जेठ २४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुली जिल्ला प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट अविनाश बस्नेतको नेतृत्वमा नयाँ कर्यासमिति चयन भएको छ ।
उपसभापतिमा दिलिपजंग थापा र सचिवमा लालप्रसाद देवकोटा निर्वाचित हुनुभएको छ । त्यसैगरी सहसचिवमा दिनेश प्रसाद देवकोटा निर्वाचित हुनुभएको छ । खुला सदस्यमा
दिवस पहाडी, दलित सदस्यमा कुमार रसाइली निर्वाचित हुनुभएको छ । थप एक सदस्य बाँकी राखिएको छ ।
रास्वपा सिन्धुलीमा सर्वसम्मतिको प्रयास गरेपनि अन्तिममा निर्वाचन मार्फत नेतृत्व चयन गरिएको सचिव एलपी देवकाेटाले बताउनुभयाे ।
रास्वपाले केन्द्रीय अधिवेशनका लागि सबै जिल्लाहरुमा शुक्रबार र शनिबार जिल्ला अधिवेशन आयोजना गरेको छ । अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूमा पनि जतिसक्दाे छिटाे अधिवेशन सक्ने तयारी गरिएकाे छ ।














