माघ ८, काठमाडौं । सिन्धुली २ मा स्वतन्त्रत उम्मेदवारी दिएका नेकपाका महेश्वर दाहाल सहितका जिल्ला नेतृत्वलाइ प्रचण्डले वर्तामा बोलाएका छन् ।
जिल्ला पार्टी नेतृत्वले सिफारिस गरेका व्यक्तिलाई अवमुल्यन गर्दै फरक व्यक्तिलाइ पार्टीले टिकट दिएपछि वरिष्ठ नेता हरिबोल गजुरेल सहित जिल्ला नेतृत्वको समर्थनमा नेता तथा जनापत्रकार महेश्वर दाहाललाई उम्मेदवारी दिएका थिए ।
यस क्षेत्रमा पार्टीले पूर्व संसाद राजन दाहालालई टिकट दिएको छ ।
पार्टी संयोजक प्रचण्ड र उनको परिवारलाई प्रभावित बनाएर राजन दाहालले टिकट पाएको स्थानीय नेता कार्यकर्ताको भनाइ रहेको छ ।















