माघ ४, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह जनकपुर पुगेका छन् ।
उनले अाजै मात्र काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएपछि घण्टीघर पुगेर उनी जनकपुर उडेका हुन् ।
वरिष्ठ नेता शाह रास्वपा सभापति रवि लामिछानेसँगै जनकपुर पुगेका हुन् ।
शाहलाई जनकपुर विमानस्थलमा रास्वपाका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन् ।















