Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, August 8, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह

Sambridinews by Sambridinews
शनिबार, साउन २, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
युवाहरूलाई स्वदेशमै बसेर उद्यम गर्न चेम्बर अध्यक्ष अग्रवालको आग्रह
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, साउन २। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले युवाहरूलाई विदेश पलायनभन्दा स्वदेशमै बसेर उद्यम गर्न आग्रह गरेका छन्।

सोफा हब काठमाडौं प्रा.लि.को छैटौँ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै अध्यक्ष अग्रवालले सोफा हबलाई युवा उद्यमशीलता, स्वदेशी उत्पादन तथा सफल ब्रान्ड निर्माणको उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत गरे। उनले नेपालमै बसेर पनि सफल व्यवसाय निर्माण गर्न सकिने सन्देश सोफा हबले दिएको उल्लेख गर्दै अन्य युवालाई पनि स्वदेशमै अवसर सिर्जना गर्दै उद्यमशीलताको बाटो रोज्न प्रेरित गरे।

You might also like

याडियाद्वारा नेपालमा नयाँ GS70, GT70 र GT80 विद्युतीय स्कुटर सार्वजनिक; NAIMA अटो शोसम्म रु. १० हजार विशेष छुट

मिस मेनुका : एक संवेदनशील यौनकर्मी

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

अध्यक्ष अग्रवालले छोटो अवधिमै देशभर ११ वटा शाखामार्फत सेवा विस्तार गर्न सफल हुनु योजनाबद्ध व्यवस्थापन, गुणस्तरीय उत्पादन, ग्राहकप्रतिको प्रतिबद्धता तथा निरन्तर परिश्रमको परिणाम भएको उल्लेख गरे। साथै, हेटौंडा औद्योगिक क्षेत्रमा स्थापना गरिएको फोम उद्योगले आयात प्रतिस्थापन, स्थानीय उत्पादन प्रवर्द्धन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

अग्रवालले उद्योग तथा व्यापारको दिगो विकासका लागि नीतिगत स्थिरता, लगानीमैत्री वातावरण तथा सरकार–निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नेपाल चेम्बर अफ कमर्सले निजी क्षेत्रका समस्या समाधान, स्वदेशी उद्योगको प्रवर्द्धन, स्टार्टअप तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न निरन्तर पहल गरिरहेको जानकारी दिए। उनले बजेट तथा मौद्रिक नीतिसम्बन्धी सुझाव सरकारसमक्ष प्रस्तुत गरिएको र प्रधानमन्त्रीसँगको भेटमा निजी क्षेत्रका समस्या, नीतिगत सुधार तथा आर्थिक गतिविधि चलायमान बनाउने विषयमा छलफल भएको बताए। उनले ‘मेड इन नेपाल’ उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने दिशामा सोफा हब अझ प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा कम्पनीका अध्यक्ष तारालाल धरेलले कर्मचारी, ग्राहक तथा शुभेच्छुकहरूको निरन्तर साथ र विश्वासकै कारण सोफा हब छोटो समयमै स्थापित ब्रान्ड बन्न सफल भएको बताए। उनले जनकपुरमा कम्पनीको १२औँ शाखा सञ्चालनको तयारी पूरा भइसकेको र दाङमा पनि छिट्टै नयाँ शाखा विस्तार गरिने जानकारी दिए। गुणस्तरीय सेवा, ग्राहक सन्तुष्टि तथा नेपाली उत्पादनलाई प्राथमिकतामा राख्दै कम्पनी अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हिमेश पन्त, आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुर्चुङ तामाङ, काठमाडौं उद्योग वाणिज्य संघका महासचिव प्रेमहरि मैनाली, हास्य कलाकार सन्दीप क्षेत्री, वरिष्ठ पर्यटन व्यवसायी एवं समाजसेवी रामप्रसाद सापकोटा, स्थानीय जनप्रतिनिधि अनिल थापा तथा कन्टेन्ट क्रियेटर सम्राट अधिकारीले पनि शुभकामना व्यक्त गर्दै सोफा हबले कोभिड–१९ महामारी, आगलागीलगायत चुनौतीपूर्ण परिस्थितिलाई सामना गर्दै छोटो समयमै नेपालको अग्रणी फर्निचर ब्रान्डका रूपमा आफूलाई स्थापित गर्न सफल भएको बताए।

वार्षिकोत्सवका अवसरमा रातोपाटी डटकमका समाचार सहायक सम्पादक राजकुमार सिग्देललाई नगद २० हजार रुपैयाँसहित सम्मान गरिएको थियो। साथै, कन्टेन्ट क्रियेटर भिडियो प्रतियोगितामा अनिश चापागाईं प्रथम हुँदै नगद एक लाख रुपैयाँ, टिम ४४४ द्वितीय हुँदै ५० हजार रुपैयाँ तथा सागर पाण्डे र श्रीजन श्रेष्ठ संयुक्त रूपमा तृतीय हुँदै जनही २५ हजार रुपैयाँ नगदसहित पुरस्कृत भएका थिए।

कार्यक्रममा विभिन्न कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहेको थियो। कर्मचारी परिवार, उद्योगी-व्यवसायी, पत्रकार तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिताबीच वार्षिकोत्सव सम्पन्न भएको थियो।

Related

Previous Post

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

Next Post

एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान

Sambridinews

Sambridinews

Related Posts

याडियाद्वारा नेपालमा नयाँ GS70, GT70 र GT80 विद्युतीय स्कुटर सार्वजनिक; NAIMA अटो शोसम्म रु. १० हजार विशेष छुट
FEATURED

याडियाद्वारा नेपालमा नयाँ GS70, GT70 र GT80 विद्युतीय स्कुटर सार्वजनिक; NAIMA अटो शोसम्म रु. १० हजार विशेष छुट

by Sambridinews
शुक्रबार, साउन २२, २०८३
मिस मेनुका : एक संवेदनशील यौनकर्मी
FEATURED

मिस मेनुका : एक संवेदनशील यौनकर्मी

by Sambridinews
शुक्रबार, साउन २२, २०८३
सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश
TOP STORIES

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

by Sambridinews
बिहिबार, साउन २१, २०८३
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल
TOP STORIES

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल

by Sambridinews
बिहिबार, साउन २१, २०८३
पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्
TOP STORIES

पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्

by Sambridinews
बुधबार, साउन २०, २०८३
Next Post
एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान

एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अतिवादले स्वीकार्न नसकेकाे सरकारको त्यो नियुक्ति

अतिवादले स्वीकार्न नसकेकाे सरकारको त्यो नियुक्ति

मङ्लबार, पुस १०, २०८०
पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

आइतवार, माघ १, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

याडियाद्वारा नेपालमा नयाँ GS70, GT70 र GT80 विद्युतीय स्कुटर सार्वजनिक; NAIMA अटो शोसम्म रु. १० हजार विशेष छुट
FEATURED

याडियाद्वारा नेपालमा नयाँ GS70, GT70 र GT80 विद्युतीय स्कुटर सार्वजनिक; NAIMA अटो शोसम्म रु. १० हजार विशेष छुट

शुक्रबार, साउन २२, २०८३
मिस मेनुका : एक संवेदनशील यौनकर्मी
FEATURED

मिस मेनुका : एक संवेदनशील यौनकर्मी

शुक्रबार, साउन २२, २०८३
सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश
TOP STORIES

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

बिहिबार, साउन २१, २०८३
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल
TOP STORIES

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल

बिहिबार, साउन २१, २०८३
पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्
TOP STORIES

पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्

बुधबार, साउन २०, २०८३
देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा
FEATURED

देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा

बुधबार, साउन २०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In