काठमाडौं, माघ ६, अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङफु खेलाडी सरिना घलेलाई घले समाज युकेले नगदसहित सम्मान गरेको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै देशको प्रतिष्ठा र गौरव बढाएकोमा सरिनालाई सम्मान गरिएको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जनाएका छन् ।
गोर्खा अभियन्ता पुष्पा राणा घले र समाजका अध्यक्ष रिटायर्ड मेजर विष्णुबहादुर घलेले सरिनालाई ल्होछारको उपलक्ष्यमा युकेमै आयोजित कार्यक्रममा नगद ४ सय पाउन्डसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
सरिनाले युकेमा भएको २ अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । सरिनाले डब्लुएमएसी ब्रिटिस ओपन च्याम्पियनसिप तथा डब्लुएमएसी इङलिस च्याम्पियनसिपमा स्वर्ण जितेकी हुन् ।
यसअघि सरिनालाई सोही सफलताको कदर गर्दै तमु धि समाज युके, मगर एसोसिएसन युके, धादिङ–नुवाकोट समाज युके र एनआरएनए युकेले पनि सम्मान गरिसकेको अध्यक्ष राईले जानकारी दिए । नुवाकोट किस्पाङ गाउँपालिका १ की तेश्रो डान सरिना युकैमै मास्टर्स अध्ययन गरिरहेकी छन् ।

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:














