Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, October 7, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीकाे निर्देशन

Sambridinews by Sambridinews
बुधबार, माघ २५, २०७९
in FEATURED
0
राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीकाे निर्देशन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राजस्व संकलनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि क्रमभंग गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबार राजस्वको अवस्था र चुहावट नियन्त्रण सम्बन्धि छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो, “अर्थतन्त्रको समग्र स्थिति हेर्दा अधिकांश सूचकहरू सकारात्मक हुँदै गएको देखियो । गत पुसदेखि अर्थतन्त्रमा क्रमशः सुधार आएको देखियो । तर, यसको अर्थ नेपाली अर्थतन्त्र संकटमुक्त भइसक्यो भन्ने होइन । राजस्व संकलनमा अहिले पनि केही समस्याहरू छन् । राजस्वको दायरा बढाउने र चुहावट नियन्त्रणको कार्यलाई एकैसाथ अगाडि बढाउन जरूरी छ ।”

You might also like

दसैँ, तिहार र छठका लागि असोज २३ देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्दै

दुबईमा सम्पन्न टीभिएसको अफ्टर-सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान

भाटभटेनीमा किनमेल गर्दा नयाँ ‘टाटा पन्च ईभी’ जित्ने अवसर, सिप्रदी र भाटभटेनीको आकर्षक चाडपर्व योजना

“नीतिगत सुधारको प्रयत्नबाट यी कामहरू अगाडि बढाउन सकिन्छ । चुहावट नियन्त्रणका लागि राजस्व प्रशासनलाई सुदृढ र समन्वयात्मक बनाउनुपर्छ । यसमा हामीले विशेष जोड दिन आवश्यक छ” प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “चुहावट भन्सारमा मात्र छैन, राजस्व संकलनका अन्य क्षेत्रमा पनि यो समस्या छ । यसको दायरा बढाउनुको अर्थ यसको प्रभावकारिता बढाउनु पनि हो । समन्वयात्मक ढंगले अगाडि बढ्दा परिस्थिति बदल्न सकिन्छ ।”

“मैले राजनीतिमा पनि भन्दै आएको छु निरन्तरतामा क्रमभंगता । निरन्तर गइरहेको परिस्थिति क्रमभंग गरिदिएपछि त्यहाँ गति आउँछ, त्यसले नतिजा दिन्छ । राजस्व चुहावट नियन्त्रणका निम्ति पनि यो तरीका प्रभावकारी हुन सक्छ” प्रधानमन्त्रीले भन्नुभयो ।
“राजस्व प्रशासन र नियन्त्रणमा काम गरिरहेका कर्मचारी र सुरक्षाकर्मीले उच्च मनोबल र असल आचरणका साथ काम गर्नुपर्छ” प्रधानमन्त्रीले भन्नुभयो, “प्रविधिको प्रयोग ठीक ढंगले नगरिकन चोरी नियन्त्रण र सुरक्षा प्रबन्ध पनि प्रभावकारी हुन सक्दैन । प्रविधिमैत्री अनुसन्धान र नियन्त्रणको काम जरूरी छ ।”

“राजस्व छली गर्ने ठूलो शक्तिलाई नछुने तर सानालाई मात्र छुन्छन् भन्ने आम गुनासो छ । तसर्थ, अर्थतन्त्रलाई नकारात्मक प्रभाव पार्ने ठूलालाई नियमन र नियन्त्रण गर्न विशेष जोड लगाउनुपर्छ । ठूला बदमासीहरू नियन्त्रण गरेपछि साना बदमासीहरू क्रमशः न्यूनिकरण हुन्छन् । तपाईहरूले देश र अर्थतन्त्रको हितमा कदम चाल्नुस् । राज्य निरिह छैन, गलत काम गर्ने कसैलाई पनि छोड्दैन भन्ने प्रष्ट दिनुस्” निर्देशित गर्दै प्रधानमन्त्रीले भन्नुभयो ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राजस्व संकलन र चुहावटका क्षेत्रमा हुनसक्ने सम्भावित मिलेमतोलाई चेन ब्रेक गर्ने गरी कार्यविभाजन गर्न निर्देशन दिइसकेको जानकारी दिनुभयो । सो क्रममा मितव्ययिता र खर्च कटौतीको विषयलाई गम्भीरतापूर्वक लिएर सोहीअनुरूप कार्ययोजना र कार्यान्वयनमा लैजान आफूले मेहेनत गरिरहेको मन्त्री पौडेलले बताउनुभयो ।
बैठकमा राजस्वसँग सम्बन्धित सरकारी निकायका प्रमुखहरूले देशको अर्थतन्त्रको आजको अवस्था, अर्थतन्त्रका चुनौतीहरू, राजस्व संकलनको अवस्था, राजस्व चुहावट नियन्त्रणमा सरकारले चाल्नुपर्ने कदम र आगामी कार्ययोजनाबारे प्रस्तुति राख्नुभएको थियो ।

