Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, April 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु

Sambridinews by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
in FEATURED, TOP STORIES, प्रवास, समाचार
0
एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

अध्यक्षका उम्मेदवार रोविन शेरचन काठमाडौँमा
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनको मिति नजिकिएसँगै संघीय राजधानी काठमाडौँमा चुनावी चहलपहल तीव्र बनेको छ। फागुन ३० गतेदेखि सुरु हुने महाधिवेशनका लागि एनआरएनए अभियन्ताहरू काठमाडौँमा भेला हुन थालेका छन्।
संघभित्र महाधिवेशन र नेतृत्व चयनका सन्दर्भमा विभिन्न विवादहरू सतहमा देखिए पनि चुनावी तयारी निर्वाचन समितिले रोकेको छैन । यही क्रममा अध्यक्षका आकांक्षी रोविन शेरचन शनिबार जापानबाट काठमाडौँ आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनएका उपमहासचिव प्रवीन गुरुङसहितका अभियन्ताहरूले स्वागत गरेका थिए। शेरचनका साथै अन्य देशका कैयौँ प्रतिनिधिहरू पनि महाधिवेशनमा भाग लिन नेपाल आइसकेका छन्।
विशेषगरी एनआरएनएको डेलिगेट्स चयन लगायतका प्राविधिक र कानुनी विषयमा सहमति नजुट्दा तोकिएको समयमा महाधिवेशन हुने कि नहुने भन्ने विषयमा अझै अन्योलता कायम छ। अध्यक्षका उम्मेदवार शेरचनले पनि विवादित विषयहरूलाई पहिले सम्बोधन गरेर मात्रै एकताको महाधिवेशन गरिनुपर्ने अडान राख्दै आएका छन्। उनले केही दिनअघि मात्रै संस्था बचाउन र एकता कायम गर्न एक सार्वजनिक अपिल समेत जारी गरेका थिए।

यसैबीच, शनिबार नै एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को बैठक बसेको छ। बैठकमा मध्यपूर्वको तनाव लगायतका समस्याका कारण अनलाइनबाटै उम्मेदवारी दर्ता गर्ने विशेष व्यवस्थाबारे छलफल भएको छ। यस सम्बन्धमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराउने निर्णय भएको छ।
बैठकमा सहभागी अधिकांश अभियन्ताहरूले विवाद समाधान नभए अक्टोबरमै महाधिवेशन सार्न वा सहमतिका आधारमा नेतृत्व चयन गर्न सुझाव दिएका थिए। यद्यपि, अध्यक्ष बद्री केसीले भने तोकिएकै मितिमा महाधिवेशन गर्ने निर्णय गराएका छन्।
नयाँ नेतृत्वका लागि रोविन शेरचन र वर्तमान उपाध्यक्ष हेमराज शर्माबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। तर, संस्थालाई थप विभाजनबाट जोगाउन र एकता कायम गर्न हेमराज शर्माभन्दा शेरचनको नाममा सहमति जुटाएर सर्वसम्मत नेतृत्व चयन गर्न धेरैजसो अभियन्ताहरूले सुझाव दिएका छन्।

You might also like

टेकपाइलाको एसोसिएट डाइरेक्टरमा चिरञ्जीवी अधिकारी नियुक्त

अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा 

शेरचनले आफू सबैलाई मिलाउन सक्ने साझा व्यक्ति भएको भन्दै अहिलेको अवस्थामा चुनाव नगरी आफ्नो नाममा सहमति गरिनुपर्ने बताए । उनले यदि सहमति नहुने हो भने निर्वाचनकै माध्यमबाट पनि चुनाव जित्ने सहज रहेको भन्दै त्यसका लागि तयार रहेको बताए । शेरचनले भौतिक उपस्थितिमै महाधिवेशन सबैभन्दा उत्तम रहेको समेत बताउँदै आएका छन् ।

Related

Previous Post

नारी दिवसका अवसरमा चन्द्रागिरी हिल्सले १५ प्रतिशत छुट

Next Post

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

Sambridinews

Sambridinews

Related Posts

टेकपाइलाको एसोसिएट डाइरेक्टरमा चिरञ्जीवी अधिकारी नियुक्त
TOP STORIES

टेकपाइलाको एसोसिएट डाइरेक्टरमा चिरञ्जीवी अधिकारी नियुक्त

by Sambridinews
बुधबार, बैशाख ९, २०८३
अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने
TOP STORIES

अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने

by Sambridinews
मङ्लबार, बैशाख ८, २०८३
सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा 
TOP STORIES

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा 

by Sambridinews
मङ्लबार, बैशाख ८, २०८३
विदेशी केराको आयात रोक्न  सरकारसँग केरा उत्पादक महासंघको माग
TOP STORIES

विदेशी केराको आयात रोक्न सरकारसँग केरा उत्पादक महासंघको माग

by Sambridinews
मङ्लबार, बैशाख ८, २०८३
नाडा र वाणिज्य विभागबीच अटोमोवाइलमा अधिकतम मूल्य स्टिकर अनिवार्य गर्ने विषयमा छलफल
FEATURED

नाडा र वाणिज्य विभागबीच अटोमोवाइलमा अधिकतम मूल्य स्टिकर अनिवार्य गर्ने विषयमा छलफल

by Sambridinews
मङ्लबार, बैशाख ८, २०८३
Next Post
रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

वडाले दिने सेवासुविधा बारेमा सार्वजनिक सुनुवाइ सम्पन्न

वडाले दिने सेवासुविधा बारेमा सार्वजनिक सुनुवाइ सम्पन्न

शनिबार, जेष्ठ ६, २०८०
भक्तपुर र मकवानपुरलाई रग्बी उपाधि

भक्तपुर र मकवानपुरलाई रग्बी उपाधि

शनिबार, जेष्ठ १३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टेकपाइलाको एसोसिएट डाइरेक्टरमा चिरञ्जीवी अधिकारी नियुक्त
TOP STORIES

टेकपाइलाको एसोसिएट डाइरेक्टरमा चिरञ्जीवी अधिकारी नियुक्त

बुधबार, बैशाख ९, २०८३
अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने
TOP STORIES

अन्तरालद्वारा एकल फोटो प्रदर्शनी आयोजना गरिने

मङ्लबार, बैशाख ८, २०८३
सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा 
TOP STORIES

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा 

मङ्लबार, बैशाख ८, २०८३
विदेशी केराको आयात रोक्न  सरकारसँग केरा उत्पादक महासंघको माग
TOP STORIES

विदेशी केराको आयात रोक्न सरकारसँग केरा उत्पादक महासंघको माग

मङ्लबार, बैशाख ८, २०८३
नाडा र वाणिज्य विभागबीच अटोमोवाइलमा अधिकतम मूल्य स्टिकर अनिवार्य गर्ने विषयमा छलफल
FEATURED

नाडा र वाणिज्य विभागबीच अटोमोवाइलमा अधिकतम मूल्य स्टिकर अनिवार्य गर्ने विषयमा छलफल

मङ्लबार, बैशाख ८, २०८३
महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल
FEATURED

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल

मङ्लबार, बैशाख ८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In