१८ वैशाख, रुकुम । बिहीबार रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्रकुमार विश्वकर्माका अनुसार ज्यान गुमाएका २० जनाकै सनाखत भएको हो ।
बिहीबार रोल्पाको जलजलामा वैशाख पूर्णिमाका अवसर लाग्ने मेलामा सहभागी हुन गएकाहरू चढेको लु १ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो । ज्यान गुमाउनेहरू सिस्ने गाउँपालिका वडा नम्बर ५ टाकुरा गाउँका, घोराही उपमहानगरपालिका- १५, रतनपुर, दाङका र भूमे गाउँपालिका रुकुमपूर्वका छन् ।