Related

Previous Post

नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश

Next Post

देशको पहाडी भू-भागमा आंशिक बदली

Sambridinews

Sambridinews

Related Posts

दसैँ, तिहार र छठका लागि असोज २३ देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्दै
FEATURED

दसैँ, तिहार र छठका लागि असोज २३ देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्दै

by Sambridinews
बुधबार, अशोज २१, २०८३
दुबईमा सम्पन्न टीभिएसको अफ्टर-सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान
FEATURED

दुबईमा सम्पन्न टीभिएसको अफ्टर-सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
भाटभटेनीमा किनमेल गर्दा नयाँ ‘टाटा पन्च ईभी’ जित्ने अवसर, सिप्रदी र भाटभटेनीको आकर्षक चाडपर्व योजना
FEATURED

भाटभटेनीमा किनमेल गर्दा नयाँ ‘टाटा पन्च ईभी’ जित्ने अवसर, सिप्रदी र भाटभटेनीको आकर्षक चाडपर्व योजना

by Sambridinews
मङ्लबार, अशोज २०, २०८३
नेपाल ल्यूब आयल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा सम्पन्न,शेयरधनीलाई १५% बोनस र ६.०५२६% नगद लाभांश घोषणा
FEATURED

नेपाल ल्यूब आयल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा सम्पन्न,शेयरधनीलाई १५% बोनस र ६.०५२६% नगद लाभांश घोषणा

by Sambridinews
सोमवार, अशोज १९, २०८३
‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी
FEATURED

‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी

by Sambridinews
सोमवार, अशोज १९, २०८३
Next Post
देशभरी चिसाे बढ्दै

देशको पहाडी भू-भागमा आंशिक बदली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल सन् २०२६ सम्म विद्युतमा आत्मनिर्भर बन्ने कुलमानकाे दाबी

कुलमान हटाउन फेरी स्पष्टीकरण सोध्ने तयारी

बिहिबार, फाल्गुन २२, २०८१
दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

बुधबार, चैत्र ६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दसैँ, तिहार र छठका लागि असोज २३ देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्दै
FEATURED

दसैँ, तिहार र छठका लागि असोज २३ देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्दै

बुधबार, अशोज २१, २०८३
टेबलटेनिसका तेजेन्द्र सिंह महरा जापानमा हुने ५औँ एसियाली पारा गेम्सका लागि ITO नियुक्त
TOP STORIES

टेबलटेनिसका तेजेन्द्र सिंह महरा जापानमा हुने ५औँ एसियाली पारा गेम्सका लागि ITO नियुक्त

मङ्लबार, अशोज २०, २०८३
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
TOP STORIES

पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न

मङ्लबार, अशोज २०, २०८३
सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा
TOP STORIES

सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो कात्तिकमा

मङ्लबार, अशोज २०, २०८३
पशुपतिनाथमा गैर-हिन्दू प्रवेशको भिडियो सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्को ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग
TOP STORIES

पशुपतिनाथमा गैर-हिन्दू प्रवेशको भिडियो सार्वजनिक भएपछि विश्व हिन्दू परिषद्को ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग

मङ्लबार, अशोज २०, २०८३
आदिवासी र खेल क्षेत्रको उत्थानका लागि उम्मेदवारी : शेर्पा
TOP STORIES

आदिवासी र खेल क्षेत्रको उत्थानका लागि उम्मेदवारी : शेर्पा

मङ्लबार, अशोज २०, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In