्न बाँकी रहेमा वा पक्राउ परी कैद भुक्तान नगरेसम्मको अवधिभर त्यस्तो सांसद स्वतः निलम्वनमा पर्ने गरी कानुनी व्यवस्था गर्ने ।

सांसद पद नजाने अभियोगमा निलम्वन फुकुवा भएपछि त्यस्तो सांसदको स्थगित भएको पारिश्रमिक, सेवा र सुविधा पाउने प्रचलित व्यवस्था छ । यसको निरन्तरतामा सांसदहरु एकमत छन् ।

यी लगायतका विषयमा सहमति जुट्न नसकेपछि नियमावली मस्यौदा समितिको म्याद थप भएको छ । माघ १० गते गठित २१ सदस्यीय समितिलाई १५ दिनको समय दिइएको थियो । यसबीचमा मस्यौदा समितिले नियमावलीको मस्यौदामा एकसरो छलफल सकाएको छ ।

समितिका सचिव एकराम गिरीका अनुसार सभामुख देवराज घिमिरे मस्यौदा समितिको म्याद सात दिन थपेका हुन् । तयार मस्यौदाउपर फेरि केही चरण छलफल गरेर अन्तिम रुप दिइने समिति सचिवालयले जनाएको छ ।

मस्यौदा समितिमा सांसदहरु सुवास नेम्वाङ, अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेश बर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सीता गुरुङ, शक्ति बस्नेत, सर्वेन्द्र शुक्ला, सोबिता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही सदस्य छन् ।

Related

Previous Post

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो

Next Post

रग्बी लिग आइतबारदेखि

Sambridinews

Sambridinews

Related Posts

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

by Sambridinews
शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

by Sambridinews
बिहिबार, बैशाख ३, २०८३
Next Post
रग्बी लिग आइतबारदेखि

रग्बी लिग आइतबारदेखि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

निजामती कर्मचारीकाे सिंहदरबार दक्षिण गेटमा धर्ना

प्रशासकीय अदालतको नयाँ नियमले वकिलहरुलाइ असुविधा

बुधबार, चैत्र २५, २०८२
काठमाडौं महानगरपालिका च्याम्पियन

काठमाडौं महानगरपालिका च्याम्पियन

शनिबार, चैत्र २९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In