Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, September 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

Sambridinews by Sambridinews
बिहिबार, अशोज ८, २०८३
in TOP STORIES, जीवन शैली, समाचार
0
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको छ। काठमाडौँस्थित भिभान्तामा आयोजित एक कार्यक्रमका बीच सुरु गरिएको यस सुविधाले कर्जा लिन आवश्यक लामो प्रक्रिया, कागजी काम तथा भौतिक उपस्थितिलाई सहज बनाउने उद्देश्य राखेको छ।

कार्यक्रममा इसेवा, सिटिजन्स बैंक इन्टरनेसनल, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, विकास साझेदार संस्था, अपाङ्गता भएका व्यक्ति तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूको उपस्थिति थियो।

You might also like

नाडा र भन्सार विभागबीच हालैको बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल

सिलिंक्स होलिडेज बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनर

चितवन राइनोजले सार्वजनिक गर्यो ‘गैंडा ग्याङ’, नेपाल प्रिमियर लिग सिजन ३ को पहिलो र्‍याप

‘स्वावलम्बन कर्जा’मार्फत योग्य अपाङ्गता भएका व्यक्तिहरूले इसेवा एपबाटै कर्जाका लागि आवेदन दिन सक्नेछन्। यस सुविधाअन्तर्गत रु १० हजारदेखि रु २ लाखसम्म कर्जा लिन सकिनेछ। कर्जाको ब्याजदर वार्षिक ९.९९ प्रतिशत र प्रशोधन शुल्क ०.७५ प्रतिशत रहेको छ। योग्य प्रयोगकर्ताले इसेवा एपको गृहपृष्ठमा रहेको ‘स्वावलम्बन कर्जा’ ब्यानरमा क्लिक गरी आवेदन प्रक्रिया पूरा गर्न सक्नेछन्।

कर्जाका लागि प्रयोगकर्ताको इसेवा खाता केवाईसी प्रमाणित भएको, नेपाल सरकारबाट जारी अपाङ्गता परिचयपत्र भएको, कम्तीमा ६ महिनादेखि इसेवा प्रयोग गर्दै आएको तथा तलब वा व्यवसायबाट नियमित आम्दानी हुने हुनुपर्नेछ। कर्जा स्वीकृति सम्बन्धित मूल्याङ्कन तथा लागू हुने नियम बैंकको सर्तअनुसार हुनेछ।

कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले ‘स्वावलम्बन कर्जा’मार्फत डिजिटल प्रविधिको प्रयोग गर्दै अपाङ्गता भएका व्यक्तिहरूका लागि कर्जामा पहुँचलाई सरल र सहज बनाउन खोजिएको बताउनुभयो। उहाँले भन्नुभयो, “यसले उहाँहरूलाई वित्तीय सेवामा थप सहज रूपमा सहभागी हुन सहयोग पुग्ने विश्वास लिएका छौँ। स्वावलम्बन कर्जा एउटा उत्पादन मात्र नभएर एउटा अवधारणाको सुरुवात हो। कुनै पनि व्यक्तिको वित्तीय पहुँच उसको शारीरिक अवस्थाका कारण सीमित हुनु हुँदैन।”

त्यस्तै, सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख सञ्चालन अधिकृत रोशन मानन्धरले अपाङ्गता भएका व्यक्तिहरूको औपचारिक कर्जामा पहुँच विस्तार गर्न इसेवासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो।

उहाँले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिहरूलाई औपचारिक कर्जामा पहुँच विस्तार गर्न इसेवासँग सहकार्य गर्न पाउँदा हामी खुसी छौँ। स्वावलम्बन कर्जाले उहाँहरूको व्यक्तिगत तथा आर्थिक आवश्यकतालाई सहयोग गर्ने वित्तीय समाधान उपलब्ध गराउने अपेक्षा गरेका छौँ। हामीले केही फरक र नयाँ गरौँ भन्ने सोचिरहेका थियौँ। इसेवाले ल्याएको यो अभियानमा सहकार्य गर्न पाउँदा अत्यन्तै गौरव लागेको छ। यसले एक प्रकारको इकोसिस्टम नै सिर्जना गरोस् भन्ने मेरो चाहना छ।”

