३० पुस, सिन्धुली । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ मा रहेको एसबीआई बैंक लुटपाटमा भएकाे छ । प्रहरीले घटनामा संलग्न एक जना व्यक्तिलाइ गाडिसहित पक्राउ परेकाे छन् ।
लुटेराले बैंकमा रहेको तीन करोड रकम लुटेका छन्। हतियारसहित आएको समूहले बैकको सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर साँझ ७ बजे रकम लिएर भागेका हुन्।
प्रहरीले बैंक लुट्न प्रयोग भएको गाडी र चालकसँगै बोरामा पैसा समेत फेला पारेको छ। तर रकम एकिन भएको छैन।
उक्त गाडीमा नकाबधारीहरू बिहेमा जाने भन्दै चढेको र अन्य कुरा थाहा नभएको ती चालकले बताएका छन् । यद्यपि थप सोधखोज चलिरहेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार भने नकाबधारीहरू छिरेर त्यहाँ रहेका सेक्युरिटी गार्डलाई हिर्काएर कर्मचारी नियन्त्रण लिएर पैसा लुटेर भागेका थिए ।
उनीहरूको थप खोजी भइरहेको प्रहरीले जनाएको छ ।















