५ माघ, काठमाडाैं । सिन्धुलीको कमलामाई नगरपालिका-४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको घटनामा सासू र नन्दलाई सिन्धुली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
गत पुस ६ गते आफ्नै घरमा सुशीलालाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सासू मायाँरानी बम्जन र नन्द मीना लामा पक्राउ परेका थिए । पुस ६ गते नै पक्राउ परेका उनीहरुलाई प्रहरीले अनुसन्धानपछि माघ २ गते अदालत पेस गरेको थियो ।














