फागुन १४, काठमाडौं । (नेकपाक) नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले कसैसंग चुनावी तालमेल नगर्ने स्पष्ट पारेको छन् ।
बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संयोजक दाहालले नेकपाले गठबन्ध गर्दैछ भन्ने सूचना भ्रामक भएकाे बताएका छन् । महागठबन्धनको बलमा भदौ २३ गते नवयुवाहरुमाथि भएको हत्याको आत्माचोलना समेत नभएको भन्दै यही अवस्थामा गठबन्धन नहुने उनले स्पष्ट पारे ।
संयोजक दाहालले सामाजिक सञ्जालमा मिथ्या सूचनका धेरै अाउने गरेकाे भन्दै मुलधारका मिडियाले त्यसलाइ सच्याउनुपर्ने समेत धारणा राखे ।















