Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, September 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

Sambridinews by Sambridinews
शनिबार, चैत्र ७, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण गरेको छ । आश्रममा शुक्रवार आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले उक्त सेवा वाहन आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका हुन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रमलाई सेवा वाहन हस्तान्तरण गरेको जनाइएको छ। 

कार्यक्रममा स्वागत मन्तव्य राख्दै जनकपुरस्थित आश्रमका अभिभावक पवन सिंघानियाले आश्रमको सेवाप्रवाह तथा दैनिक कार्य गर्न कठिनाइ भइरहेको अवस्थामा बैंकबाट प्राप्त सेवा वाहनका कारण  थप सहज हुनेमा विश्वास व्यक्त गरे । 
बैंकका सिइओ ज्ञवालीले सडक आश्रित मानवहरुको उचित व्यस्थापनका लागि आश्रमले गरेको कार्य सराहनीय भएको बताए । यस पुनित कार्यमा बैंकले पनि सहयोग गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ । 

You might also like

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि

इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा

उनले मानवजातिका सेवा र हितसँग जोडिएका हरेक काम गर्न नबिल बैंक सधै तयार रहेको उल्लेख गर्दै मानवसेवा आश्रमलाई सहयोग गर्न पाउनु समाजप्रतिको दायित्व वहन गर्नु जस्तै भएकाले भविष्यमा पनि यस्ता कार्यका लागि साझेदारी गर्न बैंक तयार रहेको धारणा राखे । 

मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले सेवा वाहन (अटो) को अभावमा जनकपुरमा रहेको आश्रममा दैनिक कार्य गर्न तथा लक्षित मानवहरुलाई सेवा दिन कठिन भइरहेको अनुभव सुनाए । यस्तो अवस्थामा नबिल बैंकद्वारा सहयोगस्वरुप प्राप्त सेवा वाहनबाट उक्त सेवालाई सहज र शीघ्र बनाउन सहयोग पुग्ने उनले बताए । 
‘सडक आश्रित मानवको उद्धार तथा आश्रममा दिने दैनिक सेवा तथा सहयोगमा समस्या बेहोरिरहेका थियौं । सेवा वाहन (अटो) प्राप्त भएपछि यो सेवालाई सहज  बनाउन सकिने विश्वास लिएका छौं । यस पुण्य कार्यका लागि नबिल बैंकप्रति हामी आभारी छौं,’  उनले भने । 

नबिल बैंकले यसअघि पनि मानवसेवा आश्रमलाई दुईवटा उद्धार वाहन उपलब्ध गराएको थियो ।

घरपरिवार र आफन्तविहीन खुला आकाशमुनी वेवारिसे रुपमा अति कष्टपूर्ण जीवन बिताउन विवश सहयोगपेक्षी सडक आश्रित मानवलाई न्यूनतम मानवीय सेवा उपलब्ध गराई मर्यादित जीवन जीउने आधार सुनिश्चित गर्ने उद्देश्यका साथ मानवसेवा आश्रम २०६० सालदेखि सञ्चालन गरिएको हो । यस आश्रमले सातै वटा प्रदेशमा आफ्नो सेवा केन्द्र विस्तार गरी करिब १३ हजारलाई उद्घार गरिसकेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष अति आवश्यक भएका मानवीय सहायतालाई प्राथमिकतामा राख्ने गरेको छ । मानिसको जीवन बचाउने र मर्यादित जीवनको  सुनिश्चितता गर्ने कार्य केवल सहयोग मात्र नभएर सन्देश पनि हुने भावनाबाट  बैंकले यस किसिमका अति आवश्यकता भएका क्षेत्रमा नबिले सधै हातेमालो गर्ने गरेको छ ।

नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंक हो । नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ । नबिल एसएसई मार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजना मार्फत दिगो विकासमा योगदान पु¥याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ।

Related

Previous Post

शनिबार इस्लाम धर्मावलम्बीहरूको इद पर्व

Next Post

जेडटिई रेडम्याजिक ११ प्रो चाँडै नेपाली बजारमा आउँदै 

Sambridinews

Sambridinews

Related Posts

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 
TOP STORIES

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 

by Sambridinews
सोमवार, अशोज ५, २०८३
पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि
TOP STORIES

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि

by Sambridinews
सोमवार, अशोज ५, २०८३
इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा
TOP STORIES

इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा

by Sambridinews
सोमवार, अशोज ५, २०८३
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’
TOP STORIES

गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’

by Sambridinews
सोमवार, अशोज ५, २०८३
एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ
TOP STORIES

एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ

by Sambridinews
सोमवार, अशोज ५, २०८३
Next Post
जेडटिई रेडम्याजिक ११ प्रो चाँडै नेपाली बजारमा आउँदै 

जेडटिई रेडम्याजिक ११ प्रो चाँडै नेपाली बजारमा आउँदै 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गैरसांसद रविलाई गृहमन्त्री नियुक्त गर्न रास्वपाटिको प्रधानमन्त्रीलाई दुई दिनकाे समय

गैरसांसद रविलाई गृहमन्त्री नियुक्त गर्न रास्वपाटिको प्रधानमन्त्रीलाई दुई दिनकाे समय

शुक्रबार, माघ २०, २०७९
संक्रमणकालीन न्याय जटिल प्रक्रिया रहेको राष्ट्रसंघका महासचिव गुटेरेसको भनाई

संक्रमणकालीन न्याय जटिल प्रक्रिया रहेको राष्ट्रसंघका महासचिव गुटेरेसको भनाई

बुधबार, कार्तिक १५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 
TOP STORIES

बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’ 

सोमवार, अशोज ५, २०८३
पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि
TOP STORIES

पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि

सोमवार, अशोज ५, २०८३
इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा
TOP STORIES

इनड्राइभको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ १५ सय बढी ड्राइभर पार्टनरद्वारा पूरा

सोमवार, अशोज ५, २०८३
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’
TOP STORIES

गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – ‘मनैदेखि WOW!’

सोमवार, अशोज ५, २०८३
एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ
TOP STORIES

एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ

सोमवार, अशोज ५, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा २० करोडको राहतसँगै निःशुल्क इन्टरनेट, सिम र सञ्चार सेवा विस्तार

सोमवार, अशोज ५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In