कार्यक्रममा संस्थाका नेतृत्वको मन्तव्यसँगै ‘स्वावलम्बन कर्जा’ सुविधाबारे जानकारी, प्रत्यक्ष कर्जा वितरण, एक सहभागीको अनुभव तथा यस पहलसम्बन्धी वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो।

Related

Previous Post

नाडा र भन्सार विभागबीच हालैको बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल

Sambridinews

Sambridinews

Related Posts

नाडा र भन्सार विभागबीच हालैको बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
TOP STORIES

नाडा र भन्सार विभागबीच हालैको बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
सिलिंक्स होलिडेज बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनर
TOP STORIES

सिलिंक्स होलिडेज बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनर

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
चितवन राइनोजले सार्वजनिक गर्यो ‘गैंडा ग्याङ’, नेपाल प्रिमियर लिग सिजन ३ को पहिलो र्‍याप
TOP STORIES

चितवन राइनोजले सार्वजनिक गर्यो ‘गैंडा ग्याङ’, नेपाल प्रिमियर लिग सिजन ३ को पहिलो र्‍याप

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
नेपाल चेम्बर अफ कमर्सद्वारा उद्योग मन्त्रीलाई ‘व्यापारिक उधारो असुली विधेयक’ को मस्यौदा हस्तान्तरण
FEATURED

नेपाल चेम्बर अफ कमर्सद्वारा उद्योग मन्त्रीलाई ‘व्यापारिक उधारो असुली विधेयक’ को मस्यौदा हस्तान्तरण

by Sambridinews
बिहिबार, अशोज ८, २०८३
सिन्धुलीमा ४ दिनका लागि  शैक्षिक संस्था बन्द
FEATURED

अविरल वर्षाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै विद्यालयमा बिदा दिने निर्णय

by Sambridinews
बिहिबार, अशोज ८, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि

भन्सार दर घटेपछि आज सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँले सस्ताे

सोमवार, मंसिर १०, २०८१
इलाम क्षेत्र नम्बर २ मा ६० प्रतिशत मतदान

इलाम क्षेत्र नम्बर २ मा ६० प्रतिशत मतदान

शनिबार, बैशाख १५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
TOP STORIES

इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

बिहिबार, अशोज ८, २०८३
नाडा र भन्सार विभागबीच हालैको बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
TOP STORIES

नाडा र भन्सार विभागबीच हालैको बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल

बिहिबार, अशोज ८, २०८३
सिलिंक्स होलिडेज बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनर
TOP STORIES

सिलिंक्स होलिडेज बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनर

बिहिबार, अशोज ८, २०८३
चितवन राइनोजले सार्वजनिक गर्यो ‘गैंडा ग्याङ’, नेपाल प्रिमियर लिग सिजन ३ को पहिलो र्‍याप
TOP STORIES

चितवन राइनोजले सार्वजनिक गर्यो ‘गैंडा ग्याङ’, नेपाल प्रिमियर लिग सिजन ३ को पहिलो र्‍याप

बिहिबार, अशोज ८, २०८३
नेपाल चेम्बर अफ कमर्सद्वारा उद्योग मन्त्रीलाई ‘व्यापारिक उधारो असुली विधेयक’ को मस्यौदा हस्तान्तरण
FEATURED

नेपाल चेम्बर अफ कमर्सद्वारा उद्योग मन्त्रीलाई ‘व्यापारिक उधारो असुली विधेयक’ को मस्यौदा हस्तान्तरण

बिहिबार, अशोज ८, २०८३
सिन्धुलीमा ४ दिनका लागि  शैक्षिक संस्था बन्द
FEATURED

अविरल वर्षाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै विद्यालयमा बिदा दिने निर्णय

बिहिबार, अशोज ८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In