काठमाडौं जेठ २३ , नेपालको बाघ भैरव डोजोले १८ औं इन्डो–नेपाल खुला कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ७ स्वर्ण, ३ रजत र २ कांस्यसाथ बाघ भैरव समग्रमा टिम च्याम्पियन बन्यो ।
मित्रपार्कस्थित आयोजक टेक्सास इन्टरनेसनल कलेजमा भएको प्रतियोगितामा ६ स्वर्ण, ७ रजत र २३ कांस्यसहित भारत दोश्रो भयो । तेश्रो स्थानमा रहेको नेपालको ठैब डोजोले ४ स्वर्ण र १ कांस्य हात पा¥यो ।
नेपाल गोजुकाइ कराते डो संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको पुरुषमा अरनिको डोजोका रोशन खत्री तथा महिलामा चिल्ड्रेन मोडेल माविकी अयुष्मा मगर उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई काठमाडौं महानगरपालिका प्रवक्ता समेत रहेका वडा १७ का अध्यक्ष नवीन मानन्धर, आयोजक टेक्सासका कार्यकारी अध्यक्ष भेषराज पोखरेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा काठमाडौं महानगरपालिका वडा ७ का अध्यक्ष विमलकुमार होडा र समाजसेवी सुनिल शाहीलाई सम्मान गरिएको थियो ।
दुईदिने प्रतियोगितामा नेपालबाट २ सय ३२ र भारतबाट २२ गरी जम्मा २ सय ५४ खेलाडीले २२ स्पर्धामा प्रतिस्पर्धा गरेको गोजुकाइ कराते डो संघका महासचिव समेत रहेका प्रतियोगिता संयोजक इन्द्रबहादुर शाही खड्गेले जनाएका छन् ।

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:












